
काठमाडौँ, असोज १९ गते । कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् । काठमाडौँ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो । अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ पसलका व्यापारी सटर तानेर भागेका हुन् । […]

चित्र मिजार / सिन्धुपाल्चोक, असोज १८ गते । तीन महिनादेखि बन्द तातोपानी नाका भोलिबाट सञ्चालन हुने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको खाशामा अड्किएका सामान नेपाल भित्राउन तातोपानी नाका संचालन हुन लागेको हो । असार २५ गतेबाट बन्द तातोपानी नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ । खासा क्षेत्रमा नेपाली […]

काठमाडौं, असोज १८ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका संवेदनशील वर्ग र समुदायले पाउँदै आएका सामाजिक सुरक्षा भत्तामा कटौती नहुने बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपांगता भएका व्यक्तिलगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन संघीय […]

महोत्तरी,असोज १७ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण अहिलेको आवश्यकता रहेको औँल्याउनुभएको छ । आज महोत्तरीको बर्दिवासमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश नं २ स्तरीय शाखा कार्यालय उद्घाटन गर्दै मन्त्री पोखरेलले यस आवश्यकतालाई हृदयङ्ग गरेर सरकारले प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिएको बताउनुभयो । सरकारले मुलुकका […]

काठमाडौँ, असोज १७ गते । नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाका सिलसिलामा आणविक शस्त्रास्त्रको पूर्ण उन्मूलनसम्बन्धी अन्तरराष्ट्रिय दिवसका अवसरमा आज न्यूयोर्कमा भएको उच्चस्तरीय बैठकमा नेपालले आणविक हातहतियारको कालो छाया रहेसम्म विश्व सुरक्षित […]

दीपक ज्ञवाली / बुटवल,असोज १६ गते । लामो समयदेखि अन्याेलमा रहेको प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने तथा नाम लुम्बिनी राख्ने प्रदेश ५ मन्त्रीपरिषदले निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश ५ मन्त्रीपरिषद बैठकले त्यस्तो निर्णय गरेको सामाजिक बिकास मन्त्रीले सुदर्शन बरालले पुष्टि गर्नुभयो । दाङका राप्ती र गढवा तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिका […]

काठमाडौँ, असोज १६गते। प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महामारीका कारण अपाङ्गता भएका महिलाको जीवनयापनमा सहज बताउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले त्यस्ता महिलाको समस्या नीतिगत, व्यवहारगत हिसाबले समाधान गरी तीन तहको सरकारबीच प्रभावकारी समन्वय, सहकार्यका साथ हित प्रवद्र्धन गर्न समितिले निर्देशन दिएको हो । समितिका सभापति नीरुदेवी […]

काठमाडौँ, असोज १६ गते । पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (इसीआरसी) प्रालिसँग सम्झौता गरेको हो । पर्यटक बसको टिकट अनलाइन बुकिङमा जानेबारे आज टिवानका अध्यक्ष ईश्वर शर्मा र इसीआरसीका अध्यक्ष सञ्जीत […]

काठमाडौँ, असोज १५ गते । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको […]

काठमाडौं, असोज १५ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ९११ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९११ जनामा सङ्क्रमणको […]