समाचार

उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व सम्पन्न

काठमाडाैं, मङ्सिर ६ गते ।आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा छ । व्रतालुले पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, […]


अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड ऋण सहयोग

काठमाडौँ, मङ्सिर ५ गते। एशियाली विकास बैङ्क (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न रु १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ । बैङ्कले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति जनाएको मनिलास्थित बैङ्कको प्रधान कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ […]


एक हजार ९४५ थपिए, पाँच हजार ३६४ सङ्क्रमणमुक्त

काठमाडौं, मङ्सिर ५ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ९४५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दश हजार ४४० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९४५ जनामा सङ्क्रमणको पुष्टि भएको […]


प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

विराटनगर, मङ्सिर ४ गते । प्रदेश नं १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारीमा सामाजिक विकास मन्त्रालय जुटेको छ । अनलाइन कक्षाले समेट्न नसकेका तथा कोरोना प्रभावित क्षेत्रका […]


दुई हजार १०३ जना थपिए, दुई हजार ८५८ जना सङ्क्रमणमुक्त

काठमाडौं, मंसिर ४ गते । नेपालमा कोरोना भाइरसका दुई हजार १०३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार १०३ जना सङ्क्रमित थपिएको र दुई हजार ८५८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि नौ हजार ८०५ नाको आरटीपीसीआर परीक्षण गरिएको छ । नेपालमा अहिलेसम्म १६ […]


कोरोना कहरले फेरियो व्यवसाय

शेरबहादुर सिंह / महेन्द्रनगर, मङ्सिर ३ गते। दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्त नगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिनुभएको छ । कोरोना कहरमा बितेका आठ महिनासम्म टेन्ट हाउसको व्यापार सुनसान बनेपछि उहाँले व्यवसाय परिवर्तन गरेर जीविकोपार्जन गर्ने योजनाअनरुप कागतीखेती, कुखुरा र बाख्रापालनमा लागेको बताउनुभयो । “टेन्ट भाडामा दिएर […]


श्रम मन्त्रीद्वारा आकस्मिक आश्रय भवनको शिलान्यास

सर्लाही, मङ्सिर ३ गते। सर्लाहीको लालबन्दीमा आकास्मिक आश्रय भवनको शिलान्यास गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले भवन निर्माणको शिलान्यास गर्नुभएको हो । सङ्घीय सरकारको शहरी विकास तथा भवन निर्माण कार्यक्रमअन्तर्गत रु दुई करोड ५० लाखमा सो भवन निर्माण हने बताइएको छ । सो अवसरमा मन्त्री यादवले देश विकासमा सबै राजनीतिक […]


बुधबारदेखि छठपर्व शुरुः उत्साहका साथ तयारी

प्रभाषचन्द्र झा / जनकपुर, मङ्सिर २ गते । धार्मिक एवं लोकआस्थाको पर्वछठको तयारी उत्साहका साथ शुरु भइसकेको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठपर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका छन् । विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठपर्व मनाउने गरिए पनि यस वर्ष कोरोना सङ्क्रमणका कारण केही समस्या सिर्जना हुने देखिएको […]


नेपाल बंगलादेश मैत्रीपूर्ण फुटबलको दोस्रो खेल गोलरहित बराबरीमा टुंगियो

काठमाडौं, मङ्सिर २ गते । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको छ । पहिलो खेलमा २–० को हार बेहोरेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई बराबरीमा रोक्न सफल भएपनि उपाधि आयोजक बंगलादेशले जितेको छ । नेपालले उपाधि हात पार्न दोस्रो खेलमा कम्तिमा २–० को गोल अन्तरले आयोजक बंगलादेशलाई हराउनु पर्ने थियो । […]


दुई हजार ८७८ जना सङ्क्रमण मुक्त, ५०२ जना सङ्क्रमित थपिए

काठमाडौं, मंसिर २ गते । नेपालमा कोरोना भाइरसका ५०२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५०२ जना सङ्क्रमित थपिएको र दुई हजार ८७८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ११ हजार ९७३ […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter