समाचार

क्याम्पसलाई जग्गा किन्न साढे पैँतालिस लाख सङ्कलन

 म्याग्दी, ९ कात्तिक । म्याग्दीको बाबियाचौर– ५ मा रहेको मङ्गला शिक्षा क्याम्पसको भौतिक पूर्वाधार जुटाउन रु ४५ लाख ५० हजार चन्दा सङ्कलन गरिएको छ । विसं २०६६ देखि अङ्ग्रेजी, गणित र नेपाली विषयमा शिक्षा सङ्कायको पठनपाठन हुँदै आएको क्याम्पसको आफ्नै नाममा जग्गा नहुँदा त्रिभुवन विश्वविद्यालयले दिने सहयोगबाट वञ्चित भएपछि जग्गा खरिद गर्नका लागि गत मङ्सिरदेखि […]


बाख्रा र बङ्गुरपालनमा रु २५ लाखको नयाँ कार्यक्रम

रत्ननगर (चितवन), ८ कात्तिक । चितवनमा यसवर्ष पशुविकास सेवा अन्तरगत बाख्रा र बङ्गुरपालन विकासका लागि जिल्ला पशु सेवा कार्यालयमा नयाँ कार्यक्रम आएको छ । पशुविकास सेवाको केन्द्रीय कार्यक्रम अन्तरगत बाख्रा र बङ्गुरपालन विकासका लागि रु २५ लाख रकमको नयाँ कार्यक्रम आएको पशु सेवा कार्यालय चितवनका प्रमुख डा रामकुमार कार्कीले जानकारी दिनुभयो । यसवर्ष बाख्रा विकासका […]


एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने

काठमाडौँ, ८ कात्तिक । नेकपा (एमाले)ले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिने भएको छ ।  गएराति सम्पन्न पार्टीको स्थायी समितिको बैठकले सहमतिको प्रक्रियाबाट राष्ट्रपति निर्वाचनको निम्ति आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको सो पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो यद्यपि पार्टीले उम्मेदवारको नाम तय गरेको छैन । बैठकले राष्ट्रिय सहमतिको यात्रामा सँगसँगै अघि बढ्न नेपाली काँग्रेसलगायत […]


राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन कात्तिक ११ गते

काठमाडौँ, ७ कात्तिक । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन व्यवस्थापिका– संसद्मा यही कात्तिक ११ गते हुने भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओन्सरी घर्तीले नेपालको संविधानको धारा २९७ को उपदफा (२) अनुसार राजनीतिक सहमतिमा यही कात्तिक ८ गते १६ः३० बजेभित्र र त्यसो नभए सोही धाराको उपदफा (३) बमोजिम कात्तिक ११ गते ११ बजे निर्वाचन हुने […]


दलबीच समझदारी, एकता र सहकार्यमा सभामुखको जोड, पदको गरिमा अक्षुण्ण राख्ने प्रतिबद्धता

काठमाडौँ, ७ कात्तिक । सभामुख ओन्सरी घर्तीले संविधानको कार्यान्वयनका लागि राजनीतिक दलहरुबीच समझदारी, एकता र सहकार्यको आवश्यकता औँल्याउँदै पदको गरिमालाई कायम राख्दै निष्पक्षतापूर्वक व्यवस्थापिका–संसद्लाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सभामुखमा निर्वाचित भएपछि पहिलोपटक व्यवस्थापिका–संसद्को पहिलो अधिवेशनको बैठकको अन्त्यमा आज सम्बोधन गर्र्दै उहाँले सबै दलहरुलाई समदूरीमा राखेर स्वतन्त्र र निष्पक्ष रुपले नेतृत्वदायी भूमिका निर्वाह […]


कुष्ठरोग निवारण भएको जिल्ला बन्यो कन्चनपुर

कञ्चनपुर, ७ कात्तिक । कञ्चनपुर जिल्लामा कुष्ठरोग निवारण भएको छ । विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार प्रति १० हजार जनसङ्ख्यामा एक जना कुष्ठरोगी देखा परे यसलाई कुष्ठरोग निवारण भएको मानिन्छ । कञ्चनपुरमा कुष्ठरोग निवारण दर त्योभन्दा कम शून्य दशमलव ५ प्रतिशत रहेको जनस्वास्थ्य कार्यालयका क्षय कुष्ठरोग अधिकृत उद्धव ठगुन्नाले बताउनुभयो । “जिल्लाको कुल जनसङ्ख्यामा ३५ जनामा […]


यु–१९ क्रिकेट टोली स्वदेश फिर्ताः सातौँपटक विश्वकप भिड्दै

काठमाडौंँ, ६ कात्तिक । उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले सातौँपटक विश्वकप भिड्ने भएको छ । साथै, नेपाली राष्ट्रिय टोलीले अबको चार महिनापछि बङ्गलादेशमा हुने विश्वकप प्रतियोगिताबाट विजयी हुने प्रण पनि गरेको छ । मुलुकको क्रिकेट खेलको इतिहास रचना गर्दै फर्केको नेपाली टोलीका कप्तान राजु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]


राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया शनिबार थालिँदै

काठमाडौँ, ६ कात्तिक । नयाँ संवैधानिक व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्मा शनिबारदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया प्रारम्भ हुँदैछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु गर्न शनिबार अपराह्न ३ बजे संसद् बैठक बस्दैछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने र संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बैठकको कार्यसूची छ । “सहमतिका माध्यमबाट दुवै पदपूर्ति गर्न […]


बाँकेका विपन्न महिला च्याउखेतीबाट आत्मनिर्भर

बाँके (खजुरा), ६ कात्तिक । बाँके जिल्लाका विपन्न समुदायका महिला च्याउखेती व्यवसायबाट जीविकोपार्जन गरिरहेका छन् । सीमान्तकृत समुदायमा सूचिकृत केवट समुदायका महिला पछिल्लो समय च्याउखेतीबाट साँझ बिहानको जोहो मात्र हैन आफ्ना छोराछोरीलाई विद्यालय पढाउनेसम्मको खर्च जुटाउँदै आएका छन् । जिल्ला कृषि विकास कार्यालय र अन्य सङ्घसंस्थाले आयआर्जनका लागि सीपमूलक तालिम र प्राविधिक सहयोग उपलब्ध गराएपछि केवट […]


घले उत्कृष्ट भूकम्प उद्धारकर्ता घोषित

काठमाडौंँ ५ कात्तिक । विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिले गत वैशाखको ‘गोरखा भूकम्प’का भूकम्पपीडितलाई उद्धार गर्नेमध्ये गैर आवासीय नेपाली सङ्घ (एनआरएन)का अध्यक्ष शेष घलेलाई उत्कृष्ट उद्धारकर्ताको सम्मान प्रदान गरेको छ । सो अवसरमा घलेले सो सम्मान आफ्ना लागि पहिलो र महत्वपूर्ण भएको बताउँदै साहित्य महासङ्घसँग एनआरएनले सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयो । महासङ्घले तत्कालै […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter