
काठमाडौँ, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माणको काम पारदर्र्शी रुपमा अघि बढिरहेको र राजनीतिक आस्थाका आधारमा कसैलाई भेद्भाव नगरिएको स्पष्ट पार्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पुनःनिर्माण प्राधिकरणले दलीय आस्थाका आधारमा काम नगरेको र हरेक काम पारदर्शी रुपमा अघि बढिरहेको बताउनुभयो । प्रम ओलीले भन्नुभयो, “प्राधिकरणको […]

काठमाडौँ, १४ असार । महिला अधिकारकर्मी बन्दना राणाले महिलामाथि हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने संयुक्त राष्ट्रसङ्घीय समिति (सिड)मा आफू निर्वाचित हुनुमा सबै नेपालीको जित रहेको बताउनुभएको छ । सञ्चारिका समूहले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले अबका दिनमा लैङ्गिक समानता र सशक्तीकरणका लागि काम गर्न थप सहयोग पुग्ने विश्वास दिलाउनुभयो । महिला अधिकारका […]

काठमाडौँ, १४ असार । नेवा डान्स एकेडेमीले विलुप्त हुन लागेको ‘बज्र सरस्वती’ को चर्या नृत्य मञ्चन गरेको छ । लोपोन्मुख यस नृत्यलाई पहिलो पटक बौद्ध विद्वान् यज्ञमानपति बज्राचार्यको निर्देशनमा कोरियोग्राफरद्वय रोहिया महर्जन र रीना महर्जनले गएको शुक्रबार एनडिए क्लासिकल नाइटमा सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको हो । चर्या नृत्य बज्रयान बुद्धधर्मका अनुयायीहरुले गर्ने एक आराधना हो […]

काठमाडौँ, १४ असार । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र आगामी साउनबाट २०० शय्याको हुने भएको छ । बिरामीको चाप बढ्दै गएपछि १६० शय्या भएको अस्पतालमा ४० शय्या थप गर्न लागिएको अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले जानकारी दिनुभयो । २०५२ सालमा स्थापना गरिएको अस्पतालमा देशका विभिन्न भागबाट बिरामी भएर आएका बिरामीले निःशुल्क उपचार पाउँदै आएका छन् […]

काठमाडौँ, १३ असार । वैदेशिक रोजगारीमा जाने ९७ प्रतिशत नागरिकलाई आफू के काम गर्नका लागि विदेश जाँदैछु भन्ने समेत थाहा नहुने एक अध्ययनले बताएको छ । महिला र कानुन मञ्चद्वारा यहाँ आज आयोजित अन्तक्र्रिया कार्यक्रममा अधिवक्ता विमला खड्काले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने तीन प्रतिशतलाई मात्र आफू जाने देश र गर्ने कामका बारेमा […]

काठमाडौँ, १३ असार । कलङ्की–कोटेश्वर १० किमी चक्रपथ विस्तारको अवधि एक वर्ष छ महिना २५ दिन थप गरिएको छ । विसं २०७३ पुसमा सम्पन्न हुनुपर्ने भए पनि भूकम्प, भारतको अघोषित नाकाबन्दी, बिजुली, टेलिफोनका तार एवम् खानेपानीको पाइप र कलङ्कीमा काठमाडौँ महानगरपालिकाले निर्माण गरेको आकाशेपुलको संरचना हटाउन नसक्दा निर्माण समय थप गर्नुपरेको चक्रपथ सुधार आयोजनाले जनाएको […]

काठमाडौँ, १३ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपक्षेत्रीय कार्यालयलाई गैरसरकारी संस्थासँग समन्वय गर्नेलगायतका काम गर्ने अधिकार प्रत्यायोजन गरेको छ । उपक्षेत्रीय कार्यालयलाई थप प्रभावकारी र क्रियाशील बनाउन अधिकार प्रत्यायोजन गरिएको प्राधिकरणले जनाएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लालाई समन्वय गर्न गोरखा, दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाडौँ र ललितपुरमा उपक्षेत्रीय कार्यालय स्थापना गरिएको छ । उपक्षेत्रीय कार्यालयलाई […]

किरण भट्टराई / काठमाडौँ, १२ असार । कर्णालीका जिल्लामा कार्यालयमा कर्मचारी नभेटिने र कर्मचारी जान नचाहने गरेको भन्ने चर्चा चल्दै आएकामा सिंहदरबारकै अगाडि बिजुलीबजारमा रहेको कार्यालयमा समेत त्यस्तै हालत भेटिएको छ । देशभर लागुऔषध नियन्त्रणसम्बन्धी काम गर्ने जिम्मेवारी पाएको गृहमन्त्रालय अन्तर्गत ‘लागुऔषध नियन्त्रण कार्यक्रम’ एक जना काजमा रहेका कर्मचारीका भरमा दुई वर्षदेखि चलेको छ । […]

बर्दिया, १२ असार । पछिल्लो समयमा पाटेबाघको सङ्ख्या नेपालमा बढ्न थालेको छ । बाघ संरक्षण गर्ने अभियान चलेपछि वृद्धि भएको हो तर यसको चोरी–सिकार हुने क्रम भने कायमै छ । यसले बाघको संरक्षणमा चुनौती समेत देखिएको छ । नेपालमा तराईका जङ्गल, भित्रीमधेस क्षेत्र, चुरे र महाभारत क्षेत्रमा प्रशस्त पाइने पाटेबाघ लोप हुँदै बर्दिया, बाँके, चितवन लगायत […]

कृष्ण अधिकारी / धादिङ, ११ असार । भारतबाट कोइला झिकाएर इँटा उद्योग सञ्चालन गर्दै आएका सुयश श्रेष्ठलाई अहिले गाउँघरमै निर्माण गर्न सकिने चारकोल र ब्रिकेटबाट इँटा पोल्न सम्भव भएपछि दुई दशक लामो व्यावसायिक जीवनमा ठूलो सफलताको अनुभव भएको छ । कारण हो यसबाट ऊर्जाको बचत, वातावरण संरक्षणका साथसाथै गुणस्तरीय उत्पादन गर्न सकिने रहेछ । धादिङ […]