समाचार

धार्मिक, क्षेत्रीय र जातीय विवादबाट मुलुकलाई बचाउनुपर्छःचन्द

काठमाडौँ, ७ जेठ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले सहिद तथा बेपत्ता परिवार र द्वन्द्वकालका घाइते र अपाङ्गता भएकाहरुलाई राज्यले बेवास्ता गरेको बताउनुभएको छ । बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा पार्टीद्वारा यहाँ आज आयोजित जनसभालाई सम्बोधन गर्दै सहिद परिवारको सपना पूरा गर्नाको सट्टा सरकारले जनयुद्धका घटनालाई ब्युँताएर सहमति तोड्ने काम गरेको आरोप लगाउनुभयो । धार्मिक […]


मुस्ताङमा जलवायु परिवर्तन अनुकूलन योजना लागू

मुस्ताङ, ७ जेठ । हिमाली जिल्ला मुस्ताङका १६ वटै गाविसमा जलवायु परिर्वतनले स्थानीयस्तरमा पारेको असर अध्ययन र न्यूनीकरणका लागि जलवायु परिर्वतन अनुकूलन योजना लागू भएको छ । जिल्ला विकास समिति, जिल्ला भू–संरक्षण कार्यालय, बहुसरोकारवाला वन कार्यक्रम, हरियो वन कार्यक्रम, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र मानव विकास तथा वातावरण सरोकार समाजलगायत सङ्घसंस्थाको पहलमा योजना लागू […]


चालिस लाखको स्वास्थ्य उपकरण प्रदान; विद्यालय पुनःनिर्माणका लागि प्रवासीको सहयोग

बागलुङ, ६ जेठ । गलकोट समाज जापानले यहाँका १२ वटा स्वास्थ्य संस्थालाई रु ४० लाख बढीको स्वास्थ्य उपकरण र सामग्री प्रदान गरेको छ । हरिचौरस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रसहित अन्य ११ गाविसका स्वास्थ्य चौकीलाई गरी रु ४० लाख २८ हजारको उपकरण प्रदान गरेको हो । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा तारानाथ पौडेल र गलकोट […]


युएईको सैनिक टोलीसहित एकै दिन डेढसय बढी आरोही सगरमाथा चुचुरोमा

काठमाडौँ, ६ जेठ । सगरमाथा आरोहण प्रारम्भ भएको नवौँ दिन आज मात्रै १५० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । संयुक्त अरब इमिरेट (युएई) को सैनिक टोलीसहित एक दिनमै १५० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आरोहीको भीडले कुन देशका कति आरोही […]


अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको तयारी पूरा

काठमाडौँ, ५ जेठ । २५६० औँ बुद्ध जयन्तीका अवसरमा बिहीबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको तयारी पूरा भएको छ । सम्मेलन मूल आयोजक समारोह समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी काठमाडौँमा र बुद्ध जयन्ती समारोह लुम्बिनीमा हुनेछ । गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले […]


अपाङ्गताका क्षेत्रमा राजनीतिक दलले गम्भीरतापूर्वक लिनुपर्छ ःउपप्रम मैनाली

काठमाडाँै, ५ जेठ । उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले अपाङ्गताका क्षेत्रमा रहेका समस्याको समाधानका लागि राजनीतिक पार्टीले गम्भीरतापूर्वक लिई उनीहरुको माग सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । सुस्तश्रवणका अधिकारका क्षेत्रमा कार्यरत श्रुति संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री मैनालीले अपाङ्गताका क्षेत्रमा कार्यरत मन्त्रालय तथा विभिन्न सङ्घ संस्थाबीच समन्वय आवश्यक रहेको बताउँदै अपाङ्गता […]


सुनौला एक हजार दिनको जनजागरण अभियानमा नेपाल, गिरी र निरौला

काठमाडौँ, ४ जेठ । ‘सुनौला एक हजार दिनको जनजागरण अभियान’का प्रवद्र्धकमा हास्य कलाकारत्रय जितु नेपाल, दीपकराज गिरी र दीपाश्री निरौला नियुक्त हुनुभएको छ । गर्भधारण भएदेखि शिशु दुई वर्षको समयावधि (एक हजार दिन)मा गर्भवती तथा तिनका अभिभावकलाई पोषणको महत्व, जानकारी तथा व्यवहार परिवर्तन गर्न नेपाल सरकार अन्तर्गतका विभिन्न मन्त्रालयले बहुक्षेत्रीय पोषण योजनालाई थप कार्यान्वयन गर्ने […]


अपाङ्गमैत्री बजेट ल्याउने प्रतिबद्धता

काठमाडौँ, ४ जेठ । राष्ट्रिय अपाङ्ग महासङ्घले आव २०७३÷७४ को बजेटमा अपाङ्गता भएकालाई प्राथमिकता दिनुपर्ने माग गर्दै अर्थमन्त्री विष्णु पौडेल र राज्यमन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी आगामी बजेट ल्याउन लागेको बताउँदै उक्त बजेटमा अपाङ्गता भएका व्यक्तिका लागि सरकारले प्राथमिकताका […]


हिसानको छयालीसबुँदे घोषणापत्र सार्वजनिक

काठमाडौँ, ३ जेठ । उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले तत्काल राष्ट्रिय शिक्षा आयोग गठनको माग गर्दै ४६ बँुदे घोषणापत्र सार्वजनिक गरेको छ । हिसानको सातौँ राष्ट्रिय महाधिवेशनले शिक्षा क्षेत्रका विभिन्न विषय समेटिएर पारित गरेका ४६ बुँदे घोषणापत्र नवनिर्वाचित अध्यक्ष रमेश सिलवालले आज पत्रकार सम्मलेनमार्फत सार्वजनिक गर्दै कक्षा ११ र १२ को परीक्षाको परीक्षाफल प्रकाशन […]


सरकारी कार्यालयप्रतिको धारणा सकारात्मक बनाउनुपर्छ – मन्त्री मानवी

नवलपरासी, ३ जेठ । पशुपन्छी विकासमन्त्री शान्ता मानवीले सर्वसाधारणका नजरमा सरकारी कार्यालयलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनुुपर्ने बताउनुभएको छ । परासीस्थित जिल्ला पशु सेवा कार्यालयको निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री मानवीले नागरिकमा सकरात्मक दृष्टिकोण ल्याउन कार्यालयले पारदर्शी रुपमा काम गर्ने तथा छिटो छरितो र नागरिक बडापत्रानुसारको सेवा दिनुपर्ने सुझाव दिनुभयो । उहाँले जिल्लाको पशु सेवा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter