
काठमाडौं, साउन २५ गते । नेपाली प्राध्यापक डा राजिवकुमार झा चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजीवीहरुको संस्था (थिंक ट्याङ्क) को अन्तर्राष्ट्रिय विभागको संयोजकमा नियुक्त हुनुभएको छ । चिनियाँ र अन्तर्राष्ट्रियस्तरका बुद्धिजीवीहरुको संलग्नतामा चीन सरकारद्वारा स्थापित संस्था ‘सान्सी इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट’ को अन्तर्राष्ट्रिय संयोजक तथा अनुसन्धातामा तीन वर्षका लागि प्राडा झा […]

काठमाडौँ, साउन २५ गते । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीका आवरणमा हुने मानव तस्करीलाई राज्य संयन्त्रबाटै सहयोग भइरहेको निष्कर्ष निकालेको छ । खाडी मुलुकको स्थलगत अध्ययनपछि तयार पारिएको अनुगमन प्रतिवेदनमा समितिले राज्य संयन्त्रलाई प्राप्त सूचनासमेत लुकाउने र सेटिङमा काम हुने निष्कर्ष निकालिएको हो । खाडी मुलुकमा अवैध कामदारका रूपमा जाने ६० प्रतिशत […]

रत्ननगर (चितवन), साउन २४ गते । चितवनको रत्ननगरमा बस्दै आएका चेपाङ बालबालिकाका लागि पोर्चुगलका स्वयंसेवकले आफ्नै श्रम र लगानीमा भवन निर्माण गरिदिएका छन् । गामबेँसी चेपाङ संरक्षण केन्द्रमा झण्डै रु पाँच लाखको लगानीमा १५ दिनको अन्तरालमै उनीहरुले भवन निर्माण गरी आज हस्तान्तरण गरेका हुन् । सोन्हार पोर्चुगलका स्वयंसेवी समूहले यसरी भवन निर्माण गरी हस्तान्तरण गरेको […]

काठमाडौँ, साउन २४ गते । खाडीमुलुकमा कति संख्यामा नेपाली कामदार रहेका छन् भन्ने यकिन जानकारी नेपालका कुनै निकायसित छैन । खाडीमुलुकमा अवैध ढंगले पु¥याइका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थल र बाँकी भारत, श्रीलंका, चीन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी मुलुक पुग्ने गर्दछन् । व्यवस्थापिका–संसद्, अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा गठित उपसमितिले खाडीमुलुकको स्थलगत […]

काठमाडौँ, साउन २४ गते । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रअन्तर्गतका आठ वितरण केन्द्रमा मात्रै १७ करोड १९ लाख २२ हजार ५४ युनिट विद्युत् खेर गएको छ । आर्थिक वर्ष २०७३-७४ मा सो वितरण केन्द्रलाई एक अर्ब ११ करोड ७२ लाख तीन हजार ९६ युनिट विद्युत् उपलब्ध गराएको थियो । त्यसमध्ये उक्त परिमाणको विद्युत् खेर […]

काठमाडौँ, साउन २३ गते । सरकारले ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने कार्यलाई तीव्रता दिए पनि लागू हुन सकेको छैन । ट्याक्सीमा यात्रा गर्ने यात्रु नठगिउन् भन्ने उद्देश्यका साथ गुणस्तर तथा नापतौल विभागले २०७३ पुस १७ गतेदेखि ट्याक्सीमा मिटर जडान कार्य गरे पनि यात्रुले यात्राका क्रममा बिल पाएका छैनन् । काठमाडौँ रानीबारीकी संगीता श्रेष्ठ रानीबारीबाट बालुवाटारसम्म […]

काठमाडौँ, साउन २३ गते । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको मिति आगामी भदौ १ गते भित्रै घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोलीले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गरेर उहाँलाई सो सुझाव दिनुभएको हो । भेटमा उहाँहरुबीच आगामी निर्वाचनको मिति तोक्ने विषयमा केन्द्रित रहेर छलफल भएको […]

मकवानपुर, साउन २३ गते । अझै कति समय लाग्छ, तपाईहरु किन सरकारलाई पटक पटक अप्ठ्यारोमा पार्नुहुन्छ ? होइन सर, हामी काम गर्दै छौँ । अबको दुई महिनामा गुणात्मक परिवर्तन देख्न सक्नुहुन्छ । तपाईले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को स्थलगत भ्रमणको क्रममा समेत यही भन्नुभएको थियो ? किन पूरा भएन काम ? परिस्थिति त्यस्तै आइप¥यो हजुर अब […]

काठमाडौँ, साउन २२ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले साउन २६ गतेदेखि ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाञ्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा र गोरखा गरी पहिलो चरणमा आठ जिल्लामा छुट सर्वेक्षण गर्ने भएको छ । आठ जिल्लामा खटिने १६८ इञ्जिनियरका लागि पहिलो चरणको तालिम आजदेखि शुरु गरिएको छ । तालीमको आरम्भ प्राधिकरणका सचिव सर्वजितप्रसाद महतोले गर्नुभयो । छुट सर्वेक्षण […]

काठमाडौँ, साउन २२ गते । राष्ट्रिय मानव अधिकार आयोगले रौतहट जिल्लामा सडकको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको घटनाको अनुसन्धान शुरु गरेको छ । रौतहटको गरुडा नगरपालिका–४, गौर–चन्द्रनिगाहपुर सडकखण्ड छेउको खाल्डोमा डुबी शनिबार चारजना बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा परेको उजुरीमा छानबिन प्रारम्भ गरेको आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले आजै जारी गरेको […]