समाचार

मतदाता परिचयपत्र वितरण शुरु

विराटनगर, मंसिर १९ गते । यही मंसिर २१ गते हुने निर्वाचनका लागि मोरङका सबै मतदान केन्द्रबाट आजदेखि मतदाता परिचयपत्र वितरण शुरु भएको छ । जिल्लाका ७५८ मतदान केन्द्रमा खटिएका मतदान गराउने टोलीले आज मङ्गलबार र भोलि(बुधबार) मतदाता परिचयपत्र वितरण गर्ने निर्वाचन आयोग कार्यालय विराटनगरले जनाएको छ । मोरङका छ निर्वाचन क्षेत्रमा छ लाख ४४ हजार […]


ज्येष्ठ नागरिक सम्मानित

पोखरा, मंसिर १९ गते । बरेली पौडेल वंशावली अनुसन्धान, उत्थान तथा कूलपूजा व्यवस्थापन समितिले कूलपूजाका अवसरमा कूलमा ८० वर्षभन्दा माथि उमेर पुगेका १२ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । पोखरा लेखनाथ महानगरपालिका– ३३ भरतपोखरी खुर्वादीस्थित कूलायन मन्दिरमा सोमबार आयोजित कार्यक्रममा हरिकला, टीकाराम, चन्द्रकला, जीवनाथ, तिलकराम, रुद्रलाल, पवित्रादेवी, जगन्नाथ, मनमाया, हरिकला, लीलावती र सोमनाथ पौडेललाई समितिका […]


सोह्र डाक्टरको काम एक्ला प्रभुले भ्याउँदै

मंगलबारे, इलाम, मंसिर १७ गते । १६ जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा एकजना मात्र विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका छन् । जिल्ला अस्पताल इलाममा हाल दुईजना स्थायी डाक्टर र दुईजना मेडिकल अफिसरले सेवा दिइरहनुभएको छ । नौजना विशेषज्ञसहित १६ जना डाक्टरले सेवा पु¥याउनुपर्ने ५० श्ययाको जिल्ला अस्पतालमा एकजना मात्र विशेषज्ञ डाक्टर प्रभु […]


डोल्पामा प्रभावकारी बन्दै कृषि बीमा

दुनै, डोल्पा, मंसिर १७ गते । हिमाली जिल्ला डोल्पामा कृषि जोखिम बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिखर इन्स्योरेन्स कम्पनीले डोल्पामा नेपालकै कान्छो शाखा बिस्तार गरेर कृषि बीमा कार्यक्रम लागू गरेपछि कृषक धमाधम कृषि व्यवसायको बीमा गर्न थालेका छन् । जिल्लामै पहिलोपटक लागू भएको उक्त कृषि बीमा कार्यक्रमका कारण कृषकले आफूले सञ्चालन गरेको कृषि […]


स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको सुनिश्चितता गर्न आग्रह

काठमाडौँ, मंसिर १७ गते । राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सुरक्षा व्यवस्थालई प्रभावकारी तुल्याई निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी निर्वाचनलाई शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचित हुन पाउने र जनप्रतिनिधि छान्न पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान गर्न सम्बन्धित सबै पक्ष […]


पुनःनिर्माण प्राधिकरणले दियो नयाँ प्राविधिकहरुलाई निर्देशन

काठमाण्डौ , मंसिर १७ गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पक्षपातरहित ढंगले पुनर्निर्माणको काममा सहभागी हुन प्राविधिकहरुलाई निर्देशन दिएको छ । आइतबार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले सो निर्देशन दिएका हुन् । कार्यकारी अधिकृत भुसालले मानवीय सेवामा कही कतै पनि भेदभाव हुन नहुनेतर्फ प्राविधिकहरुलाई सचेत समेत गराए । भूकम्प प्रभावित ३१ जिल्लाका लागि करारमा नियुक्त […]


आठविसकोटमा पहिलो पटक इन्टरनेट

रुकुम , मंसिर १७ गते । जिल्लाको सबैभन्दा दुर्गम नगरपालिकामा आठविसकोटमा पहिलो पटक इन्टरनेट जडान भएको छ । रुकुम(पश्चिम)को यो नगरपालिकाले पहिलो पटक आफ्नै पहलमा इन्टरनेट जडान गरेको हो । नगरपालिकाको रु एक लाख भन्दाबढीको लगानीमा पहिलो पटक नगरपालिकाको कार्यालय तथा वडा नं ९ र १० को कार्यालयमा इन्टरनेट जडान गरिएको हो । एभरेष्ट वायरलेस […]


‘निर्वाचन शान्तिपूर्ण हुन्छ, ढुक्क रहनुस्’: प्रमुख आयुक्त यादव

मंसिर १७, २०७४-प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । देशका विभिन्न भागमा निर्वाचनलाई विरोध गर्दै विस्फोटका घटनाहरु गराइका बेला उनले सुरक्षा व्यवस्था सुदृढ रहेको बताए । ‘निर्वाचन आयोग सरकारले तायर पारेको सुरक्षा योजनाप्रति पूर्ण विश्वस्त छ,’आइतबार पत्रकार सम्मेलनमा उनले भने ‘सरकारले राम्रो सुरक्षा […]


योमरी पुन्ही : खेती मासिए पनि ज्यापू संस्कृति जोगाउने प्रयास

प्रकाश सिलवाल / काठमाडौँ, मंसिर १५ गते । मल्लकालभन्दा अघिदेखि काठमाडौँ उपत्यकाभित्र र बाहिरसमेत नेवारी समुदायको पहिचान बनेको ज्यापू संस्कृतिमा आधुनिकताको प्रभावले परिवर्तन आएपनि मौलिक संस्कृति संरक्षणको मुद्दा सेलाएको छैन । बढ्दो शहरीकरण र कृषिमा आधुनिकीकरणका बीच परम्परागत ज्यापू संस्कृतिको जगेर्नामा यस क्षेत्रका प्रबुद्ध व्यक्तिहरु निरन्तर लागिरहेका छन् । नेपाल भाषामा ‘ज्या’ भनेको काम र […]


निर्वाचनको सुरक्षाका लागि सरोकारवाला पनि जिम्मेवार हुनुपर्छ ः आयुक्त पौडेल

धनगढी, मंसिर १५ गते । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनको सुरक्षाका लागि सरोकारवालाले पनि सक्दो सहयोग हुनुपर्ने बताउनुभएको छ । यहाँ आज आयोजित सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि निर्वाचन अधिकृतलगायतको सहभागितामा भएको छलफल कार्यक्रममा आयुक्त पौडेलले आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले कारबाही गर्ने जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले निर्वाचनका समयमा गरिएको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter