समाचार

विदेशी बैङ्कमा राखिएको रकम छानबिन जारी

काठमाडौँ, भदौ ६ गते । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली नागरिकले विदेशी बैङ्कमा खाता खोली रकम जम्मा गरेको भनिएको विषयमा सरकारले छानबिन प्रक्रिया जारी राखेको बताउनुभएको छ । प्रतिनिधिसभामा सांसदसँगको प्रश्नोत्तरमा मन्त्री खतिवडाले राजस्व सचिवको अध्यक्षतामा छानबिन प्रक्रिया जारी रहेको बताउनुभएको हो । उहाँले सरकारी संयन्त्रबाट मात्र छानबिन प्रक्रिया सम्भव नभएको पनि बताउनुभयो । जवाफमा […]


६ वटा प्रदेशसभालाई सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौँ, भदौ ६ गते । प्रदेश १ बाहेक ६ वटा प्रदेशसभाले स्थानीय तहका जनप्रतिनिधिले मासिक रुपमा पारिश्रमिक, ज्याला, तलब सुविधा पाउने गरी कानुन बनाएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखा आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासहितको संवैधानिक इजलासले विपक्षीहरुसँग लिखत जवाफ माग्नुका साथै अन्तरिम आदेश दिने-नदिने बारे छलफलमा बोलाएको छ । प्रदेश […]


संघीयता कार्यान्वयनमा गम्भीर हुन राष्ट्रियसभा सदस्यद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यहरुले संघीयता कार्यान्वयन गर्ने गम्भीरता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक २०७६ माथिको सैद्धान्तिक छलफलको क्रममा सांसदहरुले विधेयक संविधानको मुल मर्म विपरित भएको भन्दै संविधान अनुसार संघीयताको सफल कार्यान्वयनका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले सैद्धान्तिक दृष्टिले […]


गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध खतरा उत्पन्न भयो : राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाले सरकारप्रतिको असन्तोषका कारण गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामाथि नै गम्भीर खतरा उत्पन्न भएको बताएको छ । ३१ र ३२ साउनमा बसेको पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै सो पार्टीले जनआन्दोलनका मुख्य उपलब्धिको रक्षा गर्नुपर्ने बताएको हो । पत्रकार सम्मेलनमा पार्टी अधयक्ष चित्रबहादुर केसीले पूर्वराजा, राजावादी र कांग्रेस नेताहरूले समेत धर्मनिरपेक्षताको विरोध गरेको बताए । सरकारले सही […]


पर्यटन प्रवद्र्धनका लागि क्यानोनिङ महोत्सव

लमजुङ, ४ भदौ – पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवद्र्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ । डुमे्र बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो । पर्यटन वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेअनुरुप त्यसलाई सार्थकता प्रदान गर्ने उद्देश्यले […]


विज्ञापन विधेयक पारित : क्लिनफिड तत्काल लागू हुने, ऐन बने सरकारी विज्ञापन एकद्वार प्रणालीबाट

काठमाडौं ४ भदौ– संसदको राज्य व्यवस्था समितिले तत्कालै क्लिनफिड लागू हुने व्यवस्था राख्दै बुधवार विज्ञापन विधेयक पारित गरेको छ । यसअघि राष्ट्रियसभाबाट विज्ञापनसम्बन्धी विधेयक पारित हुँदा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी मिति तोकेपनि सो व्यवस्थालाई संसोधन गर्दै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले क्लिनफिड तत्कालै लागू हुने व्यवस्था राखेर विधेयक पारित गरेको हो । पारित विधेयक ऐन […]


पढाइमा प्रोत्साहन गर्न ओखलढुंगामा ‘बुहारी छात्रवृत्ति कार्यक्रम’

ओखलढुंगाका दुईवटा स्थानीय तहले विवाहित छात्राको अध्ययनमा सघाउन छात्रवृत्ति कार्यक्रम ल्याएका छन् । विवाहपछि पढाइ छोड्ने र खर्चका कारण पढाइलाई निरन्तरता दिन नसक्ने छात्रालाई लक्षित गर्दै सुनकोसी र खिजिदेम्बा गाउँपालिकाले ‘बुहारी छात्रवृत्ति कार्यक्रम’ ल्याएका हुन् । सुनकोसी गाउँपालिकाले वार्षिक पाँच हजार र खिजिदेम्बा गाउँपालिकाले वार्षिक ६ हजार रुपैयाँको छात्रवृत्ति विवाहित छात्रालाई उपलब्ध गराएका छन् । बालविवाह गरेकाले भने […]


नेपाल–भारत संयुक्त बैठकमा द्धिपक्षीय सम्बन्धका छलफल हुन्छ : राजन भट्टराई

काठमार्डौ, ३ भदौ–प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्धिपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पार्नुभएको छ । मंगलबार आयोजित कार्यक्रममा बोल्नुहुदै भटराईले नेपाल–भारतबीच बहुपक्षीय, फराकिलो र नजिकको सम्बन्ध रहेकोले छलफलको लागि धेरै विषयहरु रहेको बताउनुभयो । उहाले भारत र नेपाल दुवै देशमा स्थिर […]


छिमेकीका विषयमा हलुका टप्पणी नगरौँ : परराष्ट्रमन्त्री

काठमाडौँ, भदौ २ गते । नेपाल र उसका निकटका छिमेकी तथा बाह्य सम्बन्धका बारेमा हलुका टीकाटिप्पणी नगर्न सरकारले सबै राजनीतिक दल र तिनका नेतासँग आग्रह गरेको छ । केही दिनअघि प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल–भारत सम्बन्धमा आँच पुग्ने गरी एक जना सदस्यले गर्नुभएको टिप्पणीप्रति असहमति जनाउँदै सरकारले त्यस्तो आग्रह गरेको हो । “नेपालले कहिल्यै […]


आठ हजार युवालाई राष्ट्रिय सेवा दलले तालिम दिने

काठमाडौं, भदौ २ गते । राष्ट्रिय विकासको अभियानमा युवा वर्गलाई सहभागिता गराउने उद्देश्यले राष्ट्रिय सेवा दलले ७७ जिल्लाका करिब आठ हजार प्रशिक्षार्थीलाई तालिम दिन सुरु गरेको छ । ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श लिएको सेवा दलले ७७ जिल्लाका संस्थागत विद्यालयमा अध्ययनरत छात्राछात्रमध्ये यस वर्ष सात हजार सातसय जनालाई तालिमका लागि छनौट […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter