समाचार

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता, भारत भ्रमणको निम्तो

काठमाडौँ, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउने विषयमा आज टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका माग सम्बोधन गर्न नेपाल सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनको विधेयकलाई भारत सरकारले स्वागत गरेकामा प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गर्नुभयो । करिब २० मिनेट भएको […]


राहतका लागि आएको ६१ हजार क्विन्टल चामल गोदामै

    काँकडभिट्टा (झापा), १४ पुस । बङ्गलादेश सरकारले भूकम्पपीडितका लागि आठ महिनाअघि पठाएको चामल खाद्य संस्थान कार्यालय, झापाकै गोदाममा थन्किएर बसेको छ । खाद्य संस्थान कार्यालय मेची अञ्चल प्रमुख मार्कण्डेयप्रसाद उपाध्यायका अनुसार देशको अहसज परिस्थितिका कारण ६१ हजार क्विन्टल चामल गोदाममै थन्काउनुपरेको हो । उहाँले बङ्गलादेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि नेपाललाई प्रदान गरेको […]


सात दिनभित्र भूकम्पपीडितलाई राहत उपलब्ध गराउन निर्देशन

  काठमाडौँ, १३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितलाई सात दिनभित्र राहत प्रदान गर्न निर्देशन दिएको छ । आयोगले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, सङ्घीय मामिला तथा स्थानीय विकास, स्वास्थ्य, आपूर्ति मन्त्रालय र प्रमुख तीन सुरक्षा अङ्गका प्रमुखलाई बोलाएर राहत प्रदान गर्नका लागि कुनै पनि कसर बाँकी नराख्न आग्रह गरेको हो । चिसोका […]


मुक्त कमैया माहुरी पालनतर्फ

धनगढी, १२ पुस । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्ना मुक्तकमैया शिविरकी मुक्त कमैया बिन्द्रादेवी चौधरीले अब माहुरी पालन गरेर आम्दानी गर्ने नयाँ बाटो रोजेकी छन् । कमैया मुक्तिपछिका दिनमा ज्याला मजदुरी वा घरको चुलोचौकामै सीमित रहने बिन्द्रादेवी घरमा बसीबसी आम्दानी गर्न सकिने देखिएपछि आपूm माहुरी पालनमा लागेको बताउनुहुन्छ । “हाम्रो लागि जीविकोपार्जन गर्न ज्याला मजदुरी गर्नु वाहेक […]


राजदूतावासः तीन देशमा घर निर्माण र चार मुलुकमा भवन खरिद

  काठमाडाँै, ११ पुस । मुलुकको परराष्ट्र नीति प्रभावकारी ढङ्गले सञ्चालन गर्न सरकारले पाकिस्तानको इस्लामावाद, श्रीलङ्काको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा राजदूतावास भवन निर्माण गर्ने भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत बिहीबार सार्वजनिक गरेको तत्काल सुधार कार्ययोजनाअनुसार आगामी दुई वर्षभित्र ती मुलुकमा राजदूतावास भवन निर्माण हुनेछन् । त्यसैगरी थाइल्यान्डको बैंकक, स्विट्जरल्यान्डको जेनेभा, फ्रान्सको पेरिस […]


दैनिक एघार घण्टा विद्युत्भार कटौती हुने

    काठमाडौँ, १० पुस । नदीमा जलप्रवाह घटेकाले जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घटेको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समयमा वृद्धि गरेको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार हप्तामा ७० घण्टा विद्युत्भार कटौती हुँदै आएकोमा आजदेखि ७७ घण्टा कटौती गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । मुलुकभित्र चालु रहेका आयोजना नदी प्रवाहमा आधारित रहेका कारण […]


ग्यास बोक्ने ‘बुलेट’ खरिद गर्ने तयारी

काठमाडौँ, ८ पुस । नेपाल आयल निगमले एलपी ग्यास ढुवानी गर्ने अत्यावश्यक सवारी साधन ‘बुलेट’ खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । निगमले बुलेट खरिद गर्न चाहने उद्योगीलाई प्रस्ताव लिएर आउन आह्वान गरेपछि निगममा एक हजार ७९ निवेदन परेको छ । निगमले करिब ४५० वटा बुलेट खरिदका लागि अनुमति दिने तयारी गरेपछि देशभरका ५३ वटा […]


आवास बनाउँदा अनिवार्य सौर्य प्रणाली जडान गर्नुपर्ने

    काठमाडौँ, ७ पुस । सरकारले नगरपालिका तथा नगरउन्मुख क्षेत्रमा सौर्य प्रणालीमार्फत ऊर्जा उपलब्ध गराउने योजनालाई कडाइपूर्वक कार्यान्वयन गर्ने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारेको कार्ययोजनाअनुसार नयाँ भवन तथा घर निर्माण गर्दा अनिवार्य रुपमा सौर्य प्रणाली जडान गर्नुपर्नेछ । मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने उद्देश्यका साथ ऊर्जाको सहज […]


दुर्गम दम्दाला गाउँमा ५० लाखको सुन्तला

जाजरकोट, ६ पुस । यस वर्ष जाजरकोटको ढिमे गाविस–१ दम्दालामा रु ५० लाख मूल्य बराबरको सुन्तला फलेको छ । सुन्तलाखेती र यो वर्षको उत्पादनबारे स्थलगत रुपमा अनुगमन गर्न दम्दाला पुगेका जिल्लाका सरकारी अधिकारी, पत्रकार र राजनीतिक दलका नेताहरुलाई किसानले सुन्तलाखेतीको पकेट क्षेत्र दम्दालामा १०० हेक्टर जमिनमा रु ५० लाखको सुन्तला फलेको जानकारी गराएका थिए । […]


मुस्लिम समुदाय पनि परिवार नियोजन सेवा लिँदै

सुरुङ्गा (झापा), ५ पुस । मुस्लिम धर्मअनुसार गर्भपतन गर्न नहुने धार्मिक परम्पराको मर्यादालाई कायम राख्दै दक्षिणी झापाको चकचकीका मुस्लिम समुदायका अधिकांश महिलाले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरी दुई सन्तानमात्र जन्माउन थालेका छन् । सुरक्षित गर्भपतन सेवा कानुनी भए पनि यो समुदायमा गर्भपतन धार्मिक अपराध हो भन्ने मानसिकता अझै कायम छ । सोही मानसिकताअनुसार धार्मिक […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter