समाचार

वर्तमान सरकार पाँच वर्ष रहन्छः दाहाल

जनकपुरधाम, भदौ २ गते । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा उहाँले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेकोे बताउँदै […]


ढोरपाटनको पहिचान मासिनु हुँदैन : मन्त्री बाँस्कोटा

गलकोट, भदौ १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पहिचानका रुपमा रहेको ढोरपाटन क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । ढोरपाटन दैनिकको १६औँ वार्षिकोत्सवको अवसरमा आज बागलुङमा आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयक बहस कार्यक्रममा मन्त्री बाँस्कोटाले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा ढोरपाटनको पहिचान हराउन नदिने गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । समृद्धिका […]


पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा

काठमाडौं, भदौ १ गते । प्रतिनिधिसभाको बैठकमा आज पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा प्रस्ताव प्रस्तुत भएको छ । ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’, ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ र ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५’ समितिमा प्रस्ताव प्रस्तुत भएको हो । ‘प्रमाण (दोस्रो […]


कोन्ज्योसोमले एक लाख पर्यटक भित्र्याउने

दीपक श्रेष्ठ / ललितपुर, साउन ३२ गते । ललितपुरको दक्षिणी भेगमा रहेको कोन्ज्योसोम गाउँपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटन विकासका कार्ययोजना अगाडि सारकोे छ । गाउँपालिकाले वर्षमै एक लाख पर्यटक ल्याउने योजना राखी त्यसलाई कार्यान्वयन गर्न पूर्वाधार विस्तारमा लागेको छ । पहाडी जनजीवन, चिसो हावापानी, प्राङ्गारिक कृषि उत्पादन, प्राकृतिक गुफा, माने, गुम्बा, मन्दिरका […]


चन्द्रागिरिमा ‘मदन भण्डारी स्मृति पार्क’ बन्ने

काठमाडौँ, साउन ३२ गते । चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो । काठमाडौँ महानगरपालिकाको रु एक करोड तथा चन्द्रागिरि नगरपालिकाको रु एक करोड लागतमा उक्त उद्यान बन्न लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । “काठमाडौँ […]


रारामा ३८ लाख राजश्व सङ्कलन

रारा, साउन ३१ गते । आर्थिक वर्ष २०७५÷७६ मा मुगुको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले रु ३८ लाख राजश्व सङ्कलन गरेको छ । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क, दण्ड जरिवाना, काठ पुर्जी, ढुङ्गा, बालुवा, गिट्टी तथा तालमा डुङ्गा चलाएको २० प्रतिशत रकमबापत उक्त राजश्व सङ्कलन गरिएको हो । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका […]


मन्दिरमा पसलका लागि सटर नबनाउन मन्त्रालयको पत्र

नेपालगञ्ज, साउन ३१ गते । नेपालगञ्जको बागेश्वरी मन्दिर व्यवस्थापन समितिले पुरानो व्यावसायिक सटर भएको स्थानमा नयाँ भवन बनाउन शुरु गरेपछि नगरवासीले विरोध जनाएका छन् ।नगरवासीले सामाजिक सञ्जालमार्पmत मन्दिर क्षेत्रमा कुनै पनि व्यापारिक भवन नबनाउन नगरप्रमुख डा धवलशम्सेर राणासँग आग्रह गर्दै त्यस कार्यको विरोध गरेका हुन् । मन्दिर व्यवस्थापन समितिले भने त्यहाँको सडक विस्तारको क्रममा उक्त […]


सामाजिक सुरक्षा रकम जम्मा गर्न वित्तीय संस्थाको टुङ्गो लाग्यो

सीता शर्मा / काठमाडौँ, साउन ३० गते । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी रोजगारदाताले रकम जम्मा गर्ने वित्तीय संस्थाको टुङ्गो लागेको छ । यही साउन महिना १ गतेदेखि कार्यान्वयनमा ल्याएको उक्त योजनामा सहभागी भएकाहरूले सामाजिक सुरक्षाबापतको रकम जम्मा गर्ने बैङ्कको टुङ्गो लगाएको हो । योगदानकर्ताले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग आबद्ध आईपीएस भएका जुनसुकै […]


श्री एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडान अनुमति

काठमाडौँ, साउन ३० गते । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि अनुमति (लाइसेन्स) पाएको छ ।आन्तरिक उडानमा रहेको उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तरराष्ट्रिय गन्तब्यका लागि नियमित उडान अनुमति पाएको हो । योसँगै अन्तरराष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा प्रदायक कम्पनीको सङ्ख्या चार पुगेको छ । अहिले राष्ट्रिय ध्वजावाहक […]


अन्तर्राष्ट्रिय विमानस्थल सुधारको प्रतिबद्धता

काठमाडौँ, साउन २९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अवको एक महीनाभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शद्धारा आज यहाँ आयोजित “नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका” विषयक अन्तक्र्रियामा मन्त्री भट्टराईले पहिलेको तुलनामा सुधार भएको र आकाशमा हुने ‘हवाई […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter