समाचार

एसिया कपका लागि खेलाडी छनोट

काठमाडौँ, साउन २९ गते । मलेसियामा हुने एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ का प्रशिक्षक विनोद दासले आज २८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको छनोट गर्नुभएको हो । छनोट हुने खेलाडीमा अनिलकुमार साह, किशोर महतो, सन्दिप लामिछाने, ललित […]


‘बेनी भ्रमण वर्ष २०७५’ को तयारी

म्याग्दी, साउन २८ गते । पर्यटकीय सम्भावनाले युक्त म्याग्दीलाई राष्ट्रिय, अन्तरराष्ट्रिय रुपमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा भित्र्याउने उद्देश्यले २०७५ साललाई ‘बेनी भ्रमण वर्ष २०७५’ का रुपमा मनाउने तयारी शुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघका महासचिव एवं परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको अगुवाइमा जिल्लाका युवाले सरोकार भएका संघसंस्थासँग […]


गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाइने

काठमाडौँ, साउन २८ गते । प्रदेश नं ७ लाई भारतसँग जोड्ने प्रमुख व्यापारिक नाका धनगढी उपमहानगरपालिकास्थित गौरीफण्टालाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल शुरु भएको छ । प्रदेश नं ७ का स्थानीय जनप्रतिनिधि तथा उद्योगी व्यवसायीको संयुक्त प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै निवास बालुवाटारमा भेटेर त्यसका लागि पहल शुरु गरेको हो । प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै […]


महासङ्घको महाधिवेशनको तयारी पूरा

काठमाडौँ, साउन २८ गते । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनको तयारी पूरा भएको छ । आगामी भदौ ४ र ५ गते ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको तयारी पूरा भएको महासङ्घका महासचिव उजिर मगरले जानकारी गराउनुभयो । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२, महासचिव, सचिव–६ र […]


उपत्यकामा दिउँसो मालबाहक ट्रक चलाउन नपाइने

काठमाडौँ, साउन २७ गते । आगामी भदौ १ गतेदेखि काठमाडौँ उपत्यकाको चक्रपथमा मालबाहक सवारीसाधन चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखा मालबाहक सवारीसाधनलाई बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालनमा रोक लगाउने अन्तिम तयारीमा जुटेको छ । सहज ट्राफिक व्यवस्थापन, सहज आवागमन र सडक दुर्घटनामा न्यूनीकरण गर्न रोक लगाउनुपरेको विभागले […]


म्याग्देली चार खेलाडीलाई बंगलादेशमा स्वर्णपदक

म्याग्दी, साउन २७ गते । म्याग्दीका चार कराँते खेलाडी बंगलादेशमा च्याम्पियन बन्दै कराँतेमा स्वर्ण पदक जितेका छन् । सार्क राष्ट्र बंगलादेशमा आयोजित तथा हिजो सम्पन्न कराँते प्रतियोगितामा भाग लिन नेपालको तर्फबाट बंगलादेश पुगेका चन्द्र बुढा, गौरव घर्ती मगर, प्रज्वल शेरचन र मार्सल गर्बुजाले नियमित प्रशिक्षण, घरेलु मैदान, अनुभवी खेलाडीलाई पछाडि पार्दै स्वर्णपदक जितेका हुन् । […]


चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश

काठमाडौं, साउन २७ गते । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शुक्रबार यस्तो निर्णय सुनाएको हो । न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसेसहितको बृहत पूर्ण इजलासले यस्तो आदेश दिएको हो । अदालतको निर्णयमा भनिएको छ […]


फिफा वरियतामा नेपालको एक स्थान सुधार

काठमाडौँ, साउन २६ गते । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । अहिले १६९ स्थानमा उक्लिएको नेपाल यसअघि १७० औँ स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रमा नेपाल भारत, माल्दिभ्स र भुटानभन्दा पछाडि छ । एक स्थान तल झरेको भारत दक्षिण एसियामा शीर्ष स्थानमा छ । भारत […]


कृषियोग्य जग्गा खण्डीकरण गरी बिक्री नगर्न निर्देशन

काठमाडौँ, साउन २६ गते । सरकारले जग्गा चक्लाबन्दी गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले सम्बन्धित निकायबाट अनुमति लिई वा नलिई कृषियोग्य जग्गा कुनै प्रकारले खण्डीकरण (कित्ताकाट) गरी घडेरीका रूपमा बिक्री÷वितरण नगर्न निर्देशन जारी गरेको छ । भूमिसूधार तथा व्यवस्था मन्त्रालयले यहाँ आज पत्रकार सम्मेलन गरी खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्नका लागि […]


डा केसीको माग तत्काल सम्बोधन गर्न समाजको आग्रह

काठमाडौँ, साउन २६ गते । मानव अधिकार तथा शान्ति समाजले डा गोविन्द केसीको मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । समाजले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापालाई भेटेर डा केसीले राखेका मागलाई तत्काल सम्बोधन गरेर आमरण अनशन अन्त्य गर्ने दिशामा सरकारलाई कदम चाल्न आग्रह गरेको हो । समाजका अध्यक्ष कृष्ण पहाडीले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter