समाचार

हुम्ला र डोल्पामा लोकसेवा आयोगको परीक्षा केन्द्र

    काठमाडौँ, ४ पुस । लोक सेवा आयोगले हुम्ला र डोल्पा जिल्लामा परीक्षा केन्द्र कायम गर्ने भएको छ ।  कर्णाली अञ्चल दुर्गम र पिछडिएको क्षेत्र भएकाले सो क्षेत्रबाट बढीभन्दा बढी सरकारी सेवामा प्रवेश गरुन् भन्ने उद्देश्यले ती दुई जिल्लामा परीक्षा केन्द्र कायम गर्न लागेको हो ।  आयोगको सुर्खेत कार्यालयले परीक्षा केन्द्र कायम गरी खरिदार […]


दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिता सुरु

    बेलौरी (कञ्चनपुर), २ पुस । कञ्चनपुरका दृष्टिविहीन महिलाका लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । दृष्टिविहीन क्रिकेट सङ्घ र सुदूरपश्चिम सामुदायिक दृष्टिविहीन सङ्घ नेपालको आयोजनामा आजदेखि कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट प्रतियोगिता सुरु भएको हो । उक्त प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा भूषण श्रेष्ठले गर्नुभयो । सुदूरपश्चिम सामुदायिक दृष्टिविहीन सङ्घ नेपालका अध्यक्ष बलराम पन्तले […]


बिहे खर्च विद्यालय र स्वास्थ्य चौकीलाई

    फलेवास (पर्वत), २९ मङ्सिर । मङ्सिर महिना बिहेको मौसम । हरेक दिन विवाहको भोज भइरहेको हुन्छ र यस्ता भोजमा लाखौँ रुपैया खर्च पनि हुन्छ । तर पर्वतका युवाले विवाहमा भोज खुवाउने चलन त्याग्दै बिहे भोजको खर्च सामाजिक काममा लगाउन थालेका छन् । पर्वतको कुस्मामा क्रियाशील ‘रोट्याक्ट क्लब’ अफ पर्वतका युवाले बिहे भोजको रकम […]


पर्यटन प्रवद्र्धनका लागि मोबाइल एप्स प्रविधि

(कालिका खड्का)  काठमाडौँ, २८ मङ्सिर । सरकारले देशभरिको पर्यटन क्षेत्रका बारेमा सहज रुपमा जानकारी लिनका लागि मोबाइल एप्सको प्रविधि विकास गर्ने भएको छ ।  नेपालमा पर्यटकीय गन्तव्य कहाँ÷कहाँ छन ?, त्यहाँको सेवा सुविधा के–कस्तो छ ? त्यहाँको हावापानी कस्तो छ ? पर्यटकीय गन्तव्यसम्म कसरी जान सकिन्छ ? भन्ने विषयमा सम्पूर्ण जानकारीका लागि सरकारले मोबाइल एप्स […]


भक्तपुर पूर्ण साक्षर जिल्ला घोषित

  भक्तपुर, २७ मङ्सिर । भक्तपुर पूर्ण साक्षर जिल्ला घोषित भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनौपचारिक शिक्षा समिति भक्तपुरले आज दरबारस्क्वायरमा आयोजना गरेको समारोहमा जिल्लालाई २० आँै पूर्ण साक्षर जिल्ला घोषणा गर्नुभएको हो । कार्यक्रममा मन्त्री पोखरेलले साक्षर जिल्ला घोषणा भएको अवसरमा जिल्ला शिक्षा कार्यालय भक्तपुरलाई रु पाँच लाख पुरस्कार प्रदान गर्नुभयो । सो […]


आँखामा आँसु नली बन्द भएमा घाउ नबनाई शल्यक्रिया हुने

    काठमाडौँ, २६ मङ्सिर । आँखामा आँसु नली बन्द भएमा गरिने उपचार प्लास्टिक शल्यक्रियासम्बन्धी दुईदिने कार्यशाला यहाँ सुरु भएको छ । तीलगङ्गा आँखा प्रतिष्ठानको आयोजनामा नयाँ प्रविधिबाट दक्ष जनशक्ति उत्पादन गर्नका लागि देशका विभिन्न स्थानका दश र प्रतिष्ठानकै आँखा चिकित्सक कार्यशालामा सहभागी छन् । लगातार आँसु आइरहने समस्याको बाहिरी घाउ नबनाई नाकभित्रबाट उपचार गरिने […]


उपत्यकामा व्यवस्थित आवास निर्माणका लागि २३३ योजनालाई अनुमति

  काठमाडौँ, २५ मङ्सिर । काठमाडौँ उपत्यकामा व्यवस्थित आवास निर्माणका लागि जग्गा विकास, संयुक्त आवास र सामूहिक आवास गरी २२३ योजनालाई अनुमति दिइएको छ । उपत्यकामा अव्यवस्थित बसोबास रोकी व्यवस्थित सहर निर्माण गर्न दिन काठमाडौँ उपत्यका विकास प्राधिकरणले यस्तो अनुमति दिएको हो । काठमाडौँ जिल्लामा जग्गा विकास ३७, संयुक्त आवास ७५ र सामूहिक आवास ३३ […]


पहिलो पटक दार्चुला–काठमाडौँ बस सञ्चालन

बैतडी, २४ मङ्सिर । महाकाली सेती यातायात व्यवसायी समितिले पहिलो पटक दार्चुला–काठमाडौँ बस सेवा सुरु गरेको छ । दार्चुलामा आज एक कार्यक्रम गरी सो सेवा शुभारम्भ गरिएको महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले बताउनुभयो । दुर्गम ठाउँका यात्रुको मर्कालाई ध्यानमा राखी पहिलोपटक बस सेवा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । प्रतियात्रु काठमाडौँसम्मको भाडा रु […]


वरिष्ठ चिकित्सक डा केसीलाई यस वर्षको राष्ट्रिय सदाचार सम्मान

    काठमाडौँ, २३ मङ्सिर । चिकित्साशास्त्र अध्ययन संस्था त्रिविका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई यस वर्षको राष्ट्रिय सदाचार सम्मान–२०७२ प्रदान गरिएको छ । ट्रान्सफरेन्सी इन्टरनेसनल नेपालले डा केसीले स्वास्थ्य र शिक्षाको क्षेत्रमा आफनो जीवनको प्रभाव नगरी उल्लेखनीय योगदान पु¥याएबापत उहाँलाई सम्मान गरिएको हो । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित एक […]


साहित्यकार झमक घिमिरेलाई आवास सुविधा

काठमाडौँ, २२ मङ्सिर । सरकारले साहित्यकार झमक घिमिरेलाई आवास सुविधा उपलब्ध गराउने भएको छ । पशुपति क्षेत्र विकास कोषको आज बसेको बैठकले साहित्यकार घिमिरेका लागि आवास निर्माण गर्न काठमाडौँ गोठाटारमा रहेको आफ्नो जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले भेट गरी साहित्यकार […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter