समाचार

चारसय एक्काइस जनालाई अपाङ्ग परिचय पत्र वितरण

इलाम, ३० असोज । महिला बालबालिका कार्यालय, इलामले गत आव २०७१÷७२ मा ४२१ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरेको छ । कार्यालयले पूर्णअशक्त २१ महिला र ३१ पुरूषलाई रातो कार्ड, अतिअशक्त ५० महिला र ८५ पुरूषलाई नीलो कार्ड, मध्यम अपाङ्ग ५१ महिला र ७७ पुरूषलाई पहँेलो कार्ड र सामान्य अपाङ्ग ५२ महिला र ३४ पुरूषलाई […]


बैतडीमा छ सय ७६ घरेलु उद्योग दर्ता

बैतडी, ३० असोज । आव २०७१÷०७२ मा बैतडीमा ६७६ घरेलु तथा साना उद्योग दर्र्ता भएका छन् । ती उद्योगमा कृषिजन्य उद्योग बढी रहेको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय बैतडीका प्रमुख उद्योग अधिकृत नारायण न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा होजीयारी, छालाजुत्ता, तरकारी, कुखुरापालन, मौरीपालन, पशुपालनका साथै हातेकागज, साबुन बनाउनेलगायतका स्थानीय स्रोत […]


राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण गरौँ– राष्ट्रपति डा यादव

काठमाडौँ, २९ असोज । राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण लागि विश्वभर छरिएर रहेका नेपालीलाई आह्वान गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को साताँै अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आर्थिक समृद्धि नै देशको महत्वपूर्ण गन्तव्य हो । त्यसका लागि एनआरएनएको महत्वपूर्ण भूमिका रहनेछ ।” वैशाखमा गएको […]


पश्चिमी सीमा नाका गड्डा चौकीमा ‘नागरिक हेल्प डेस्क’ स्थापना

कञ्चनपुर, २९ असोज । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पश्चिमी सीमा नाका गड्डा चौकीमा ‘नागरिक हेल्प डेस्क’ स्थापना गरेको छ । दसैँका अवसरमा भारतबाट घर फर्कने यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न नागरिक हेल्प डेस्क स्थापना गरिएको हो । भारतीय क्षेत्र भएर आउने र भारततर्फ जाने यात्रुलाई यात्रा गर्दा अपनाउनुपर्ने सावधानी, सीमा क्षेत्रमा हुने लुटपाटका घटना न्यूनीकरण […]


एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित

  काठमाडौँ, २८ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा शेष घले पुनःनिर्वाचित हुनुभएको छ । घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजयी हुनुभएको हो । कार्कीले २२६ मत ल्याउनुभएको छ । त्यसैगरी उपाध्यक्षद्वयमा भवन भट्ट ५३८ मत र कुमार पन्त ५१३ मत ल्याएर निर्वाचित हुनुभएको छ । महासचिवमा बद्री केसीले […]


अपाङ्गता भएका बालबालिकाको लागि घरदैलो अभियान

कञ्चनपुर, २८ असोज । अपाङ्गता भएका बालबालिकाको विद्यालयमा पहुँच पुयाउन कञ्चनपुरमा घरदैलो अभियान सञ्चालन गरिएको छ । सुस्त मनस्थिति र अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्मको पहुँच पुयाउनका लागि घरदैलो अभियानअन्तर्गत सचेतामूलक कार्यक्रम, तथ्याङ्क सङ्कलन र अभिभावकसँग भेटघाट कार्यक्रम सञ्चालन गरिएको हो । अधिकांश सुस्त मनस्थिति र अपाङ्गता भएका बालबालिकालाई अभिभावकले विद्यालय भर्ना गर्न नरुचाउने रहेका छन् […]


एनआरएनए नेतृत्वका लागि तीन प्रतिस्पर्धी

काठमाडौँ, २७ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नयाँ नेतृत्वका लागि तीन प्रत्यासी देखिएका छन् । साताँै अधिवेशनबाट नयाँ कार्यसमितिका लागि अध्यक्षमा वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टिबी कार्की र पूर्व महासचिव रतनकुमार झाले उम्मदवारी दिनुभएको हो । निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष भुवन भट्ट, कुमार पन्त, लक्ष्यबहादुर गुरुङ, खगेन्द्र जिसी, नरेन्द्रबहादुर भाट, […]


तराईका गिद्ध म्याग्दीमा

बेनी (म्याग्दी), २७ असोज । नेपालका तराई भेगमा पाइने गिद्ध केही समययता पहाडी जिल्ला म्याग्दीमा पनि देखिन थालेका छन् । तापक्रम वृद्धि हुने क्रम बढ्दै गएपछि चिसोको खोजीमा तराई क्षेत्रका गिद्ध पहाडी भेगमा आएको हुन सक्ने चरासम्बन्धी जानकारको अनुमान रहेको छ । म्याग्दीका ओखरबोट, रुम, ज्यामरुककोट, रत्नेचौर लगायतका गाउँमा यसअघि कहिल्यै नदेखिएका गिद्ध देखिएको स्थानीय […]


प्रभावकारी बन्यो भकारो सुधार

रामपुर (पाल्पा), २६ असोज । कृषि विकास मन्त्रालयअन्तर्गत माटो विकास निर्देशनालयको आर्थिक सहयोगमा जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा सुरुवात भएको भकारो सुधार कार्यक्रम यहाँ प्रभावकारी भएको छ । विसं ०६५÷६६ देखि सुरुवात भएको सो कार्यक्रमबाट जिल्लाका ४५० कृषक लाभान्वित भइसकेका छन् भने यस आवमा २०० कृषकलाई सहयोग गरिने जानकारी जिल्ला कृषि विकास कार्यालयका कृषि […]


पारवहन अधिकार स्थापित गर्न लेखा समितिको निर्देशन

काठमाडौँ, २२ असोज । सार्वजनिक लेखा समितिले अन्तर्राष्ट्रिय, क्षेत्रीय एवम् दुईपक्षबीच भएका सन्धि सम्झौताबमोजिम भूपरिवेष्ठित मुलुकले उपभोग गर्न पाउने पारवहन अधिकार स्थापित गर्न भारत सरकारसँग शीघ्र वार्ताका लागि सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले तराईमा आन्तरिक समस्याको समाधानका लागि राजनीतिक पहल तत्काल पहल गर्ने तथा नाकाबन्दी र आन्तरिक समस्यालाई बेग्लाबेग्लैरुपमा व्याख्या गरी समस्याको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter