
काठमाडौँ,भदौ १६ गते । एटिएमबाट ह्याकरले पैसा निकालेको प्रकरणमा प्रहरीले ५ चिनियाँ नागरिकसँगै एक फ्रान्सेली र सहयोग गर्ने तीन नेपालीलाई पक्राउ गरेको छ । शनिबार भएको उक्त घटनाकाे अनुसन्धानमा संलग्नको पहिचान गरी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । चिनियाँ ह्याकरले नेपाली रुपैयाँ साट्ने दुई मनी चेञ्जर (पैसा सटही)का सञ्चालक र प्रबन्धकलाई पक्राउ गरेको हो । […]

काठमाडौँ,भदौ १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोबाईल फोनमा संवाद नगर्न सचेत गराएका छन् । उनले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी दिए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले कुनै पनि […]

काठमाडौँ,भदौ १५ गते । एटिएममार्फत् करोडभन्दा बढी रकम लुटपाट गर्ने पाँच जना चिनियाँ नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नक्कली भिसा कार्ड बनाएर एटिएमबाट १ करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ लुटपाट गर्ने चिनियाँ नागरिकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । शनिबार पक्राउ परेका चिनियाँ नागरिकहरुमा […]

काठमाडौँ, भदौ १३ गते । सरकारले राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने स्पष्ट पारेको छ । नेपाल चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले जुनसकै वहाना बनाएर राजस्व छली गरेको भए पनि सरकारले कारबाही गरेरै छाड्ने बताउनुभयो […]

इलाम, भदौ १३ गते । देउमाई नगरपालिकाको जीतपुर माध्यमिक विद्यालयमा चक र डस्टरको प्रयोग हुन छाडेको लामो समय भइसक्यो । शिक्षकले हातमा चक बोकेर कक्षामा पढाउने प्रविधि हटेसँगै अहिले शिक्षकले घरबाटै ल्यापटपमा तयारी गरेर ल्याएको पाठयोजनाबाट यहाँ अध्यापन हुने गर्छ । यति मात्र होइन, ल्यापटपमा तयारी गरिएको पाठयोजनालाई प्रोजेक्टरमा जोडेर मल्टिमिडियाबाट पढाउने काम हुन्छ । […]

काठमाडौँ, भदौ १२ गते । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको तर केही महत्वपूर्ण काम बाँकी छ भन्दै ढिलाइ गरिएकामा गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “आयोजना यो वा […]

काठमाडौँ, भदौ १२ गते । राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ ’ प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गर्दै विधेयकलाई अझ समृद्ध बनाउन सम्बद्ध निकायबाट प्राप्त हुने सकारात्मक सुझावलाई सरकारले ग्रहण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विधेयकलाई समृद्ध बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेपाल […]

ललितपुर, भदौ १२ गते । ललितपुर महानगरपालिकाभित्र तीन वटा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ । भिडभाड र बढी मानिसको जमघट हुने स्थानमा सो शौचालयको आवश्यकता भएसँगै तीन वटा आधुनिक शौचालय निर्माण हुन लागेको हो । वडा नं ९ शङ्मूल, वडा नं १२ मङगलबजार र वडा नं २० पाटनढोका परिसरमा आधुनिक बायोग्याससहितको सुविधा सम्पन्न […]

काठमाडौँ, भदौं १२ गते । उत्कृष्ट १० युवा उद्यमीका नवीन उद्यमको प्रस्तुतीकरणमार्फत युवा उद्यमशीलता विकास गर्ने उद्देश्यले राजधानीमा दुईदिने बृहत् राष्ट्रिय संवादको आयोजना गरिएको छ । युएनडिपी नेपालको सहयोगमा राष्ट्रिय युवा परिषद् तथा राष्ट्रिय युवा सञ्जाल (आयोन)ले आज यहाँ आयोजना गरेको सो कार्यक्रममा युवा उद्यमीको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गरिने छ । […]

चन्द्रप्रकाश शर्मा, पोखरा, भदौ ११ गते । निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समय भन्दा छ महिना अगाडिनै सकिने भएको छ । सन् २०२१ जुलाईमा सम्पन्न हुनेगरी निर्माणको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी सिएमसीले द्रुत गतिमा काम गरेकाले अवधी भन्दा छ महिना अगाडिनै विमानस्थल निर्माण हुने भएको हो । विमानस्थलको अवलोकन गर्न पोखरा आउँनुभएका संस्कृत, […]