
रमेश गिरी / भक्तपुर, १० चैत । हरेक वर्ष वैशाख २ गते बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको छ । मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको हो । विगत आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाइ बाग श्रेष्ठले आज पत्रकार सम्मेलनको […]

काठमाडौँ, १० चैत । चीन सरकारले नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापनका लागि आवश्यक तालिम तथा उपकरणजस्ता सामग्री जुटाउन सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ । रक्षामन्त्री बालकृष्ण खाँण र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच रक्षा मन्त्रालय सिंहदरबारमा भएको भेटवार्तामा चिनियाँ पक्षले उक्त प्रतिबद्धता जनाएको हो । रक्षामन्त्री खाँणको निमन्त्रणामा चाङको नेतृत्वको […]

काठमाडौँ, ९ चैत । उच्च अदालत ललितपुरले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा निर्वाचन अधिकृतका लागि निजामतीका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारी खटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीश बलभद्र बास्तोलाको एकल इजलासले निजामती सेवाका अधिकृतस्तरका कर्मचारी खटाउने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आयोगलाई आज अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता नारायण पन्थीले […]

भीष्मराज ओझा / काठमाडौँ, ९ चैत । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री मतदान अधिकृतलाई मतदान केन्द्रमा खटाएसँगै पठाउने प्रबन्ध मिलाएको छ । आयोगले यस निर्वाचनमा कुल ६७ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्ने सूची बनाएको छ । त्यसमध्ये नेपालमा उपलब्ध हुने र मुलुक बाहिरबाट आयात गर्नुपर्ने गरी दुई प्रकारका सामग्रीको […]

काठमाडौँ, ९ चैत । ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको सामाजिक–आर्थिक विकासको बाहक ऊर्जा क्षेत्र नै भएकाले त्यसैको विकासका लागि वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ । अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा विकासोन्मुख साना टापु राज्यका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय, नेपाल सरकार र यहाँस्थित राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले आज यहाँ आयोजना गरेको एसिया प्रशान्त क्षेत्रका अल्पविकसित […]

काठमाडौँ, ९ चैत । भूकम्प प्रभावित १७ जिल्लाको तथ्याङ्क सङ्कलन अन्तिम चरणमा पुगेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । तनहुँ र सोलुखुम्बुमा तथ्याङ्क सङ्कलन केही बाँकी रहेको भए पनि १५ जिल्लाको काम सकिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो । “तनहुँको काम एक हप्तामा सकिन्छ, सोलुखुम्बुमा साविकका तीन गाविस नाम्चे, खुम्जुङ र चौँरीखर्कमा हिउँ परिरहेकाले […]

कालिका खड्का / काठमाडौँ, ८ चैत । सर्वोच्च अदालतले नेपाल प्रहरीका बहालवाला प्रहरी नायब महानिरीक्षकमध्ये योग्यतम् तथा चार वर्षको कार्यसम्पादन मूल्याङ्कनमा प्रतिस्पर्धीमध्ये उच्चतम् अङ्क प्राप्त गर्नेलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको छ । गत फागुन १ गते मन्त्रिपरिषद्ले प्रहरीनायब महानिरीक्षक जयबहादुर चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णयलाई उत्प्रेषणको आदेशले आज बदर गरी कार्यसम्पादनका आधारमा उच्चतम […]

काठमाडौँ, ८ चैत । स्विस विकास सहायताका प्रवर्तक टोनी हागनले लेख्नुभएको ‘विकेन्द्रीकरण र विकास’ नामक पुस्तक आज यहाँ सार्वजनिक भएको छ । विकास अभ्यासकर्ताका रुपमा उहाँले नेपाल र अन्य मुलुकमा रहेर काम गर्दाको अनुभव समेटिएको पुस्तक नेपालका लागि स्विट्जरल्यान्डका राजदूत जोर्ज फ्राइडेनले आज यहाँ आयोजित एक कायक्रममा सार्वजनिक गर्नुभयो । सो क्रममा राजदूत जोर्जले विकास […]

काठमाडौँ, ८ चैत । ‘क्लोन मेगनाटिक कार्ड’ प्रयोग गरी अर्काको बैंक खातामा रहेको रकम निकाल्ने गिरोहका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ, बूढानीलकण्ठ बस्ने दोलखा भीमेश्वर नगरपालिकाका सुरेश केसी, बानेश्वर बस्ने भारत लखनऊका सूचनाप्रविधि इन्जिनियर अभिषेक पाण्डे, क्षेत्रपाटी बस्ने भारत नयाँदिल्लीका नदिम खान, ललितपुर उपमहानगरपालिका कुसुन्तीका केवलप्रताप जबरा, ललितपुर मङ्गलबजार बस्ने […]

काठमाडौँ, ८ चैत । नर्वेका विदेशराज्यमन्त्री टोन स्कोगेन नेपालको तीनदिने औपचारिक भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ । नेपालका लागि नर्वेका राजदूत चेल तोरमोड पिटर्सेन तथा परराष्ट्र मन्त्रालयका अधिकारीले उहाँलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । उहाँको सम्मानमा आज साँझ राजदूत पिटर्सेनले स्वागत समारोहको आयोजना गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राज्यमन्त्री स्कोगेनले शिष्टाचार भेट […]