समाचार

कृष्णसारको सङ्ख्या बढ्यो

बर्दिया, ११ असार । कृष्णसार संरक्षण क्षेत्र खैरापुरमा नेपालकै दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढेर २५७ वटा पुगेको छ । विसं २०७१ साउन ३० गते आएको बाढीले २८१ कष्णसारमध्ये ४० वटालाई बगाएको थियो । बाढीबाट चार वटा भाले र चार वटा पोथी कृष्णासार मरेका थिए भने अन्यलाई बाढीले बगाएको थियो । संरक्षण क्षेत्रमा अहिले ७९ वटा […]


जलवायु परिवर्तनःस्याउ फल्ने ठाउँमा आँप

धनगढी, ११ असार । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परिरहेको प्रतिकूल असरप्रति कृषिविज्ञ एवम् प्रविधिकले चिन्ता व्यक्त गरेका छन् । यहाँ शुक्रबार आयोजित ‘जलवायु परिवर्तन र कृषि’ विषयको अन्तक्र्रियामा कृषि प्राविधिज्ञले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालको कृषि क्षेत्र नराम्रोसँग प्रभावित भइरहेकाले यसको असर न्यूनीकरणका लागि व्यापक रुपमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा […]


एकासी हजार पर्यटकद्वारा निकुञ्जको भ्रमण

चितवन, १० असार । यस आर्थिक वर्षको ११ महिनामा ८१ हजार आठ सय १३ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । उनीहरुमध्ये सौराहा नाका हुँदै ७१ हजार २०४ जना तथा बाँकी १० हजार ६०९ पर्यटक अन्य सात नाकाबाट प्रवेश गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । सौराहामा सुविधायुक्त होटल तथा सेवा सुविधा राम्रो भएकाले अधिकांश […]


माथिल्लो कर्णालीमा दलीय सहमतिसँगै स्थानीयको माग सम्बोधन आवश्यक

रमेश लम्साल / दैलेख, १० असार । माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई तत्काल अगाडि बढाउन स्थानीयवासीको माग सम्बोधन तथा प्रमुख दलबीच सहमति हुनु जरुरी रहेको छ । भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले अगाडि बढाउन लागेको सो आयोजनाका सम्बन्धमा स्थानीयवासीको विरोध एकातिर रहेको छ भने अर्कोतिर लगानी जुटाउनुपर्ने समयभित्र लगानी जुट्दैन कि भन्ने आशङ्का पनि […]


सामूहिक आवास बनाउँदै सेना

धादिङ, १० असार । सरकारको त्रिपालमै बसिरहेका भूकम्पपीडितलाई घरभित्र लैजाने योजना अन्तर्गत नेपाली सेनाले द्रुत गतिमा सामूहिक आवासको काम अघि बढाएको छ । झर्लाङ – ३ कोखिममा निर्माण गरिँदै गरेको सामूहिक आवासको भवन यही असार मसान्तमा निर्माण पूरा गरेर हस्तान्तरण गरिने सेनाले जनाएको छ । आजसम्म घर निर्माण गरी प्रजिअलाई जिल्ला तहमा जिम्मा दिने गरी […]


माथिल्लो कर्णालीको क्षमताबारे विवाद कायमै

रमेश लम्साल / दैलेख, ९ असार । माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले नौ सय मेगावाटमा अगाडि बढाउने तयारी गरिरहेको बेला स्थानीयवासीले भने क्षमता बढी रहेको बताउँदै आएका छन् । क्षमताको विषयमा विवाद रहेका कारण स्थानीयवासीले विरोध गर्ने अवसर पनि पाएका छन् । सरकारी निकाय तथा सरोकार भएका पक्षले पनि […]


काबुलमा मारिएका प्रतिपरिवारलाई रु दश लाख राहत

काठमाडौँ, ९ असार । सरकारले काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल घटनामा परी मुत्यु भएका १३ नेपालीका परिवारलाई प्रतिपरिवार रु १० लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो । बैठकले अफगानिस्तानको […]


सुनुवाइ समितिका सभापति गुरुङद्वारा शपथ

काठमाडौँ, ८ असार । नौ महिनापछि गठन भएको व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिका सभापति कुलबहादुर गुरुङले अब संसद्मा थाँती रहेका न्यायाधीशलगायतको सुनुवाइ प्रक्रिया प्रारम्भ भएको बताउनुभएको छ । समितिको आजको बैठकले नेपाली काँग्रेसका सांसद गुरुङलाई निर्विरोध निर्वाचित गरेको थियो । सरकारले सर्वाेच्च अदालतका रिक्त न्यायाधीश, विभिन्न मुलुकका लागि राजदूत र निर्वाचन आयोगका आयुक्तको नियुक्तिको सिफारिस […]


पुनःनिर्माणको काम अगाडि नबढेको भन्दै सांसद्को आपत्ति

नुवाकोट, ८ असार । नुवाकोटमा क्रियाशील विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाको कामको आलोचना भएको छ । धार्मिक, साम्प्रदायिक र राजनीतिक रुपमा विभिन्न सङ्घसंस्था सक्रिय रहेको भन्दै सांसद्ले उनीहरुप्रति कडा टिप्पणी गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणकबाट भए÷गरेका कामको समन्वय गर्न गठन भएको समन्वय समितिको आजको बैठकमा सहभागी सांसद्हरुबाट कतिपय सङ्घसंस्थाले नियुक्त गरेका कर्मचारीलाई समेत […]


आफैं पाठ्यपुस्तक किनेर पढ्न बाध्य छन् नाउराका बालबालिका (आलेख)

कमल खत्री / म्याग्दी, ७ असार । म्याग्दीको मुदी–३ नाउराकी जालदेवी रोकाले स्थानीय विद्यालयमा आफ्नो बालबच्चा पढाएबापत मासिक रु पाँच सय शुल्क तिर्नुहुन्छ । विद्यालयको सहज पहुँच नभएर आफ्ना बालबालिकाले पढ्न नपाएपछि छ वर्ष अगाडि स्थानीयवासीले नाउरामा रनजनज्योति प्राविको स्थापना गरेका थिए । रोकाले मात्रै होइन उक्त विद्यालयमा आफ्ना बालबालिका पढाउने सबै अभिभावकले यसरी नै […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter