
भक्तपुर, २ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । यस वर्षदेखि अक्षराङ्कन (लेटर ग्रेडिङ) पद्धति लागू भएअनुसार कार्यालयले विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरेको हो । एसएलसी परीक्षा सुरु भएको ८२ वर्षे इतिहासमा यस वर्ष एसएलसीको नतिजा नयाँ पद्धतिमा सार्वजनिक गरेको हो । नियमिततर्फ ९० देखि […]

काठमाडौँ, २ असार । मन्त्रिपरिषद्को आजको बैठकले आगामी २०७४ माघ १० गतेभित्र सम्पन्न गर्ने गरी संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले २०७३ साउनभित्र भाषा आयोग, स्थानीय तहको निर्वाचन र न्याय प्रशासनसम्बन्धी ऐन ल्याउने, प्रदेशको सीमाङ्कनका लागि सुझाव लिन सङ्घीय आयोग गठन गर्ने, भदौभित्र उच्च अदालत गठन गर्ने, असोजभित्र संवैधानिक […]

काठमाडौँ, १ असार । विश्व बैंकले भूकम्पपछि अत्यावश्यक वस्तुको आपूर्तिमा भएको अवरोधले थलिएको नेपालको अर्थतन्त्र विप्रेषण आयमा आएको ह्रासले आर्थिक वृद्धिमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरेको छ । विश्व बैंक समूहले आज यहाँ ‘नेपालको विकास अद्यावधिक’ प्रतिवेदन सार्वजनिक गर्दै कुल गार्हस्थ्य उत्पादनमा झन्डै ३० प्रतिशतले योगदान हुँदै आएको विप्रेषण आय घट्दा अर्थतन्त्रमा प्रभाव पर्ने […]

काठमाडौँ, १ असार । मेलम्चीको पानी २०७४ असोज मसान्तसम्म काठमाडौँ आइपुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुन्दरीजलस्थित सुरुङ निर्माणस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै समितिका उपकार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले आयोजनाको १७.१४ किमी सुरुङ निर्माण सम्पन्न भएकाले अब बढीमा डेढ वर्षभित्रमा पानी आउने बताउनुभयो । “अब १०.४४ किमी सुरुङ निर्माण गर्न बाँकी छ, गत वर्ष […]

काठमाडौँ, ३२ जेठ । ‘समाजवादउन्मुख वाम–लोकतान्त्रिक’ विचारधाराको सिद्धान्त पारित गर्दै नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला आज सकिएको छ । भेलाले पार्टीको लक्ष्य आर्थिक समृद्धि र नारा ‘समृद्धि सम्भव छ, हाम्रै पालामा’ तय गरेको छ भने त्यसलाई कार्यान्वयन गर्ने विधि सुशासन र पारदर्शीता हुने निर्णय गरेको छ । भेलामा प्रस्तुत राजनीतिक, आर्थिक र साङ्गठनिक […]

काठमाडौँ, ३२ जेठ । व्यवस्थापिका–संसद्को विकास समितिले काठमाडौँ उपत्यकामा भइरहेको सडक विस्तार कार्यलाई तीव्र गतिमा अगाडि बढाउन र सरकारको नीति तथा कार्यक्रमअनुसार एक वर्षभित्र कालोपत्र गरिसक्न निर्देशन दिएको छ । समितिले आजको बैठकमा भएको छलफलपछि चक्रपथ भित्रका सबै सडक एक वर्षभित्र कालोपत्र गर्न सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात, उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका सडक […]

विद्रोही गिरी / ताप्लेजुङ, ३१ जेठ । पूर्वी पहाडको भ्रमणमा निस्कने अधिकांश मान्छे मात्रै पाथीभरा भगवतीको दर्शन गरेर फर्कन्छन् । झापाको चारआलीबाट इलाम लागेपछि त्यहाँबाट पाँचथर पुग्नेहरु एक पटक पाथीभरा पुग्ने गरेका छन् । धार्मिक र सांस्कृतिक महत्वको यो ठाउँ हिन्दूहरुको आस्थाको केन्द्रविन्दु हो । नेपाल र भारतका हिन्दू अनुयायीहरु एकपटक पाथीभराको दर्शन गर्न लालायित हुुुने […]

काठमाडौँ, ३० जेठ । रामेछापकी बाल श्रमिक सम्झना मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भनिन्– “हामी १८ जना बालबालिकाले भोगेका समस्या र सरकारले गरिदिनुपर्ने कामका सम्बन्धमा एक घोषणापत्र तयार गरेका हौँ ।” प्रत्येक वर्ष जुन १२ का दिन मनाइने बालश्रमविरुद्ध विश्व दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले काम नराम्रो गरेको आरोपमा आफूहरुलाई साहुले कुट्ने, […]

काठमाडौँ, ३० जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभाग र नेपाल पोल्ट्री महासङ्घको आयोजनामा आज भएको नतिजा सार्वजनिकीकरण कार्यक्रममा तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१÷७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य […]

काठमाडौँ, २९ जेठ । वाग्मती सफाइ महाअभियानको १६१औँ हप्तामा वाग्मती र रुद्रमती नदी दोभानस्थित बुद्धनगर क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । नेपाल विज्ञापन सङ्घले आज आफ्नो २६औँ वार्षिकोत्सव वाग्मती सफाइमै मनाएको छ । सफाइमा सङ्घअन्तर्गतका ३० एजेन्सीको सहभागिता रहेको महासचिव नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सङ्घले सफाइलाई आवश्यक पर्ने […]