
काठमाडौँ, १८ असार । मुलुकमा पहिलोपटक ६० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकलाई प्राविधिक ज्ञानसहितको शिक्षा प्रदान गर्ने कार्यको थालनी गरिएको छ । ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था एजिङ नेपालले ज्येष्ठ नागरिकलाई लक्षित गरेर प्राविधिक ज्ञानसमेतको आधारभूत साक्षरता कार्यक्रम सुरु गरेको हो । साक्षरता कक्षाका लागि संयुक्त राष्ट्रसङ्घको ज्येष्ठ नागरिकका सम्बन्धमा काम गर्ने गैरसरकारी […]

चितवन, १८ असार । चितवन जिल्लामा सरकारी अनुदानमा पहिलो पटक धान रोप्ने मेसिन भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार यो वर्ष ५० प्रतिशत अनुदानमा धान रोप्ने मेसिन ल्याएर सहकारी संस्थामा परीक्षण गरिएको हो । पूर्वी चितवन कपियाको कृषि समूह र वीरेन्द्रनगर साना किसान कृषि सहकारीमा मेसिन अनुदान दिइएको हो । करिब रु […]

काठमाडौँ, १७ असार । मनसुन न्यून चापीय रेखाको प्रभावसँगै उच्च वायुमण्डलमा न्यून चापीय रेखा पश्चिमतर्पm केन्द्रित भएका कारण देशका अधिकांश भागमा बद्ली हुनुका साथै वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखाको प्रभावसँगै बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको गति केही बढेकाले मुलुकभर बद्लीसँगै वर्षात् भएको मौसमविद् सुवास रिमालले राससलाई जानकारी दिनुभयो । […]

प्रकाश सिलवाल / काठमाडौँ, १७ असार । शिक्षा ऐन, २०२८ (आठौँ संशोधन), २०७३ बमोजिम स्थापित राष्ट्रिय परीक्षा बोर्डले कार्यारम्भ गरेको छ । राष्ट्रपतिबाट ऐन प्रमाणीकरण भएको भोलिपल्ट बिहीबारदेखि बोर्ड क्रियाशील भएको हो । ऐनले साबिकको उच्चमाध्यमिक शिक्षा परिषद्लाई बोर्डमा रुपान्तरण गरेको थियो भने बोर्डमा अध्यक्ष नियुक्ति नभएसम्म उपाध्यक्ष शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितलाई अध्यक्षको कार्यभार […]

सुशील दर्नाल / काठमाडौँ, १७ असार । पत्रकार आचारसंहिता उल्लङ्घन गरी समाचार प्रकाशन÷प्रसारण गर्ने सञ्चार माध्यमविरुद्ध प्रेस काउन्सिल नेपालमा पर्ने उजुरीको सङ्ख्या क्रमिक रुपमा बढ्दै गएको छ । चालु आवको असार दोस्रो सातासम्ममा काउन्सिलमा १०३ (मङ्सिरसम्ममा २१ उजुरी तामेली) उजुरी परेका छन् । आव २०७१÷७२ मा ५४ (तामेली १४) उजुरी परेका थिए । त्यसैगरी २०७०÷७१ […]

काठमाडौँ, १६ असार । नेपाल चलचित्र बोर्डले गत वर्ष प्रदर्शित चलचित्रमध्येबाट विभिन्न विधामा उत्कृष्ट ठहर भएका चलचित्रकर्मीलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’ द्वारा सम्मान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चारमन्त्री शेरधन राई र बोर्डका अध्यक्ष राजकुमार राईले पुरस्कारसहित उहाँहरुलाई सम्मान गर्नुभयो । चलचित्र […]

काठमाडौँ, १६ असार । व्यवस्थापिका–संसद्मा स्थगनपछिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका रामहरि खतिवडाले नाम मात्र पुनःनिर्माण भएको कामको पुनःनिर्माण भएन, जो मन्त्री भयो उसैको क्षेत्रमा योजना अघि बढाइन्छ, राहदानी बनाउन ग्रामीण क्षेत्रमा तीन दिनसम्म धाउनुपर्ने अवस्था छ भन्नुभयो । उहाँले शान्ति तथा पुनःनिर्माण, गृह, वन तथा भूसंरक्षण, शिक्षा, श्रम तथा रोजगार, खानेपानी तथा सरसफाइ र […]

काठमाडौँ, १६ असार । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले अन्डा, मासु र दूध उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि अनुदान रकम उपलब्ध गराउन पहल गरिने बताउनुभएको छ । नेपाल माछा मासु व्यवसायी सङ्घद्वारा यहाँ आज आयोजित ‘काठमाडौँ उपत्यकाका मासु व्यवसायीको बृहत् भेला’मा मन्त्री मानवीले उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउन मासु पसलको नियमित अनुगमनमा जोड दिनुभयो । । […]

बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ । आज मात्रै बिहान ४ बजेर ३२ मिनेटमा ३.४ रिक्टरको पहिलो, ७ बजेर ८ मिनेटमा ३.८ रिक्टरको दोस्रो, अपराह्न […]

प्रकाश सिलवाल / काठमाडौँ, १५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीबाट बहुप्रतिक्षीत शिक्षा ऐन (आठौँ संशोधन), २०७३ आज प्रमाणीकरण भएको छ । शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ (आठौँ संशोधन २०७३) लाई राष्ट्रपति भवन शीतलनिवासमा प्रमाणीकरण भएको हो । गत जेठ २२ मा व्यवस्थापिका–संसद्बाट पारित सो विधेयक प्रमाणीकरणपछि विद्यालय क्षेत्रमा संरचनात्मक परिवर्तनका साथै […]