समाचार

पहिरो खसेर तमोर नदी थुनियो, बस्ती जोखिममा

ताप्लेजुङ, २६ असार । ताप्लेजुङको सावादिन गाविस–१ मा पर्ने मित्लुङ भन्ने भिरबाट पहिरो खसेर तमोर नदी थुनिएपछि तल्लो तटीय क्षेत्रका तीन वटा बजार जोखिममा परेका छन् । बिहान करिब २ बजेतिर माथिबाट पहिरो खसेर नदी थुनिएपछि नजिकैको मित्लुङ बजार, दोभान बजार, हान्द्रुङलगायतका तल्लो तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् भने स्थानीयवासी बाढी आउने खतराले त्रसित […]


डा केसीका माग पूरा हुने, विधेयक पारित हुने

कल्पना पौडेल / काठमाडौँ, २५ असार । चिकित्सा शिक्षालाई व्यवस्थित गर्न बनेको विधेयक–२०७३ मन्त्रिपरिषद्ले आइतबार पारित गर्ने बताइएको छ । विधेयक पारित भएमा डा गोविन्द केसीले उठाएका धेरैजसो माग पूरा हुनेछन् । चिकित्सा शिक्षा सुधारसम्बन्धी आफूले उठाएका माग सरकारले सम्बोधन नगरेको भन्दै डा गोविन्द केसीले पुनः अनशन बस्ने घोषणा गरेकै दिन उक्त विधेयक मन्त्रिपरिषद्बाट पारित […]


नीति तथा कार्यक्रम र बजेट राष्ट्र विकासको प्रस्थानबिन्दु : प्रम

काठमाडौँ, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम र बजेटलाई राष्ट्र विकास प्रयासको प्रस्थान बिन्दुका रुपमा अगाडि बढाइने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को विनियोजन विधेयक, २०७३ अन्तर्गत सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति एवम् उपराष्ट्रपति कार्यालयसँग सम्बन्धित प्रश्नहरुको आज जवाफ दिँदै उहाँले […]


डा रेग्मी शान्ति पुरस्कार प्राध्यापक वैद्य र जोन उडलाई

काठमाडौँ, २५ असार । डा डिल्लीरमण रेग्मी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय शान्ति पुरस्कार–२०७२ बाट क्रमशः प्रा डा तुलसीराम वैद्य र रुम टु रिडका संस्थापक जोन उड सम्मानित हुनुभएको छ । डा रेग्मी प्रतिष्ठानद्वारा स्थापना गरिएको सो राष्ट्रिय शान्ति पुरस्कारमा सम्मानपत्रसहित नगद राशि रु एक लाख रहेको छ भने अन्तर्राष्ट्रिय शान्ति पुरस्कारमा सम्मानपत्र मात्र रहेको छ । […]


पुल बनेपछि स्थानीय बासिन्दा लाभान्वित

म्याग्दी / २५ असार । बेनी नगरपालिका १३ र बरङ्जा गाविस–२ को सिमानामा पर्ने म्याग्दी नदी माथि यस वर्ष दुई वटा झोलुङ्गे पुल निर्माण भएका छन् । तातोपानी बजारमा रु ३७ लाख ४१ हजार ८३२ को लागतमा १०३ मिटर र पखेरको जलुकेमा रु ३७ लाख ३७ हजार ५९८ लगानीमा ८७ मिटर लामो झोलुङ्गे पुल निर्माण […]


हस्तकलाका उत्पादनप्रति आकर्षण बढ्दो (आलेख)

दीपक घिमिरे / रुपन्देही, २३ असार । महिलाले निर्माण गरेका हस्तकलाका उत्पादनप्रति आम नागरिकको आकर्षण बढ्दै गएको छ । सामाजिक र आर्थिक रूपान्तरणका लागि महिला उद्यमशीलता भन्ने मुख्य उद्देश्य लिएर भैरहवाको बैंक कलोनीमा खोलिएको नमुना कोसेली घरमा राखिएका महिला हस्तकलाको उत्पादनप्रति आम नागरिकको आकर्षण बढ्दै गएको हो । नमुना एकीकृत विकास परिषद्को सक्रियतामा खोलिएको नमुना […]


प्रस्तावित प्रधानन्यायाधीश र प्रमुख आयुक्तलाई संसदीय सुनुवाइमा बोलाइने

काठमाडौँ, २३ असार । संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको शुक्रबार संसदीय सुनुवाइ गर्ने भएको छ । समितिका सभापति कुलबहादुर गुरुङको सभापतित्वमा आज बसेको बैठकले भोलि बिहान बस्ने बैठकमा कार्यवाहक प्रमुख आयुक्त यादवलाई सुनुवाइका लागि उपस्थित गराउने निर्णय गरेको हो । कावा प्रमुख आयुक्त यादवको पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर […]


दुई लाख २३ हजार ८३० घरधनीसँग अनुदान सम्झौता

काठमाडौँ, २३ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधबारसम्म दुई लाख २३ हजार ८३० घरधनीसँग अनुदान सम्झौता गरेको छ । अनुदान सम्झौता गरेकामध्ये २४ हजार ४२८ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रु ५० हजार जम्मा गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो । “भूकम्प अति प्रभावित उपत्यका बाहिरका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, […]


महामन्त्री कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाका स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा क्रमशः सुधार आएपछि आज अपराह्न ३ बजेपछि उहाँलाई सघन उपचार कक्ष (आइसियु) मा राखिएको छ । महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी […]


जैविक विविधता संरक्षणमा ज्येष्ठ नागरिक

भीष्मराज ओझा / काठमाडौँ, २२ असार । निष्क्रिय जीवन बिताइरहेका ज्येष्ठ नागरिकको स्वास्थ्य स्थितिमा सुधार ल्याउन र उहाँहरुको अनुभवलाई जैविक विविधता संरक्षणमा परिचालन गर्ने अभियान सुरु गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, एजिङ नेपाल र श्री अष्टभूजा समाजको संयुक्त आयोजनामा सो अभियानअन्तर्गत आज ज्येष्ठ नागरिकलाई वनस्पति र जनावरमा भएको अन्तरसम्बन्धबारे जानकारी गराउन सदर चिडियाखाना […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter