समाचार

सैनिक कल्याणकारी कोषको सम्पत्ति रु ३९ अर्ब ५५ करोड

काठमाडौँ, साउन २२ गते । नेपाली सेनाको कल्याणकारी कोषको सम्पत्ति रु ३९ अर्ब ५५ करोड पाँच लाख ७९ हजार पुगेको छ । सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा कोषको यथार्थ सम्पत्तिमध्ये रु चार अर्ब ९८ करोड ४४ रकम लगानीमा रहेको जानकारी दिइयो । विसं २०३२ मा रु एक करोड २४ लाख जोहो गरेर […]


अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण चाँडैः अर्थमन्त्री

काठमाडौँ, साउन २१ गते । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत् आयोजनाको काम सरकारले अघि बढाउने बताउनुभएको छ । नेपाली काँग्रेस, भोजपुर–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले भन्नुभयो – “अरुण तेस्रो आयोजनाको निर्माण कार्य चाडै नै अगाडि बढाउने दिशामा सरकार अग्रसर भएको छ ।” […]


अब मुलुकमा ७७ जिल्ला कायम हुन्छ – कानून मन्त्री

काठमाडौँ, साउन २१ गते । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले तेस्रोचरणको स्थानीय तहको निर्वाचनमा होमिइसकेका मतदातालाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– “प्रदेश नम्बर– २ मा आगामी असोज २ गते हुने स्थानीय तहको मात्र होइन, समग्र निर्वाचनको माहौल बनाउन राष्ट्रिय जनता पार्टीले उठाएका जायज मुद्दालाई भने […]


वार्षिक ३० अर्बको सुन आयात हुन्छ

काठमाडौँ, साउन २१ गते । कुनै पनि वस्तु खरिद गर्दा त्यसको भोलिपल्ट नै ती वस्तुको मूल्य कम हुन्छ । तर बजारमा त्यस्तो वस्तु पनि छ, जसको मूल्य एक दशकपछि बिक्री गर्दा पनि जर्तिको मूल्य बाहेक पूरै रकम पाउँछ । त्यो बस्तु हो– ‘सुनचाँदी’ भविष्यमा गएर पनि सुनचाँदी बिक्री गर्दा आफूले खरिद गरेको मूल्य भन्दा बढी […]


धनगढीका मेयरको अभियान : भोट बराबर बोट

तेजराज भट्ट / धनगढी, साउन २० गते । स्थानीय तहको निर्वाचनमा आफूले पाएको मत बराबर संख्यामा वृक्षारोपण गर्नका लागि धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले ‘भोट बराबर बोट’ अभियान शुरु गरेका छन् ।अभियान अन्तरगत निर्वाचनमा आफूले पाएको १४ हजार ३ सय २४ मत जतिकै संख्यामा उपमहानगर क्षेत्रभित्र वृक्षारोपण गरिने नगर प्रमुख वडले बताए । धनगढी उपमहानगरपालिका–१३, […]


बारामा एक अर्बको चैतेधान उत्पादन

कलैया, साउन २० गते । बारामा आर्थिक वर्ष २०७३÷७४ मा रु एक अर्ब नौ करोड ९४ लाख १३ हजार बराबरको ५२ हजार ३५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत रामदयाल ठाकुरका अनुसार कोल्हनी, नरही, बरियापुर, पकडिया, सिम्रौनगढ, रामपुरा, सपहीका कृषकले नौ हजार ६९५ हेक्टरमा हर्दिनाथ–१, चैते–२, चैते–४, स्थानीय […]


व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न मन्त्री विश्वकर्माको आग्रह

काठमाडौँ, साउन १९ गते । वाणिज्यमन्त्री मीन विश्वकर्माले व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शको टोलीले आज मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री विश्वकर्माले मुलुकको आर्थिक विकासको मेरुदण्ड व्यवसाय भएकाले यसलाई बढावा दिनुपर्ने बताउनुभयो । “व्यवसायीको रक्षा भएमात्र व्यवसायको रक्षा हुन्छ, व्यवसाय राम्रो भए मुलुकको विकास हुन्छ”, उहाँले भन्नुभयो । […]


झापामा नौ सय सहकारी

भद्रपुर, साउन १९ गते । झापामा हाल ८९९ वटा सहकारी रहेका छन् । डिभिजन सहकारी कार्यालय भद्रपुरका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ८७४ वटा सहकारी रहेकामा आव २०७३÷७४ मा ४० वटा सहकारी थपिकमा छन् । दर्ता भएका सहकारीमा विभिन्न कारणले नौवटा खारेजमा परेका छन् । एकीकरणबाट छवटा सहकारी कम भएको डिभिजन सहकारी कार्यालयका प्रमुख दुर्गाप्रसाद […]


बजार मूल्यभन्दा तीन गुणा बढीमा अायल निगमद्वारा जग्गा खरीद

काठमाडौँ, साउन १८ गते । नेपाल आयल निगमले चार जिल्लामा खरिद गरेको जग्गामा व्यापक अनियमितता भएका सम्बन्धमा छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिको आजको बैठकमा उनीहरुले बजार मूल्यभन्दा तीन गुणाभन्दा बढीमा जग्गा खरिद गरिएको व्यहोरा सार्वजनिक भएकाले छानबिन गरी दोषीमाथि कानून बमोजिम कारबाही हुनुपर्नेमा जोड दिएका हुन् […]


बेलहिया नाकाबाट आयात घट्यो

लुम्बिनी, साउन १८ गते । अधिकांश व्यवसायीले निकासी पैठारी संकेत नम्बर एक्जिम कोड प्रमाणपत्र नलिएका कारण बेलहिया नाकाबाट हुने आयात निर्यात घटेको छ । निकासी पैठारी व्यवसायलाई व्यवस्थित गर्न सरकारले साउन १ गतेदेखि एक्जिम कोड अनिवार्य गरेपछि सो प्रमाणपत्र धेरैजसो व्यवसायीले नलिँदा निकासी पैठारी घटेको हो । आर्थिक वर्ष २०७३÷७४ मा लक्ष्यभन्दा रु चार अर्ब […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter