समाचार

लयमा फर्किंदै पर्यटन क्षेत्र

लक्ष्मण पौडेल / भैरहवा, मङ्सिर २४ गते । कोरोना महामारीका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । कोरोना सङ्क्रमण सुरु भएयता लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायी निराश थिए भने कतिपय पलायन भए । कतिपय होटल सञ्चालकले होटल बिक्री गरेर हिँडेका थिए । अहिले भने लुम्बिनीमा बिस्तारै […]


श्रम क्षेत्रको अध्ययन गर्न तीन कार्यदल गठन

काठमाडौँ, मङ्सिर २३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीनवटा कार्यदल गठन गरेको छ । मन्त्रालयले सीप विकाससम्बन्धी तालिम एकीकृत संरचनामार्फत सञ्चालन गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक बद्रीनाथ अधिकारीको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको हो । विभिन्न मन्त्रालय र […]


थप १९७ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं, मङ्सिर २३ गते । पछिल्लो २४ घण्टामा १९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार १८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एक हजार ४३३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त […]


अमेरिकाको सरकारी जागिर छाडेर थातथलाेमा पौरख

भोटराज राई / उदयपुर, मङ्सिर २२ गते । एक युवा अमेरिकाको सरकारी जागिर छाडेर थातथलाेमा पौरख गर्न थाल्नुभएको छ । मातृभूमि र नेपाली संस्कृतिको मायाका कारण उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका प्रज्ज्वल अधिकारीले अमेरिकाको राम्रो कमाई, सुविधा सम्पन्न बसाई छाडेर थातथलाेमा पौरख थाल्नुभएको हो । पढाईपछि कामको सिलसिलामा अमेरिकाको बोस्टन शहरमा हुलाक कार्यालयमा सरकारी जागिर […]


२५५ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं, मङ्सिर २२ गते । पछिल्लो २४ घण्टामा २५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार छ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


मेलम्ची मर्मतको काम सुरु भएन, चैतमा पानी झार्न कठिन

छेटु शेर्पा / काठमाडौं, मङ्सिर २१ गते । गत असार १ गते गएको बाढीपहिरोले क्षति पुर्‍याएपछि मेलम्चीको पानी काठमाडौँ ल्याउन थप समस्या भएको छ । मेलम्ची खानेपानी आयोजनाले बाढी र पहिरोले क्षति गरेको क्षेत्रमा अस्थायी मर्मतपछि चैत भित्र पानी ल्याउने लक्ष्य राखेको थियो । मर्मतको काम सुरु नहुँदा लक्ष्य पूरा हुन कठिन हुँदै गएको छ […]


२७२ जना नयाँ सङ्क्रमित थपिए, दुईको मृत्यु

काठमाडौं, मङ्सिर २१ गते । पछिल्लो २४ घण्टामा २७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ३८६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुई हजार ४२४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त […]


कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा

काठमाडौं, मङ्सिर २० गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँले नेपाली कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताउनुभएको हो । कांग्रेसको […]


२३८ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं, मङ्सिर २० गते । पछिल्लो २४ घण्टामा २३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ११४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ५०३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


२२० जना नयाँ सङ्क्रमित थपिए, पाँचको मृत्यु

काठमाडौं, मङ्सिर १८ गते । पछिल्लो २४ घण्टामा २२० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार २९५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ५०२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter