
ललितपुर, कात्तिक २३ गते । विज्ञान र प्रविधिको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्तालाई आज पुरस्कृत एवम् सम्मानित गरिएको छ । देशको विकास र जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन विज्ञान तथा प्रविधिलाई पूर्णरुपमा सदुपयोग गरी औद्योगिक, सामाजिक क्षेत्रको प्रगतिका लागि वैज्ञानिक खोज र अनुसन्धानलाई प्रोत्साहित गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) […]

काठमाडौं, कात्तिक २२ गते । सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालिक अन्तरिम आदेश दिएको छ । मङ्गलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सोसम्बन्धी रिटको सुनुवाइ गर्दै थप पाँच सय रुपियाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालिक अन्तरिम आदेश दिएको हो । मङ्सिर ४ गतेबाट सुरु हुने सो विश्वकप फुटबल प्रतियोगिताको […]

काठमाडौं, कात्तिक २१ गते । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गर्नुभएको छ । सोमबार कलाकारहरुसँग आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले अँध्यारो कोठामा बसेर निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न हुनुभन्दा समाजमा पुगेर आम नागरिकहरुलाई उम्मेदवारहरुको सही सूचना दिन अग्रसर हुन सुझाव दिनुभयो । […]

काठमाडौं, कात्तिक २१ गते । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका गैरआवासीय नेपालीहरुको हकहितको संवर्धन गर्नका लागि सहकार्य गर्न आवश्यक रहेको बताउनुभएको छ । सङ्घको सचिवालयको हलमा काठमाडौंमा रहनुभएका गैरआवासीय नेपालीहरुसँग भेटघाटको उद्देश्यले चियापान तथा स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । यस अवसरमा नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिको कार्यसमितिका पदाधिकारी तथा […]

काठमाडौं, कात्तिक २० गते । ‘नो नट अगेन’सम्बन्धी दायर रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सो आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गर्नुभएको रिटमा न्यायाधीश फुयाँलको इजलासले कारण देखाऊ आदेशमार्फत दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । […]

काठमाडौं, कात्तिक २० गते। प्रधानसेनापति प्रभुराम शर्माले रुपन्देही, कैलाली, दाङमा रहेका गणको निरीक्षण भ्रमण गर्नुभएको छ। निरीक्षण भ्रमणका क्रममा उहाँले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको एकीकृत सुरक्षा योजना साथै गणको वस्तुस्थितिबारे जानकारी लिनुभएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। निरीक्षण भ्रमणमा प्रधान सेनापति शर्माले गणका सकलदर्जालाई सम्बोधन गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले लुम्बिनी प्रदेशका […]

काठमाडौं, कात्तिक १९ गते । कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोलीएपीएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा शनिबार भएको खेलमाएपीएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । एपीएफले दिएको दुई सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ […]

हुम्ला, कात्तिक १९ गते । हुम्लाको सिमकोटबाट नेपालगञ्ज र सुर्खेतका लागि यात्रा गर्ने यात्रुलाई टिकट पाउन सास्ती हुने गरेको छ। विमान कम्पनीले उडान घटाउँदा यात्रुलाई समस्या भएको हो। टिकट नपाएपछि यात्रुले शुक्रबार सिमकोट विमानस्थलबाहिर चर्को नाराबाजीसमेत गरेका छन्। एक हप्ताअघिदेखि नेपालगञ्जको यात्रा गर्ने तयारी गर्नुभएका यात्रु वीरजङ्ग शाहीले दैनिक एउटा उडान हुने तर नेपालगञ्ज र […]

काठमाडौं, कात्तिक १८ गते । काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालका अनुसार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । शुक्रबार सन्दीपको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश घिमिरेको इजलासले सन्दीपलाई केन्द्रीय कारागार […]

काठमाडौं, कात्तिक १८ गते। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम सम्पन्न भएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरेर आठ करोड मतपत्र छपाइ सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र […]