समाचार

नदी कटानले दुईसय घर उच्च जोखिममा

चौतारा, २२ असार । चीनको सीमा नदी भएर बहने सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति आएको बाढीले तातोपानी गाविसको २० वटा पक्की घर बगाउनुको साथै २०० घर उच्च जोखिममा रहेका छन् । तातोपानी गाविसको १० किलोको लार्चादेखि लिपिङसम्म करिब २०० घर नदी कटानले गर्दा उच्च जोखिममा रहेको सीमा प्रहरी कार्यालय लार्चाका प्रहरी निरीक्षक खुमलाल भुसालले बताउनुभयो । […]


हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने छः मन्त्री चौधरी

काठमाडौँ, २२ असार । स्वास्थ्यमन्त्री रामजनम चौधरीले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना र मन्त्रालयअन्तर्गतका सबै अस्पतालको क्षमता अभिवृद्धि गर्न लागिएको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत स्वास्थ्य मन्त्रालयका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले स्वास्थ्य संस्थामा जनशक्ति अभाव हुन नदिन करारमा नियुक्ति गरी पठाइएको, अस्पतालमा औषधि र उपकारणको अभाव हुन […]


लेखनाथका योगदानलाई जीवन्त राख्न कवि शिरोमणि सङ्ग्रहालय (आलेख)

वासुदेव पौडेल / पोखरा, २१ असार । नेपाली साहित्यका विशिष्ट प्रतिभा कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थान लेखनाथ नगरपालिका वडा नं ६ अर्घौं अर्चलेमा निर्मित कवि शिरोमणि सङ्ग्रहालय साहित्यानुरागीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । कवि शिरोमणि पौड्यालले नेपाली साहित्यमा पु¥याउनुभएको योगदानलाई जीवन्त राख्न कवि शिरोमणि जन्मस्थल विकास समिति गठन गरी उक्त समितिको सक्रियतामा विगत ६ […]


स्वस्थ शिशु प्रतिस्पर्धा साउनमा

काठमाडौँ, २१ असार । दैनिक ६० देखि ६५ बालबालिका जन्मने थापाथलीस्थित परोपकार प्रसूति गृहले आगामी कृष्णाष्टमीमा ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ को आयोजना गर्ने भएको छ । यसका लागि एक वर्षभित्र सोही अस्पतालमा जन्मेका बालबालिकाका अभिभावकले आजदेखि आवेदन दर्ता गर्न सक्ने व्यवस्था अस्पताल प्रशासनले मिलाएको छ । अस्पतालको ५७औँ वार्षिकोत्सवका अवसरमा कार्यक्रम गरी सबैभन्दा स्वस्थ बच्चा र […]


तरकारी तथा फलफूल बजार व्यवस्थित गर्न मन्त्री पुनको निर्देशन

काठमाडौँ, २१ असार । आपूर्तिमन्त्री गणेशमान पुनले कालिमाटीको तरकारी उपभोक्ताको हित विपरीत रहेको भन्दै व्यवस्थापन र सरसफाइमा ध्यान दिन व्यापारीलाई निर्देशन दिनुभएको छ । गुणस्तर तथा नापतौल विभाग र आपूर्ति व्यवस्था विभागले आज संयुक्त रुपमा गरेको अनुगमनमा सहभागी हुँदै मन्त्री पुनले बजारमा गुणस्तरहीन खाद्य वस्तु रहेको र त्यसले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले त्यसतर्फ […]


चीनबाट इन्धन ल्याउने प्रस्ताव परराष्ट्र मन्त्रालयमा

काठमाडौँ, २० असार । आपूर्ति मन्त्रालयले नेपाल र चीनबीच भएको दुईपक्षीय सम्झौताबमोजिम पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अघि बढाउनेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको छ । गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने र तीन स्थानमा भण्डारण केन्द्र खोल्नेलगायत सम्झौता भएको थियो । व्यवस्थापिका– संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित […]


‘आयोगको सिफारिस कार्यान्वयन भएन’

काठमाडौँ, २० असार । राष्ट्रिय मानवअधिकार आयोगले न्यायका लागि सरकारलाई गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगले यहाँ आज आयोजना गरेको ‘मानव अधिकार संरक्षणमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रियामा आयोगका प्रवक्ता मोहना अन्सारीले आयोगले न्यायका लागि सरकारलाई गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गर्नुभयो । मानवअधिकारको अवस्थाका बारेमा यथार्थ जानकारी बाहिर ल्याउनका लागि […]


जिविस चितवन नेपालकै पहिलो ‘वातावरणमैत्री’

चितवन, २० असार । जिल्ला विकास समिति चितवन नेपालकै पहिलो वातावरणमैत्री जिविस बनेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेका कार्यालयमा जिविस, चितवन नेपालकै पहिलो वातावरणमैत्री कार्यालय बनेको स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । “केन्द्रीयस्तरबाट प्राविधिकसहितको अनुगमन टोलीले प्रमाणित गरिसकेको छ, आउँदो शनिबार नै मन्त्रीकै उपस्थितिमा घोषणा गर्ने तयारी भइरहेको छ” […]


श्रम तथा रोजगारमन्त्री बोहराको मलेसिया भ्रमण विवादमा; भ्रमण उपलब्धिमूलक– मन्त्री बोहरा

काठमाडौँ, १९ असार । श्रम तथा रोजगारमन्त्री दीपक बोहराको असार १३ देखि १८ गतेसम्मको मलेसिया भ्रमण विवादमा परेको छ । मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल र अन्य दुई अधिकृतसहित मन्त्री बोहराको मलेसिया भ्रमणमा वैदेशिक रोजगार व्यवसायी सङ्घका चार प्रतिनिधिलाई समेत समावेश गराइएको थियो । तर भ्रमणका क्रममा नेपाल र मलेसियाको द्विपक्षीय वार्तामा व्यवसायीलाई सहभागी नगराइपछि विवाद […]


माथिल्लो तामाकोसी निर्माण तीव्र

काठमाडौँ, १९ असार । भूकम्पका कारण समस्यामा परेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण अहिले तीव्र रुपमा भइरहेको छ । भूकम्पका कारण क्षतिग्रस्त काब्रेभिरमा जर्मनीबाट सुरुङ निर्माण गर्ने ब्रुमर मेसिन ल्याइएको छ । आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेका अनुसार पहुँच मार्ग निर्माण गर्न सो मेसिनको प्रयोग भइरहेको छ । भूकम्पका कारण आयोजनास्थल प्रवेश गर्ने काब्रेभिरको सडक ध्वस्त […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter