
काठमाडौँ, असोज २ गते । नेपालको संविधानमा उल्लेखित मौलिक हक तीन वर्षमै कार्यान्वयन भई सक्नुपर्नेमा अहिलेसम्म पनि कार्यान्वयन गराउने आधार अर्थात् आवश्यक नियमावली बनाउन सकिएको छैन । संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको अधिकारसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको चार वर्षसम्म पनि नियमावली बन्न सकेको छैन । चार वर्षदेखि मन्त्रालयका अधिकारीले विभाग र […]

काठमाडौं, असोज २ गते । १० वर्षमा ७० हजार भन्दा बढीले लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट सेवा लिएका छन्। आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी नीति तथा निर्देशिकाको विषयमा भएको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी दिइएको हो। मन्त्रालयका लैङ्गिक सल्लाहकार सिताराम प्रसाईँले नेपालमा ओसीएमसी सञ्चालन […]

काठमाडौं, भदौ ३१ गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनसनरत डा.गोविन्द केसीको मागप्रति गम्भीर भएको बताउनुभएको छ । स्वास्थ्य राज्यमन्त्री केसीले अभियन्ता डा. केसीले उठाएका मागहरुका विषयमा गहन छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ । यो विषयलाई समाधान […]

काठमाडौं, भदौ ३० गते । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारमाथि कारबाही गरेको छ । आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलका अनुसार आयोगले एक लाख २३ हजार ६२४ जना उम्मेदवारमाथि कारबाही गरेको हो । खर्च विवरण नबुझाउने उम्मेदवारले आयोगलाई सात लाख ५० हजारदेखि डेढ लाखसम्म जरिवाना तिर्नुपर्नेछ ।

काठमाडौं, भदौ ३० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचन पछिको १० वर्षभित्र नेपाललाई दक्षिण एसियामा समृद्ध मुलुकको रुपमा चिनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई समृद्ध मुलुक निर्माण गर्ने अभियानको रुपमा लिनुपर्नेमा जोड पनि दिनुभयो । बिहीबार ललितपुरमा नेपाल दूरसञ्चार प्राधिकरणले […]

काठमाडाैँ, भदौ ३० गते । नेपालको हरित ऊर्जा आपूर्तिलाई सन्तुलित गराउन सौर्य ऊर्जाको विकासलाई अझै तीव्रता दिनुपर्ने आवश्यकता रहेको सरोकारवालाले औँल्याएका छन् । लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी मञ्चमा आयोजित ऊर्जामा लगानीसम्बन्धी सत्रमा जलविद्युत् क्षेत्रसँगै सौर्य ऊर्जालाई थप प्रवद्र्धन गर्नु आवश्यक रहेको औँल्याइएको हो । सो कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान […]

काठमाडौं, भदौ २९ गते । भौतिक पूर्वाधारको क्षेत्रमा लगानी भित्र्याउने र सहजरुपमा काम गर्ने वातावरण बनाउने लक्ष्यका साथ स्थापना भएको लगानी बोर्ड स्थापना भएको ११ वर्ष लागेको अवसरमा दिगो लगानी पूर्वाधार फोरम–२०२२ को आयोजना गरियो । एक दिवसीय फोरममा बोर्डले संयोजन गरेका परियोजनाका प्रमुख तथा पदाधिकारीको बाक्लो उपस्थिति थियो । उनीहरूले नेपाल लगानीमैत्री देशका रूपमा […]

गण्डकी, भदौ २९ गते । कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् । गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा आबद्ध दुई सय ४० शेयर सदस्यलाई नै कृषि उत्पादनसँग जोड्ने योजनाका साथ विभिन्न कार्यक्रम अघि सारिएको छ । घर–घरमा भैँसीपालनमा […]

काठमाडौं, भदौ २८ गते । नेपालमा संसारका विभिन्न ५५ देशको रु. दुई खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी छ । नेपाल राष्ट्र बैंकले मङ्गलवार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भएको हो । कूल वैदेशिक […]

काठमाडौं, भदौ २८ गते । सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरूलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् । लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरलाई मन्त्रालयमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘अब तपाईँहरूको निजी जीवनभन्दा फराकिलो स्पेस भएको छ । राज्यले पनि तपाईँहरूमाथि ठूलो लगानी […]