समाचार

अनलाइन सम्बन्धमा कार्यदल गठित

काठमाडौँ, ७ असार । सूचना तथा सञ्चार मन्त्रालयले अनलाइन सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ संशोधनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासङ्घका अध्यक्ष र अनलाइनमध्येका एक प्रतिनिधि रहनेछन् । निर्देशिकामा समेटिएका कतिपय बुँदासंविधानसँग बाभिएको भन्दै आज महासङ्घले सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई ध्यानाकर्षण गरेलगत्तै मन्त्री राईले सो कार्यदल गठन […]


काबुल आक्रमणमा परी १४ नेपालीको निधन; परराष्ट्रमन्त्री थापाद्वारा घटनाको निन्दा

काठमाडौँ, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहले गराएको विस्फोटनमा परी १४ नेपालीको निधन भएको छ । काबुलमा आज बिहान ५:४० बजे मिनीबसमाथि बम आक्रमण भएको थियो । मृत्यु भएका सबै नागरिक नेपाली रहेको अफगान गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइटमा उक्त घटनामा नौ जना घाइते भएका जनाइएको छ । घाइते हुनेमा पाँच […]


नेपाली कामदारको सुरक्षामा गम्भीर हुन आयोगको आग्रह

काठमाडौँ, ६ असार । राष्ट्रिय मानव अधिकार आयोगले अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा परी १४ नेपाली नागरिकको मृत्यु र पाँच घाइते भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गरेको छ । आयोगका सचिव बेदप्रसाद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा वैदेशिक रोजगारीको सिलसिलामा गएका भनिएका ती नागरिकको अवस्थाको बारेमा नेपालका तर्फबाट नियमित र प्रभावकारी अनुगमन हुन नसक्दा […]


पल्सर स्पोर्टस अवार्ड साउनको पहिलो हप्ता

काठमाडौँ, ५ असार । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले यो वर्ष बजाज पल्सर स्पोर्टस अवार्ड आगामी साउन महिनाको पहिलो हप्ता गर्ने भएको छ । अवार्डको १२औँ संस्करण आगामी साउन ६ गते गर्ने निर्णय गरिएको मञ्चले यहाँ आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । यो वर्ष विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ जसमा उत्कृष्ट पुरूष, […]


नौ महिनापछि संसद् नियमावली पारित

काठमाडौँ, ५ असार । अन्ततः संसदीय सुनवाइ समिति १५ सदस्यीय हुनेभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको व्यवस्थापिका–संसद् नियमावली, २०७३ को मस्यौदालाई ध्वनिमतले संविधान जारी भएको नौ महिनापछि पारित गरेपछि सो सुनुवाइ समिति १५ सदस्यीय हुने भएको हो । बैठकमा व्यवस्थापिका –संसद्को नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले व्यवस्थापिका–संसद् नियमावली, २०७३ को मस्यौदा प्रतिवेदन गरियोस् भन्ने […]


उपल्लो डोल्पामा सुरक्षा चुनौती

दुनै (डोल्पा), ५ असार । जिल्लाको उत्तरी क्षेत्र भौगोलिक रुपमा विकट भएकाले त्यहाँको जनजीवन, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत्को अभावमा कष्टकर त छँदैछ पछिल्लो समयमा सुरक्षा चुनौतीका हिसाबमा पनि संवेदनशील बन्दै गएको छ । बर्सेनि शृृङ्खलावद्ध रुपमा लुटपाट, बहुमूल्य मूर्ति तस्करीले उपल्लो डोल्पाली आजितमात्रै भएका छैनन् यसले धर्म, संस्कृति, इतिहासनै सङ्कटमा परेको भन्दै चितिन्त बनाएको […]


नौ बुँदे काठमाडौँ घोषणापत्र जारी

काठमाडौँ, ४ असार । पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्ने निचोड निकाल्दै दुई दिने महिला राष्ट्रिय भेला यहाँ सम्पन्न भएको छ । नेपाल प्रेस युनियन महिला विभागले आयोजना गरेको उक्त भेलामा देशभरका चारसय महिला पत्रकारको सहभागिता थियो । भेलाले श्रमजीवी महिला पत्रकारको पेसागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संविधान प्रदत्त मौलिक अधिकारको पूर्ण सम्मान गर्दे पत्रकार आचारसंहिताको […]


साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने, कक्षा सञ्चालन १६ गतेभित्रै

भक्तपुर, ४ असार । देशभरका उच्च माध्यमिक विद्यालयले आगामी साउन १५ गतेभित्र कक्षा ११ का लागि विद्यार्थी भर्ना लिइसक्नुपर्ने भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरका उच्च माविलाई निर्देशन जारी गर्दै साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन १६ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरेको छ । नतिजाको ग्रेडिङका आधारमा विद्यार्थी […]


श्रम सम्झौता गर्दा विपे्रषण बैंकिङ च्यानलमार्फत पठाउने व्यवस्था राख्न निर्देशन

काठमाडौँ, ३ असार । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउन विदेशी मुलुकसँंग श्रम सम्झौता गर्दा वा सम्झौता नवीकरण गर्दा अनिवार्य रुपमा नेपाली कामदारले कमाएको रकम बैंकिङ प्रणालीमार्फत भित्र्याउने प्रावधान समावेश गर्न नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले विदेशमा रहेका नेपालीले बैंकिङ प्रणालीमार्फत नेपालमा […]


पटकपटक ठगीमा संलग्न म्यानपावरको अनुमतिपत्र नवीकरण नहुने

किरण भट्टराई / काठमाडौँ, ३ असार । पछिल्लो आठ वर्षमा वैदेशिक रोजगारीमा ठगीको सबैभन्दा बढी उजुरी महाराजगञ्जमा रहेको आरए एण्ड आर जब ट्र्याकर म्यानपावर विरुद्ध परेको भेटिएको छ । वैदेशिक रोजगार विभागका अनुसार विसं २०६४ साउनपछिको अवधिमा सो म्यानपावर विरुद्ध एकसय १५ ठगीको उजुरी परेको छ । त्यसैगरी, ठगीको दोस्रो स्थानमा रहेको गौशालास्थित द रिभर […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter