समाचार

चीनद्वारा नेपाललाई ४० हजार पिसीआर किटसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ, वैशाख २९ गते । नेपाललाई चीन सरकारले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत होउ यान्छीले ४० हजार थान पिसीआर किट, २० हजार थान एन ९५ मास्क, आठ लाख सर्जिकल मास्क, १० हजार थान चस्मा […]


‘अर्थतन्त्र बचाउने बजेट ल्याऔँ’

सविता शर्मा / काठमाडौँ, वैशाख २९ गते । अर्थ मन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण विकासको गतिमा केही शिथिलता देखिए पनि ‘भूकम्पपछि छिटै उठेझैँ हामी फेरि उठ्ने छौँ’ भन्नुभएको छ । राष्ट्रिय सभा बैठकमा पूर्वबजेट छलफल आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव […]


अब राहत होइन, रोजगारीः उपत्यका नगरपालिका फोरम

काठमाडौँ, वैशाख २८ गते । लकडाउनका कारण समस्यामा परेकालाई आगामी दिनमा राहत सामग्री होइन, रोजगारी दिने उपत्यका नगरपालिका फोरमले जनाएको छ । विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई नियन्त्रणका लागि सरकरले गत चैत ११ गतेदेखि नै लकडाउन गरेको छ । त्यसको प्रत्यक्ष असर श्रमिक वर्गमा परेको छ । श्रमिकको यस्तो समस्याको सहज समाधानका लागि फोरमले सङ्घीय […]


‘एकका लागि एक’ अभियान सार्थक हुँदै, विपन्न वर्गले पाए राहत

लीला झापाली / बिर्तामोड, वैशाख २८ गते । कोरोना कहरका कारण निम्न आय भएका र दैनिक ज्यालादारी गरी खाने सर्वसाधारणहरु बढी मर्कामा परेको भन्दै झापा बिर्तामोडमा आइतबारदेखि निःशुल्क खाना वितरण गरिएको छ । लक डाउनका कारण भोकभोकै बस्नु नपरोस् भन्ने उद्देश्यले ‘एकका लागि एक’ अभियानले आइतबारदेखि निःशुल्क खाना वितरण शुरु गरेको हो । लक डाउनको […]


आइतबारबाट उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’, सरकारी कार्यालय खुल्ने भनिएकाे छैन

काठमाडौँ , बैशाख २७ गते। काठमाडौं उपत्यकाका सडकमा लकडाउनका वेला पनि सवारीको संख्या बढेपछि भीड नियन्त्रण गर्न ‘टाइम कार्ड’ निर्धारण भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवालाको छलफलले लकडाउन अवधिभर सवारी सञ्चालनमा कडाइ गर्न पास अनिवार्य गर्ने र ‘टाइम कार्ड’ लागू गर्ने निर्णय गरेको हो । आइतबारबाट […]


नेपाली भूमिभित्र कुनै पनि किसिमको गतिविधि नगर्न परराष्ट्रको आग्रह

काठमाडौँ , बैशाख २७ गते। नेपाल सरकारले भारत सरकारलाई नेपाली भूमि भित्र कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमा गर्दै आइरहेको गतिविधि रोक्नको लागि आग्रह गरेको हो । शनिवार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने […]


नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण, कुल १०२; सुदूरपश्चिम कोरोनामुक्त

काठमाडौं, वैशाख २६ गते । नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके जिल्ला नेपालगञ्जका १६ वर्षीय पुरुषको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमा ७४ पुरुष २८ महिला संक्रमित रहेका छन् । सुदूरपश्चिममा […]


संघीय संसदको बजेट अधिवेशन शुरु

काठमाडौं, वैशाख २६ गते । संघीय संसदको बजेट अधिवेशन आज शुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आज शुक्रबार दिउँसो ४ बजे अधिवेशन शुरु भएको हो । देशमा कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि हिजो संघीय सांसदहरु र कर्मचारीहरुको स्वाबको नमूना लिइएको थियो । यसैबीच, राससका अनुसार सामाजिक दूरी कायम गर्दै कोभिड–१९ […]


कपिलबस्तुमा दुई जनामा कोरोना पुष्टि, कुल १०१ पुग्यो; थप आठजना कोरोना संक्रमित निको भए

काठमाडौं, वैशाख २५ गते । कपिलबस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै केरोना संक्रमण पुष्टि हुनेको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञाप्ति मार्फत जानकारी गराएको छ । कोसी अस्पतालमा उपचाररत थप आठजना कोरोना संक्रमित निको भए विराटनगरस्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रमा उपचार गराइरहेका थप आठजना कोरोना संक्रमित […]


लुम्बिनीमा बौद्ध प्रार्थना

भैरहवा, बैशाख २५ गते । २५६४ औं बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा बिहीबार सामाजिक दूरी कायम गरी प्रार्थना गरिएको छ । बौद्ध भिक्षु÷भिक्षुणी तथा लामा÷गुरुआमाहरुबाट विश्वशान्तिको कामना गर्दै प्रार्थना गरिएकाे हाे । त्यस अवसरमा प्रधानमन्त्री केपि शर्मा ओली र संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter