
काठमाडौँ, २४ जेठ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले पहिलो पटक ‘मिस टुरिज्म–२०१६’ को आयोजना गरिने भएको छ । प्वाइन्ट मिडिया प्रालिले आगामी भदौ २५ गते ‘पर्यटन सुन्दरी–२०७२’ कार्यक्रम आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । उक्त प्रतियोगिताका लागि असार १ गतेदेखि आवेदन खुला गरिने छ […]

नुवाकोट, २३ जेठ । साहसिक पर्यटनका रुपमा विकास हुँदै गएको छाँगावरोहण (क्यानोनिङ) मा नेपालीको सहभागिता बढाउने उद्देश्यले आयोजित दुईदिने दोस्रो छाँगावरोहण महोत्सव सम्पन्न भएको छ । राजधानीबाट ३५ किमी उत्तरतर्फको नुवाकोट थानापति गाविसको झरनामा आयोजित सो महोत्सवमा विद्यार्थी, युवा र पर्यटनमा इच्छुक नेपालीको उल्ल्ेखनीय सहभागिता रहेको नेपाल क्यानोनिङ एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताउनुभयो । “क्यानोनिङ […]

सिन्धुली, २३ जेठ । डुँडभन्ज्याङ– ८ च्याखुटारका किसानले कुलामा प्लास्टिक ओछ्याएर खेतमा सिँचाइ गरेका छन् । यस वर्षको लामो खडेरी र अहिलेसम्म त्यस क्षेत्रमा पानी नपर्दा किसानले खेतमा लगाएको मकै जोगाउन कुलामा प्लास्टिक ओछ्याएर सिँचाइ गरेका हुन् । ट्याउ खोलाको पानी ल्याएर लगाउनुपर्ने भए पनि थोरै पानी र कुलामा ल्याउँदा नआउने भएकाले खेतको मकै जोगाउन […]

काठमाडौँ, २२ जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न गैरसरकारी संस्थाले निजी आवास पुनःनिर्माणका लागि पेस गरेको परियोजना प्रस्ताव स्वीकृत गरेको छ । गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि, २०७२ को दफा ९ को उपदफा (६) अनुसार प्रस्तावित परियोजनामध्ये छ हजार सात सय ५९ प्रस्तावलाई स्वीकृत गरेको प्राधिकरणले जनाएको छ । यसैगरी प्राधिकरणले १३३ विद्यालय र दुई स्वास्थ्य […]

काठमाडौँ, २२ जेठ । पाँच दिनदेखि चलिरहेको राष्ट्रव्यापी ‘१० मिनेट नाटक’ आज सम्पन्न भएको छ । सर्वनाम थियटरको आयोजनामा भएको उक्त कार्यक्रममा देशभरका नव रङ्गकर्मीले सहभागिता जनाएका थिए । आज अन्तिम दिन वीरेन्द्र हमालको ‘अशान्ति’, शेखु कोइरालाको ‘पुनरावर्तन’, प्रतिज्ञा पन्तको ‘अधुरो सपना’, दीपक धामीको ‘प्ले अफ लाइफ’, सुन्दर लामाको ‘श्रृङ्गार’, राजेश घिमिरेको ‘ओझेल’ र दीपेश […]

रमेश लम्साल / रसुवा, २१ जेठ । मुलुक ऊर्जा सङ्कटमा छ । सरकार र निजी क्षेत्रले विभिन्न जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । तर जलविद्युत् आयोजनामा कार्यरत मजदुरले कसरी काम गरिरहेका होलान् र उनीहरुको सेवा सुविधा के कस्तो होला भन्नेबारेमा आम मान्छेलाई जानकारी छैन । विशेष गरी जलविद्युत् आयोजनाको सुरुङमार्गभित्र जोखिम मोलेर काम गर्ने मजदुरको […]

काठमाडौँ, २१ जेठ । गत सोमबार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्य पुनः गम्भीर भएपछि उहाँलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । उहाँका छोरा राजु गुरुङका अनुसार गुरुङ गएराति १ः३० बजे एक्कासि बेहोस भएपछि भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिइ राखिएको छ । उहाँको उपचारमा संलग्न चिकित्सक डा राजु पौडेलले राति […]

काठमाडौँ, २० जेठ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले चावहिल–जोरपाटी–साँखु सडक विस्तारका लागि केन्द्रबाट दायाँबायाँ दुवैतिर ११÷११ मि सडक सीमा चिह्न लगाउने काम सम्पन्न गरेको छ । साविकबाट दायाँबायाँ दुवैतिर सडक बढाउन चिह्नबीचका संरचना हटाउन स्थानीयवासीलाई सूचना दिने उद्देश्यले महानगरपालिका एवम् नगरपालिकाले माइकिङ सुरु गरेको प्राधिकरणले जनाएको छ । हाल केन्द्रबाट दायाँबायाँ दुवैतिर ९÷९ मि रहेको […]

काठमाडौँ, २० जेठ । उपप्रधानमन्त्री सिपी मैनालीले बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि दक्षिण एसियाली देशको सामूहिक प्रतिबद्धता हुनुपर्ने बताउनुभएको छ । दक्षिण एसियाका क्षेत्रका बालबालिकामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कार्यरत संस्था (साइभाक), महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय लगायत दक्षिण एसियाका मानवाधिकारवादी संस्थाको आयोजनामा आज यहाँ भएको ‘बालविवाह अन्त्यका लागि सामूहिक प्रतिबद्धता’विषयको सार्कस्तरीय […]
ललितपुर, १९ जेठ । नेपालका तत्कालीन राजा वीरेन्द्रको परिवारप्रति विधिपूर्वक वार्षिक श्राद्ध र सामूहिक श्रद्धाञ्जलि गरिएको छ । योगी नरहरीनाथ ट्रष्ट आध्यात्मिक परिषदद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जलि कार्यक्रममा पूर्व राजपरिवारप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । तत्कालीन राजा वीरेन्द्रसहित उहाँको परिवारको २०५८ जेठ १९ गते राति हत्या भएको थियो । सो अवसरमा परिषद्का अध्यक्ष शङ्कर पौडेलले […]