समाचार

नेपाल–अमेरिका व्यापार प्रवद्र्धनमा जोड

काठमाडौँ, असोज २४ गते । उद्योग मन्त्री सुनिलबहादुर थापाले अमेरिकाले नेपाललाई विभिन्न ७७ वटा वस्तुमा व्यापार सुविधा प्रदान गरेपनि त्यसबाट लाभ लिन नसकिएको बताउनुभएको छ । रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान इन्स्टिच्युट (आइएसएसआर)को सहकार्यमा नेपालस्थित अमेरिकी राजदूतावास र प्याभिलियन समूहले आज आयोजना गरेको नेपाल–अमेरिका व्यापार अभिवृद्धिसम्बन्धी एक दिवसीय कार्यशालाको उद्घाटन गर्दै मन्त्री थापाले सो कुरा बताउनुभएको […]


अग्र्यानिक अकबरे बन्दैछ, छथरको कोसेली

तेह्रथुम, असोज २४ गते । छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी यहाँको कोसेलीको रुपमा परिचित बनेको छ । यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न थालेका हुन् । कृषकले व्यावसायिक रुपमा अकबरेखेती गर्न थालेपछि स्थानीयस्तरमै यसका विभिन्न परिकारसमेत तयार भइरहेका छन् । केहीवर्ष अघिसम्म आफ्नै लागि […]


गोली प्रहारबाट निर्माण व्यवसायी गौचनको मृत्यु

काठमाडौँ, असोज २३ गते । समूहको गोली प्रहारबाट आज नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ । आज दिउँसो करिब तीन बजेतिर काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वरको खरीबोट प्रयागमार्गमा अज्ञात समूहले चलाएको गोलीबाट घाइते भएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । अस्पतालमा कार्यरत चिकित्सक […]


पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ: पर्यटन व्यवसायी

नगरकोट, असोज २२ गते । चाँगुनारायण नगरपालिकाले नगरकोट प्रवेश गर्ने पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायीले पर्यटकसँग शुल्क नलिइ व्यवसायीसँग लिनुपर्ने बताएका छन् । नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार तयार गरोस् र वार्षिक व्यवसायीसँग कति कर लिने हो त्यो निश्चित गरोस् हामी तिर्न तयार छौँ व्यवसायीको भनाइ छ । सरोकार भएकासँग छलफल […]


राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीबाट गर्न सुझाव

काठमाडौँ, असोज २२ गते । निर्वाचन आयुक्त इला शर्माले संविधानको भावनाअनुसार राष्ट्रियसभालाई समानुपातिक र समावेशी बनाउन एकल संक्रमणीय मत प्रणालीबाट सदस्य चुनिने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा संविधान, ऐन र नियमावलीले गरेको व्यवस्थाबारे निर्वाचन आयोगले राजनीतिक दललाई जानकारी गराउने उद्देश्यले आज आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले निर्वाचनमा समावेशी प्रतिनिधित्वका लागि […]


आकर्षण बन्यो ‘पैँचो पसल’

पाल्पा, असोज २२ गते । स्थानीय उत्पादनलाई बजारमा प्रर्वद्धन गर्ने लक्ष्यका साथ पाल्पामा ‘पैँचो पसल’ सञ्चालनमा ल्याइएको छ । अर्गानिक उत्पादन र अन्य पसलमा भन्दा सस्तोमा पाउन थालेपछि उपभोक्ताको यो पसलप्रति आकर्षण बढेको हो । डेढवर्ष अघि गुल्मीको बलेटक्सारबाट सञ्चालनमा आएको पैँचो पसलले पाल्पाको तानसेनमा शाखा स्थापना गरेपछि स्थानीय उत्पादनले बजार पाउन थालेका छन् । […]


भूकम्पपीडितका पुनःनिर्माणका लागि भू–स्वामित्व भएन

बनेपा, असोज २१ गते । काभ्रेपलाञ्चोकमा गुठी, खाँण, सुकुम्वासीको भूमि सम्बन्धी विभिन्न समस्याले पुनःनिर्माणका लागि भूकम्प पीडित स्थानीयवासीलाई पिरोल्न थालेको छ । खासगरी पुनःनिर्माणको काम सहज र सरल ढंगले नभएपछि वर्षौदेखि जग्गा जोतभोग गरेका उनीहरुले जसोतसो अस्थायी बास जोडेका छन् । केहीले पुनःनिर्माणका लागि पहिलो किस्ता लिएका छन्, भने केहीले दोस्रो र तेस्रो किस्ता नपाएर […]


पर्वतारोहण संघले उठाउँदै आएको १२ वटा पिकको राजश्व अब सरकारले उठाउने

काठमाडौं , असोज २१ गते ।  पर्वतीय पर्यटनको छाता संगठन नेपाल पर्वतारोहण संघ (एनएमए) ले १५ वर्षदेखि उठाउँदै आएको पिकको राजश्व अबदेखि सरकारले नै उठाउने भएको छ । सन् २००२ देखि एनएमएले १५ वटा पिकको पर्मिट (आरोहण अनुमतिपत्र) दिँदै आएको थियो । पछि १२ वटामा सीमित रहेको थियो । बाह्रवटा सरकारले दिएको र १५ वटा […]


उपत्यकाबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, असोज २१ गते । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २३० औँ हप्तामा आज पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा […]


अन्तुमा पर्यटकको चहलपहल बढ्यो

इलाम, असोज २० गते । सूर्योदय दृष्यावलोकनका लागि नेपालकै उत्कृष्ट स्थान मानिएको पूर्वी इलामको अन्तुमा मौसम खुलेसँगै पर्यटक आवागमन शुरु भएको छ । मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम शुरु भएको हो । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै स्थानलाई आँखै अघिनै नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन लेप्चा जातिको लोपोन्मुख […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter