समाचार

भृकुटीमण्डपमा बैंकिङ एक्स्पो

काठमाडौँ, वैशाख १२ गते । नेपाल राष्ट्र बैंक, बैंकर्स सङ्घ, डेभलपमेन्ट बैँकर्स एसोसिएसन, माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसिएसनलगायत संस्थाको सहकार्यमा यही वैशाख १५ गतेदेखि भृकुटीमण्डपमा बैंकिङ एक्सपो हुनेभएको छ । नेपाल राष्ट्र बैंकका उपनिर्देशक विभुप्रसाद अर्यालले पहिलो पटक बैंकिङ एक्स्पो हुन लागेकाले सबै बैंकका बारेमा एउटै ठाउँमा अध्ययन गर्न सकिने, बैंक सम्बन्धी सूचना जनसमक्ष ल्याउन […]


किसान प्राङ्गारिक खेतीतिर आकर्षित

बर्दिवास, वैशाख १० गते । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका किसान प्राङ्गारिक खेतीतिर आकर्षित भएका छन् । सघन तरकारी खेती गरिने जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिवास र गौशाला नगरपालिका तथा भङ्गाहा, मटिहानी र पिपरा गाउँपालिका बस्तीका किसान विषादी र रासायनिक मलको प्रयोगबिना नै गरिने प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका हुन् । तरकारी, तेलहन, दलहन र उखुलगायतका नगदेबालीका लागि […]


‘हाइड्रो भिलेज’ नारच्याङमा १० जलविद्युत् आयोजना

म्याग्दी, वैशाख १० गते । कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना भित्रिएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने नारच्याङ दर्जनौँ हिमशृङ्खला, मगर समुदायको कला र संस्कृति, नारच्याङ छहरासँगै अन्नपूर्ण प्रथमको आधार शिविर रहेका कारण पर्यटकीय गाविसका रुपमा चिनिँदै आएको यो गाउँमा अब जलविद्युत् आयोजना भित्रिएसँगै ‘हाइड्रो […]


लोप भैसकेको पदमार्ग ‘सराङकोट–नौडाँडा’ पुनः सञ्चालन हुने

वासुदेव पौडेल / पोखरा, वैशाख १० गते । पर्यटकीय नगरी पोखरासँग प्रत्यक्ष सरोकार राख्ने पदमार्गमध्येको ‘सराङकोट–नौडाँडा’ पदमार्ग पुनःसञ्चालनमा आउने भएको छ । पोखरा आउने पर्यटक जाने गरेको सराङकोट– कास्कीकोट–तोरीपानी–नौडाँडा पदमार्ग बाटो विस्तारसँगै हराउने अवस्थामा पुगेकोमा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले पर्यटन सम्बद्ध संस्थासँगको सहकार्यमा उक्त पदमार्गलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरेको हो । सराङकोट डाँडाको […]


स्वास्थ्य कर कोषको रकम पाउन संस्थाको निवेदन

काठमाडौँ, वैशाख १० गते । स्वास्थ्य कर कोषबाट धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगबाट उत्पन्न हुने रोग नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि अनुदान माग गर्दै दुई सय ७३ गैरसरकारी अस्पताल र संस्थाले स्वास्थ्य मन्त्रालयमा निवदेन दर्ता गराएका छन् । मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालयले गत फागुन ६ गते कर कोष रु चार करोड रकमका […]


नक्सा विपरीत निर्माण रोक्न हरेक घरमा इन्जिनियर

काठमाडौँ, वैशाख ९ गते । नक्सा विपरीत हुने निर्माण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले नयाँ बन्न सुरु गरेका सबै घरमा नियमित निगरानी राख्न थालेको छ । भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्सानुरुप निर्माण नगर्ने पाएपछि महानगरले आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन थालेको कापमाका इ राम थापाले जानकारी दिनुभयो । अहिले […]


जनताले चाहे खोसिएको राजसंस्था र हिन्दुराष्ट्र फर्काउन सम्भव छ : उपप्रधानमन्त्री थापा

काठमाडौँ, वैशाख ९ गते । उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा निर्वाचन गराउन सकिने दाबी गरेका छन् । मोर्चा सहमतिमा आए केही जिल्लामा दुई चरणमा निर्वाचन गर्न सकिने तर जेठ भन्दा पर धकेल्न नहुने बताए । संविधान जारी गर्दा राप्रपाको असन्तुष्टि बाबजुद पनि बहुमतको कदर कदर गरेको […]


मधेस केन्द्रित दल निर्वाचनमा आउँछन् : परराष्ट्रमन्त्री

चितवन, वैशाख ९ गते । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वैशाख ३१ गते हुने स्थानीय निकायको तहको निर्वाचनमा मधेस केन्द्रित दलले पनि सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारले मधेस केन्द्रित दलसँगको छलफललाई तीव्र रुपमा अघि बढाएको बताउँदै वैशाख ३१ गतेको निर्वाचनमा ती दल सहभागी हुने र एकै चरणमा […]


जग्गा नभएका भूकम्पपीडितले दुई लाख पाउने

काठमाडौँ, वैशाख ८ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा लाभग्राही सूचीमा परेका तर आफ्नो जग्गा नभई सार्वजनिक जग्गामा बसेका भूकम्पपीडितलाई घडेरी खरिद गर्न अनुदानस्वरुप रु दुई लाख दिन प्रस्ताव गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलको संयोजकत्वमा आज बसेको कार्यकारी समितिको बैठकले लाभग्राही सूचीमा परेका त्यस्ता पीडितलाई अनुदानस्वरुप रु दुई […]


पशुपतिस्थित वृद्धाश्रम गोठाटारमा स्थानान्तरण गरिँदै

सरोज आचार्य / काठमाडौँ, वैशाख ८ गते । पशुपतिस्थित वृद्धाश्रम गोठाटारमा स्थानान्तरण गरिँदैछ । संस्कृति मन्त्रालयले वृद्धाश्रम भवनको नक्सा तयार गरेको छ । पशुपति क्षेत्र विकास कोषले उपलव्ध गराएको गोठाटारको दश रोपनी जग्गामा वृद्धाश्रम भवन बन्नेछ । हाल पशुपति स्थित पञ्चदेवलमा रहेको वृद्धाश्रममा १९० ज्येष्ठ नागरिक आश्रित छन् । गोठाटारमा पाँचसय वृद्धवृद्धालाई राख्न सकिने क्षमताका […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter