समाचार

नेपाल भ्रमण वर्ष सफल बनाउन सरकार र निजी क्षेत्रको साझेदारी जरुरी

काठमाडौँ, भदौ २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको स्वाभिमानलाई उचो राख्ने गरी विदेशी पर्यटकलाई गरिने आतिथ्य संस्कारमा कुनै कमी गर्न नहुने बताउनुभएको छ । पदयात्री व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को ४१ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली हुनुमा […]


मेलम्ची आयोजना वरपर निषेधित क्षेत्र घोषणा

मेलम्ची, भदौ २० गते । मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आज आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्लास्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालय, मुहान, सुरुङ क्षेत्रमा […]


लुम्बिनीमा चिनियाँ लगानी आउने

भैरहवा, भदौ १९ गते । प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा लगानी गर्न चीन सरकार र त्यहाँको निजी क्षेत्र तयार रहेको बताउनु भएको छ । प्रदेश सरकारको तर्फबाट एक प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन जानुभएका मन्त्री गिरीले स्वदेश फिरेपछि उक्त जानकारी दिनु भएको हो । सञ्चारकर्मीसँगको भेटमा उहाँले […]


दूधको मूल्य प्रतिलिटर ६ रुपियाँ बृद्धि

काठमाडौं, भदौ १८ गते । दूधको मूल्य आगामी शनिबारदेखि बढ्ने भएको छ । नेपाल दुग्ध विकास संस्थानका अनुसार शनिबारदेखि दुधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्ने भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार दुधको मूल्य लिटर ६ रुपैयाँ बढाउन दुग्ध विकास संस्थानलाई पत्राचार गरेपछि शनिबारबाट लागु हुनेगरी दुधको मूल्य बढाउन लागिएको हो । संस्थानका […]


तोकिएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ : मन्त्री पण्डित

माला कर्ण / सप्तरी, भदौ १९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका प्रदेश २ को पहिलो बाल मैत्री नगरपालिका विहीबार एक भव्य कार्यक्रमबीच घोषणा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बाल मैत्री नगर घोषणा गर्दै सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने बताउनुभएको छ । मन्त्रालयमा भएको निर्णय अनुसार कर्मचारी […]


नेपालमा लगानी बढाउन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ, भदौ १८ गते । चौथो हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मालदिभ्सको राजधानी मालेमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज बिहान सिङ्गापुरका विदेशमन्त्री भिभिन बालकृष्णन्लाई भेटेर नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको छ । सौहाद्र्रपूर्ण वातावरणमा उहाँहरूबीच भएको भेटवार्तामा नेपाल–सिङ्गापुर सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा […]


एटिएम ह्याक अनुसन्धान जटिल बन्दै, प्रहरीले मगायो विज्ञ टोली

नारायण ढुङ्गाना / काठमाडौँ, भदौ १८ गते । बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो । यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो । एटिएम बुथमा चिनियाँ नागरिकको गतिविधि शङ्कास्पद लागेपछि सुरक्षा गार्डले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ह्याकरलाई पक्राउ गरी […]


‘एक्सन’द्वारा जनतालाई आश्वस्त पार्न जरुरी, नेपाल विकासको नयांँ युगमा जान्छ- प्रचण्ड

चितवन, भदौ १८ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । छिटोभन्दा छिटो विकास चाहेका जनताले विकासले […]


शहीदको सम्झनामा पुस्तकालय

दैलेख, भदौ १६ गते । पञ्चायती ब्यवस्थाका विरुद्धको आन्दोलनका शहीद मायाराम रेग्मीको सम्झनामा पुस्तकालय स्थापना गरिएको छ । विं.सं २००७ सालमा स्थापना भएको प्रजातन्त्रलाई २०१७ साल पौष १ गते राजा महेन्द्रले कु गरेपछि प्रजातन्त्र स्थापनार्थ गरिएको आन्दोलनमा राज्यपक्षबाट गिरफ्तार गरी तत्कालीन गौंडा दरवारको छतबाट बोरामा हालेर मारिएका शहीद मायाराम रेग्मीको सम्झनामा उक्त पुस्तकालय स्थापना गरिएको […]


रोल्पालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार क्रियाशील

उमा केसी / रोल्पा, भदौ १६ गते । रोल्पाका स्थानीय सरकारले पर्यटन प्रवद्र्धनलाई जोड दिन थालेका छन् । विकास प्राथमिकतामा पर्यटनलाई महत्व दिएर उनीहरूले काम गरेसँगै यसका उपलब्धिहरू पनि देखिन थालेका छन् । दश स्थानीय तह रहेको रोल्पाका अधिकाँश स्थानीय तहले पर्यटनलाई आर्थिक विकासको मुख्य आधार मान्दै प्रवद्र्धनात्मक कार्यको थालनी गरेका हुन् । जिल्लाको एक […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter