समाचार

नेपालीसहित सबै मातृभाषा राष्ट्रिय भाषा : अध्यक्ष अवस्थी

काठमाडौं, भदौ २१ गते। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको प्रतिवेदन पेश भएको छ। मंगलबार राष्ट्रपति कार्यालय भवन पुगेर आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषा आयोगको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार भाषा आयोग ऐन, २०७४ बमोजिम अध्यक्ष अवस्थीले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदन पेश […]


कागेश्वरी मनोहरा नगरपालिकाको १ सय दिन पूरा, सामाजिक विकासलाई मूख्य प्राथमिकता

काठमाडौं, भदौ २१ गते । काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगको कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधीहरुले पदबहाली गरेको १०० दिन पूरा गरेका छन् । जनप्रतिनिधीहरुले पद बहालीगरेको १०० दिनको अवसरमा नगरपालिकाले गरेका काम तथा आगामी योजनाका कार्यहरु नर्लिङ रिसोर्टमा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरेको छ । सो अवसरमा नगरपालिकाले जनताको सेवामा १०० दिन पूरा गरेको छ । नगरपालिकाले […]


केन्याविरुद्ध एकदिवसीय सिरिजमा नेपालको ‘क्लिन स्वीप’

काठमाडौं, भदौ २० गते । घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा नेपालले ‘क्लिन स्वीप’ गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले हरायो । यससँगै नेपालले सिरिज ३–० ले जितेको छ । यसअघि नेपाल पहिलो खेलमा सात विकेट र दोस्रो खेल १७ रनले विजयी भएको […]


नयाँ नोट सटही भदौको अन्तिम साताबाट

काठमाडौं, भदौ २० गते । राष्ट्र बैङ्कले यस वर्षको दसैँ, तिहार र छठ पर्वका लागि करिब १० अर्बको नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ । मुद्रा व्यवस्था विभाग प्रमुख रेवतीप्रसाद नेपालले यो वर्षको दसैँ, तिहार र छठ पर्वका लागि भदौ अन्तिम सातादेखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने जानकारी दिनुभएको हो । बैङ्कले […]


सात वटा क्यासिनोलाई सात दिनभित्र कर बुझाउन महानगरको पत्र

काठमाडौं, भदौ १९ गते। सात दिनभित्र कर सात वटा क्यासिनोलाई कर बुझाउन काठमाडौं महानगरपालिकाले पत्र काटेको छ। आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई सात वटा क्यासिनोले मनोरञ्जन कर नबुझाएकाले आइतबार महानगरले पत्र काटेको हो। महानगरले म्यारिएटको डेल्टीन क्यासिनो होटल, अन्नपूर्णको क्यासिनो प्यालेस, र्‍याडिसन होटलको क्यासिनो र्‍याडी, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, सोल्टी होटलको मोजाङ्ग इन्टरटेन्मेन्ट, […]


छुर्पी उद्योग स्थापनासँगै दूधको बिक्री बढ्यो

म्याङुलुङ, भदौ १९ गते । गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ । किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन् । घ्यू मात्र उत्पादन गर्दै आएका यहाँका किसान गाउँमै खुलेको छुर्पी उद्योगले दूध खरिद गर्न थालेपछि उत्साहित भएका छन् । किसानले आम्दानीका लागि पशुपालन व्यवसाय रोज्न […]


चार महिनापछि ट्रान्सफर स्टेशनमा रित्तिँदै फोहोर

काठमाडौं, भदौ, १८ गते । चार महिनापछि टेकुस्थित ट्रान्सफर स्टेशनको फोहोर व्यवस्थापनको काम आइतबार बिहानसम्ममा सकिने भएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहोर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि विगत […]


नेपालको बिकासमा भारतको सहयोग उल्लेख्य : गृहमन्त्री खाण

श्यामशंकर पाण्डे / लुम्बिनी, भदौ १८ गते । गृहमन्त्री बालकृष्ण खाणले नेपालको बिकासमा भारत सरकारको सहयोग उल्लेख्य रहेको बताउनुभएको छ । नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको ठूुलो सहयोग रहेको उहाँको भनाइ छ । रुपन्देहीको धकधईस्थित रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको भवन तथा प्रयोगशालाको शनिवार यहाँ उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । […]


सञ्चारमाध्यमलाई व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

आशा साह / काठमाडौं, भदौ १७ गते । प्रतिनिधिसभाले राष्ट्रिय सभाको सन्देशसहित ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकको आवश्यकता, यसको महत्त्व तथा हाम्रो समाज र […]


चिया क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता

बिर्तामोड, भदौ १७ गते । चिया क्षेत्रमा देखिएका समस्याको दिगो समाधान गर्न प्रदेश सरकारका मन्त्री र सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । संवाद समूह प्रदेश १ को आयोजनामा बिहीबार बिर्तामोडमा भएको छलफलमा उहाँहरूले चिया क्षेत्रका समस्याको दिगो समाधान गर्न प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउने र समस्या समाधानको जिम्मेवारी लिने बताउनुभएको हो । सो भेलाबाट चिया समस्याका […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter