समाचार

कीर्तिपुरमा बाह्रवर्षे नाच सुरु

काठमाडौँ, ५ कात्तिक । कीर्तिपुरमा आजदेखि बाह्रवर्षे नाच सुरु भएको छ । राजा निवास मल्लका पालादेखि सुरु भएको सो नाच ११ महिनासम्म चल्छ । नाच टोल टोलमा आलोपालो गरी देखाइन्छ । अष्टमातृका, महालक्ष्मीलगायत ११देवदेवीका मुकुन्डो लगाएर सो नाच नाचिन्छ । नगरवासीलाई सुरक्षित गराउन यो नाच सुरु गरिएको नृत्यगुरु राजकुमार मालीले बताउनुभयो । अस्त्र परित्याग दिवस […]


आज विजयादशमी मनाइँदै ; प्रधानमन्त्री, उपराष्ट्रपति, राष्ट्रपति द्वारा शुभकामना व्यक्त

काठमाडौँ, ५ कात्तिक । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी पर्व मनाइँदैछ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका […]


सरकार—मोर्चा वार्ता, लचिलो हुन एक अर्कालाई आग्रह

काठमाडौँ, ४ कात्तिक । सरकार र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीच आज भएको वार्तामा दुवै पक्षले एक अर्कालाई आ–आफ्ना अडानमा लचिलो हुन आग्रह गरेका छन् । मोर्चाका मागसम्बन्धी विषयले वार्तामा प्रवेश पाएको तथा उनीहरुले प्रदेश सीमाङ्कनको विषयलाई मुख्य मुद्दाका रुपमा पुनः प्रस्तुत गरेको सरकारी वार्ता टोलीका सदस्य एवम् सामान्य प्रशासन मन्त्री रेखा शर्माले राससलाई बताउनुभयो । […]


जनताको विश्वास गुम्न दिने छैन –प्रधानमन्त्री ओली

भद्रपुर, ४ कातिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले आफूप्रति देखाएको विश्वास गुम्न नदिने बताउनुभएको छ । नेकपा (एमाले) जिल्ला कार्यसमिति झापाद्वारा आज बिर्तामोडमा आयोजित अभिनन्दन एवम् शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अगामी दुई वर्षभित्र देशभरिका तुइन हटाउने र एक वर्षभित्र देशलाई विद्युत्भार कटौतीबाट मुक्त गराउने प्रतिबद्धता जनाउनुभयो । नेकपा (एमाले) का अध्यक्षसमेत […]


राजमार्ग र जङ्गली क्षेत्रमा सुरक्षाकर्मी परिचालन

गौशाला, ४ कात्तिक । बडादसैँ, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर राखी महोत्तरीको पूर्व पश्चिम राजमार्ग र जङ्गली क्षेत्रमा व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत पूर्व पश्चिम राजमार्ग र जङ्गली क्षेत्रमा लुटपाटका घटना नियन्त्रण गर्न महोत्तरीको रातुपुलदेखि सर्लाहीको सीमा क्षेत्रमा पर्ने बाँके नदीसम्म सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । महोत्तरीको राजमार्गमा […]


फूलपातीःनवपत्र र नवदेवी पूजा

काठमाडौँ, ३ कात्तिक । आश्विन शुक्ल सप्तमीका अवसरमा मङ्गलबार देशभरका शक्तिपीठमा फूलपाती भित्र्याइँदै छ । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने कार्य गरिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी […]


प्रमद्वारा कात्तिक मसान्तसम्म विकासको नयाँ कार्ययोजना पेस गर्न सचिवहरुलाई निर्देशन

काठमाडौँ, २ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भएपछि नयाँ ढङ्गले देशको विकास गर्न नयाँ कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज प्रधानमन्त्रीद्वारा सचिव, सहसचिव तथा विशिष्ट श्रेणीका अधिकृतलाई निर्देशन दिने क्रममा उहाँले देश विकासको नयाँ कार्ययोजना कात्तिक मसान्तसम्म तयार गरेर पेस गर्न निर्देशन दिनुभएको हो । कर्मचारीले नयाँ […]


थोराङ पासमा आवास गृह बनेपछि पर्यटकलाई सुविधा

मुस्ताङ, १ कात्तिक । राउण्ड अन्नपूर्ण पदमार्गअन्र्तगत थोराङ पासमा अस्थायी सेल्टर (आवास गृह) निर्माण भएपछि पर्यटकलाई सहज भएको छ । जिल्ला विकास समिति मुस्ताङ र पर्यटन बोर्डको ४० लाख रुपैयाँको लगानीमा गत असार महिनामा सेल्टर निर्माण गरिएको हो । एक्काइस दिन लाग्ने पदमार्गको पदयात्रामा आउने अधिकाँश पदयात्रीहरु समुद्री सतहदेखि पाँच हजार चार सय मिटर उचाईमा […]


दसैँका लागि घर फर्कने बढे; महोत्तरीमा भूत मेला सुरु

भीमदत्तनगर, १ कात्तिक । दसैँ तिहारलगायत पर्व मनाउन भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रम बढेको छ । घटस्थापनाभन्दा करिब एक साताअघिदेखि पश्चिमी नाका गड्डाचौकी भएर स्वदेश फर्किने क्रम सुरु भएको थियो । अहिलेसम्म करिब २० हजारभन्दा बढी नेपाली चाडपर्व मनाउन गड्डाचौकी नाका भएर स्वदेश फर्किसकेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । […]


कर्तव्यप्रति समर्पित रहन नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देश, जनता र मानव जातिप्रति समर्पित, कानुनद्वारा निर्देशित, कर्तव्यबाट अभिप्रेरित सङ्गठनको रुपमा नेपाल प्रहरी रहेको बताउनुभएको छ । साठीऔँ प्रहरी दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उहाँले राजनीतिक हस्तक्षेपबाट मुक्त, कर्तव्य र कानुनका उद्देश्यद्वारा निर्देशित र सञ्चालित सङ्गठनको रुपमा थप सुदृढ र विस्तार गर्न नेपाल […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter