
बैतडी, ८ मङ्सिर । दश वर्षे सशस्त्र द्वन्द्वको समयमा बैतडीमा बेपत्ता भएका व्यक्तिहरुको सम्झनामा प्रतीक्षालय निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा सञ्चालित हातेमालो कार्यक्रमअन्तर्गत बैतडीको चौराहा स्यागैरमा निर्मित प्रतीक्षालयको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रमको प्रमुख जिल्ला अधिकारी लीलामणि अधिकारीले दीप प्रज्वलन गरेर र सिलामा लेखिएका शब्दहरु उच्चारण गरी […]

परासी, ८ मङ्सिर । नवलपरासीमा जारी ३४ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालसहित चार देश विजयी भएका छन् । जसमा टाइगर टप्स टस्कर नेपाल, दि रस्टी कुर्किस युके, गोल ओए श्रीलङ्का र इएचफजी स्विट्जरल्याडका खेलाडी विजयी भएका छन् । पहिलो खेल सिआइएच सेन्टपल गिरिपिन्स अमेरिका र नेपालको टाइगर टप्स टस्कर बीच भएको थियो । […]

रमेश लम्साल / काठमाडौँ । सरकारले एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्न सौर्य ऊर्जालाई अगाडि बढाउने योजना अगाडि सारेकामा सौर्य ऊर्जाको क्षेत्रमा काम गर्नेहरुले खुसी व्यक्त गरेका छन् । योजना मात्रै बनाउने र कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गरेर अगाडि जानुपर्ने र एउटै टेबलबाट सबै निर्णय हुने व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ । सहरमा सौर्य ऊर्जालाई […]

काठमाडौँ, ७ मङ्सिर । परराष्ट्र मन्त्रालयले राहदानी वितरण प्रणालीलाई सहज र दु्रत बनाउन आजदेखि ‘प्रत्यक्ष दर्ता प्रणाली’ (लाइभ इन्रोलमेन्ट सिस्टम) आरम्भ गरेको छ । यो प्रणाली सुरु भएपछि राहदानी लिन हातले फाराम भर्नुपर्दैन । साथै राहदानी वाहकको तस्बिर, औंठा छाप र हस्ताक्षर राहदानी लिने स्थानमा कम्प्युटरबाट फाराममा भरिन्छ । राहदानीमा यो प्रणाली लागू भएपछि व्यक्तिको […]

भीष्मराज ओझा / काठमाडौँ । हिउँदको चिसो बढेसँगै न्यानो बासस्थान, आहार र प्रजननका लागि पन्छीहरु यो वर्ष उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धमा बसाइँसराइ गर्ने क्रम सुरु भएको छ । एक थरी चराले अन्तरदेशीय सीमाको लामो दूरी पार गरी जलवायु अनुकूलतानुसार विभिन्न मुलुकमा बसाइँसराइ गर्छन् । केही चराले भने नेपालकै उच्च पहाडी भूभागबाट तराईमा छोटो दूरीको बसाइँसराइ गर्ने […]

मुस्ताङ, ७ मङ्सिर । जिल्लाका किसानले यस वर्ष रु २९ करोड बराबरको स्याउ बिक्री गरेका छन् । स्याउको राजधानी मानिने मुस्ताङमा गत वर्षभन्दा सात प्रतिशत स्याउको उत्पादन घटे पनि किसानले भने आकर्षक आम्दानी गर्न सफल भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार चार हजार ७५० मेट्रिकटन स्याउ उत्पादन भएकामा तीन हजार ६०० मेट्रिक टन […]

काठमाडौँ, ७ मङ्सिर । नेपालमा साहसिक पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्टस (नारा)ले यही मङ्सिर ११ गतेदेखि १४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज प्रतियोगिताको आयोजना गर्ने भएको छ । गत वैशाखको विनाशकारी भूकम्पपछिको असहज परिस्थितिमा पनि नेपाल भ्रमणमा आउने पर्यटकको आकर्षणलाई कम हुन नदिन हरेक वर्ष झैँ यो वर्ष साहसिक जलयात्रालाई जारी राखेको नाराले जनाएको […]

रत्ननगर (चितवन), ७ मङ्सिर । भूकम्पप्रभावित विद्यालय भवन पुनःनिर्माण अभियानमा रहेको ‘हामीले नगरे कसले गर्ने ?’ नामक संस्थालाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । हाल अमेरिका रहनुभएका भरतपुर– १० निवासी रामचन्द्र बस्ताकोटीमार्फत संस्थालाई करिब रु एक लाख ५० हजार सहयोग प्राप्त भएको हो । संस्थाका अमेरिका संयोजकसमेत रहेका बस्ताकोटीले संस्थाको लोगो अङ्कित ३५ थान […]

काठमाडौँ, ६ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि अभावको स्थितिलाई दृष्टिगत गरी बिरामी, सर्वसाधारण र सरोकारवाला स्वास्थ्य संस्थाका लागि हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । आजदेखि सो डेक्सले १६६००१३३४४४ टोल फ्रि नम्बर सञ्चालनमा ल्याई औषधिको अभाव भएमा उपलब्ध हुने स्थान र उपलब्ध समेत गराउने जनस्वास्थ्य प्रशासक प्रमुख डा गुणराज लोहनीले जानकारी दिनुभयो । औषधिको […]

काठमाडौँ, ६ मङ्सिर । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले इन्धन समस्या समाधानार्थ र वातावरणमैत्री यातायातको प्रयोग बढाउने उद्देश्यले आयोजना गर्ने बृहत् साइकल र्यालीमा सहभागिताका लागि सबैलाई आह्वान गरेको छ । इन्धन समस्या समाधानार्थ र वातावरणमैत्री यातायातको प्रयोग बढाउन सरोकारवाला सरकारी निकाय र सम्बद्ध अभियन्ताबीच आज यहाँ मन्त्रालयले आयोजना गरेको छलफलमा इन्धन सङ्कटका अवस्थामा सरकारी निकाय, […]