समाचार

रेमिट्यान्स सदुपयोगका लागि विशेष कोष स्थापना गर्ने प्रस्ताव

सीता शर्मा / काठमाडौँ, असोज १७ गते । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारमा गएका नेपाली कामदारले कमाएको विप्रेषण (रेमिट्यान्स) सदुपयोग गर्नेगरी विशेष कोष स्थापना गर्ने प्रस्ताव गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदारहरूले आवश्यकता अनुसार रकम जम्मा गर्न सक्नेगरी विप्रेषण कोषको स्थापना गर्ने प्रस्ताव गरेको हो । मन्त्रालयले अन्तिम रूप दिइसकेको ऐनको मस्यौदामा सरकारले […]


मधेशी जनताको हित र भावनानुसार संविधान संशोधन हुन्छःप्रम

नवलपरासी, असोज १६ गते । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघीय निर्वाचन भएमा संविधानको पूर्ण कार्यान्वयन हुने र लोकतन्त्रले स्थायित्व पाउनुभएकाले यसका लागि सबै एक जुट भई लाग्नुपर्ने बताउनुभएको छ । रुपन्देहीको मझगाँवामा काँग्रेस रुपन्देहीद्वारा आज आयोजित पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उहाँले ठूलो पार्टीले मात्र संविधान संशोधन गर्नसक्ने भएकाले […]


ऐतिहासिक नन्दल ताल अतिक्रमणको चपेटामा

नवलपरासी, असोज १६ गते ।नवलपरासीको एक मात्र ऐतिहासिक नन्दल ताल अतिक्रमणको चपेटामा परेको छ । करिब १६५ बिगाहा क्षेत्रफलमा फैलिएको तालको सम्पूर्ण भाग स्थानीयवासीले अतिक्रमण गरी खेती गरिरहेका छन् भने यसको संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित निकायले कुनै पहल गरिरहेको छैन । हाल तालमा पानी छैन । तालको क्षेत्रफल मानिने अधिकांश जग्गामा स्थानीयवासीले अन्नबाली लगाउने […]


विराटनगर विमानस्थलको मेसिन बिग्रिदा घन्टौंसम्म लाइन बस्न बाध्य

विराटनगर, असोज १५ गते । विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएकोले नबन्दासम्म यात्रुलाई समस्या हुने भएको छ ।विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएर बन्द भएको दुई महिना बिते पनि सुचारु नहुँदा सर्वसाधारण मारमा परेका हुन् ।गत साउनको अन्तिम साता आएको बाढीले बगाएर ल्याएको लेदो विमानस्थलका दुईवटै एक्स–रे मेसिनमा पसेर बिग्रिएपछि अहिलेसम्म […]


भरतपुर महानगरले ३ अर्बको बजेट ल्याउँदै, कात्तिकभित्र नगरसभा

चितवन , असोज १५ गते । चितवनको भरतपुर महानगरपालिकाले ३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजस्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपचारिकरुपमै शुरु सुरु गर्न लागेको हो । बजेटको प्राथमिकता भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बजेटमा सडक सञ्जाल पहिलो […]


सरकार र चिकित्सक संघबीच चार बुँदे सहमति, ८ दिनपछि अस्पताल खुले

काठमाडौं / असोज १३ गते । मुलुकभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्दै आन्दोलनमा रहेका नेपाल चिकित्सक संघ र सरकारबीच चार बुँदे सहमति भएको छ । संयुक्त राष्ट्रको महासभामा सहभागी भएर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएको भोली पल्ट आजै बालुवाटारमा भएको वार्तामा स्वास्थ्य मन्त्रालय र संघबीच चार बुँदे सम्झौता भएको हो । यसअघि भएका पटकपटकका […]


तनहूँस्थित ढोरवाराहीमा रहस्यमय प्राकृतिक ‘लहरी’

पोखरा, असोज १३ गते । मन्दिर छेउमै रहेको कुण्डमा पानी कम थियो । माछामा विचलन आएको जस्तो देखिन्थ्यो, केही समयमा सबै माछा पानी आउने मुहानतिर एकीकृत भएलगत्तै चट्टानको भित्रबाट पानीको ठूलो भल्को आउनासाथ व्यग्र प्रतीक्षामा रहेका पर्यटक एवं भक्तजनमा खुशियाली छायो । सयौँ वर्षदेखि ठूलो पहाडको भित्रबाट पहरो छिचोल्दै प्रत्येक दुई घण्टाको अन्तरालमा आएको पानीको […]


नवलपरासीका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

नवलपरासी, असोज १३ गते । नवलपरासीका विभिन्न धार्मिक शक्तिपीठहरुमा आज नवमीका दिन बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । जिल्लाको विशेषगरी मौलाकालिका, दाउन्ने र पाल्ही भगवती मन्दिरलगायतका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको हो । दशैँ शुरु भएदेखि नै जिल्लाका विभिन्न धार्मिक शक्तिपीठमा पूजाआजा र दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । विशेषगरी यतिबेला ती शक्तिपीठमा नेपालीसहित […]


निर्वाचनलाई पर्वका रुपमा मनाउनुपर्छ– प्रमुख आयुक्त डा यादव

काठमाडौँ, असोज १२ गते ।प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको व्यवस्थापकीय तयारीमा आयोग जुटिसकेको बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा प्रमुख आयुक्त यादवले मंसिरमा हुने निर्वाचनको लागि आवश्यक कानून र ऐन प्राप्तभएपछि अन्य व्यवस्थापकीय तयारीको काम भइरहेको जानकारी दिनुभयो । आगामी निर्वाचनमा सवै […]


गौरीफन्टामा नेपाली ग्राहकको चहलपहल बढ्दो

धनगढी, असोज १२ गते । बडा दशैँको समयमा मालसामान किनमेल गर्ने नेपाली ग्राहकको भारतीय सीमावर्ती बजार गौरीफन्टामा चहलपहल ह्वात्तै बढेको छ । गौरीफन्टामा नेपाली ग्राहकको ओइरो लाग्न थालेपछि धनगढी, अत्तरिया लगायतका नेपाली बजारको कारोबार बढ्न सकेको छैन्, जसकारण यहाँका नेपाली व्यापारी चिन्तित बनेका छन् । नेपाली बजारको तुलनामा गौरी फन्टामा सामान सस्तो पाइने विश्वासमा चाडबाड […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter