समाचार

किसानलाई राहत दिन दूधको मूल्यमा वृद्धि

काठमाडौं, फागुन १९ गते । सरकारले कच्चा दूधको मूल्य वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले आज बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर […]


तारजाली नाघेर बाटो काट्नेलाई खादाले सम्मान

अविनाश चौधरी / धनगढी, फागुन १८ गते। कैलालीको धनगढीस्थित छ लेन सडकमा लगाइएको तारजाली नाघेर बाटो काट्नेलाई खादा लगाएर सम्मान गरिएको छ। पैदलमार्ग भएकै ठाउँमा तारजाली नाँघेर बाटो काट्ने धनगढी उपमहानगरपालिका–१३ राजपुरका शिवराज पाध्यायलाई उपमहानगरपालिका प्रमुख गोपाल हमालले खादा लगाएर सम्मान गर्नु भएको हो। उपमहानगरपालिकाले जथाभावी बाटो काट्न नदिन र मिडियनमा लगाइएको बोटविरुवाको सुरक्षाका लागि […]


नुवाकोटका किसानलाई आलु खन्ने चटारो

नवराज सुबेदी / नुवाकोट, फागुन १८ गते । आलु खेतीका लागि उर्वरभूमि नुवाकोटका कृषकलाई आलु खन्ने चटारो छ । पछिल्लो १५ वर्षदेखि यहाँका किसानमा आलुखेतीप्रति आकर्षण बढेको छ । जिल्लाको लिखु गाउँपालिकाको ढिकुरे फाँट, पञ्चकन्याका बेसी, बेलकोटगढी जिलिङका टार लगायत विभिन्न ठाउँका किसानहरू अहिले आलु भित्र्याउन व्यस्त छन् । अहिले यी ठाउँमा आलु खन्ने काम […]


राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभा बैठक सर्‍यो : प्रवक्ता गिरी

काठमाडौं, फागुन १७ गते । सङ्घीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठक पछि सार्नुपरेको बताएको छ । प्रतिनिधि सभाको १४ औँ बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने कार्यसूची थियो । तर, सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी आगामी चैत्र ५ गते आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ […]


स्वास्थ्य शिविरबाट साढे अठार सय सेवाग्राही लाभान्वित

चन्द्र पन्दाक / ताप्लेजुङ, फागुन १७ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमार्फत साढे अठार सय बढी सेवाग्राही लाभान्वित भएका छ । सिरिजङ्घा गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा आयोजित दुई दिने स्वास्थ्य शिविरमार्फत उक्त सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन्। नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा सिरिजङ्घा गाउँपालिकाको आयोजनामा सोमबार र मङ्गलबार दुई […]


ढुक्कसँग दोस्रो बुस्टर खोप लगाउन चिकित्सकको आग्रह

काठमाडौं, फागुन १६ गते । सरकारले कोरोना भाइरसविरुद्धको दोस्रो बुस्टर मात्रा खोप दिने भएको छ । यो खोप काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगाउनु सुरु गरिएको छ भने स्थानीय तहमा खोप पठाइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप सेवा शाखाको प्रमुख डा.अभियान गौतमका अनुसार पहिलो चरणमा […]


सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ

काठमाडौं, फागुन १६ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खा याममा समेत […]


अवाञ्छित तत्त्वबाट हुने गरेका टीकाटिप्पणीप्रति सजग रहनुपर्छ : प्रधानसेनापति

काठमाडौं, फागुन १५ गते । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवैधानिक जिम्मेवारी, भूमिका र योगदानलाई अवमूल्यन हुनेगरी केही अवाञ्छित तत्त्वबाट हुने गरेका टीकाटिप्पणीप्रति सजग रहनुपर्ने बताउनुभएको छ । नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापन तथा कल्याणकारी कोषको संयोजनमा आजदेखि बुटवलस्थित मध्यपश्चिम पृतना हेडक्वाटरमा आयोजित भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्नुहुँदै उहाँले सेनाका विषयमा […]


२ करोड ७० लाख लगानीको कम्पोष्ट प्लान्ट भएन सञ्चालन

राजकुमार भट्टराई / खोटाङ, फागुन १५ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –२ सोल्मामा निर्माण भएको कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट लामो समय हुँदा पनि सञ्चालनमा आएको छैन् । अर्गानिक नगर बनाउने अभियान अन्तर्गत नगरपालिकाले अढाइ करोड खर्च गरेर निर्माण गरिएको प्लान्ट सञ्चालनमा आउन नसकेको हो । नेपाल सरकार अर्थमन्त्रालयको विशेष अनुदान एबं प्रदेश […]


विज्ञान र प्रविधिसम्बन्धी सामग्री तथा उपकरणहरूको प्रदर्शनी

काठमाडौं, फागुन १४ गते । एन्जल लर्ड एकेडेमी हाइ स्कुल कोटेश्वरको आयोजनामा फागुन १२ र १३ गते चौथो बृहत् विज्ञान तथा प्रविधि प्रदर्शनी सम्पन्न भएको छ । दुई दिने सो कार्यक्रम काठमाडौँ प्याब्सनका अध्यक्ष प्रेम कुमार राईले उद्घाटन गर्नुभएको थियो । एकेडेमीका विद्यार्थीहरूले बनाएका विज्ञान र प्रविधि सम्बन्धी सामग्री तथा उपकरणहरू सो प्रदर्शनीमा राखिएका थिए […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter