काठमाडौं, भदौ २५ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ सांसदबाट पारित गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ । शनिबार सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै मन्त्री कोइरालाले पीडितले धेरै दुःख […]
गोकर्ण दयाल / बैतडी, भदौ २४ गते । बैतडीको विभिन्न क्षेत्रमा कोदो उत्पादन हुने भए पनि किसानलाई बिक्री गर्न समस्या छ । बैतडीको तल्लो स्वराड क्षेत्रका मेलौली, पञ्चेश्वर, शिवनाथ, च्वाँगढ क्षेत्रको सिगास, पुरचौडी र डिलासैनी क्षेत्रमा प्रशस्त फल्ने कोदोले बजार पाउन नसकेको हो । गाउँमा फलेको कोदोको केही स्थानीय परिकार माँणा, हलुवा र आँखडी (कोदोको […]
छविलाल पाण्डे / बुटवल, भदौ २३ गते । राति फुल्ने भएकाले ड्रागन फ्रुटलाई ‘रातकी रानी’ पनि भनिन्छ । पछिल्लो समय तराईदेखि पहाडसम्म ड्रागन खेतीबाट राम्रो उत्पादन हुन थालेपछि कृषकहरु यो खेतीप्रति आकर्षित हुन थालेका छन् । रुपन्देहीको सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी पनि सरकारी जागिरबाट बचेको समयलाई यही ड्रागन खेतीमा लगाएर कृषिलाई व्यावसायिक बनाउने […]
काठमाडौं, भदौ २३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोपमा कप्तान लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा जारी सूचनामा ‘‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को […]
काठमाडौं, भदौ २२ गते । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भुसालले पछिल्लो समय तीव्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताउनुभएको हो । ऊर्जा मन्त्री भुसालले […]
काठमाडौँ, भदौ २२ गते । निर्वाचन आयोगले मङ्गलबारबाट मतपत्र छाप्न सुरु गरेको छ। आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छाप्न सुरु गरेको हो। आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ २० गतेदेखि नै मतपत्र छाप्न सुरु हुनुपर्नेमा तयारी नपुग्दा एक दिनपछि मतपत्र छाप्न सुरु भएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई दिनभित्र नमुना मतपत्र […]
काठमाडौं, भदौ २१ गते । आदिवासी जनजाति आयोगले आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । मङ्गलबार ललितपुरमा पत्रकार सम्मेलन गरी आयोगले आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारी छनोटलाई नै समानुपातिक समावेशी बनाउन माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष रामबहादुर […]
काठमाडौं, भदौ २१ गते। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको प्रतिवेदन पेश भएको छ। मंगलबार राष्ट्रपति कार्यालय भवन पुगेर आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषा आयोगको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार भाषा आयोग ऐन, २०७४ बमोजिम अध्यक्ष अवस्थीले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदन पेश […]
काठमाडौं, भदौ २१ गते । काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगको कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधीहरुले पदबहाली गरेको १०० दिन पूरा गरेका छन् । जनप्रतिनिधीहरुले पद बहालीगरेको १०० दिनको अवसरमा नगरपालिकाले गरेका काम तथा आगामी योजनाका कार्यहरु नर्लिङ रिसोर्टमा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरेको छ । सो अवसरमा नगरपालिकाले जनताको सेवामा १०० दिन पूरा गरेको छ । नगरपालिकाले […]
काठमाडौं, भदौ २० गते । घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा नेपालले ‘क्लिन स्वीप’ गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले हरायो । यससँगै नेपालले सिरिज ३–० ले जितेको छ । यसअघि नेपाल पहिलो खेलमा सात विकेट र दोस्रो खेल १७ रनले विजयी भएको […]