
काठमाडौँ, १ चैत । जनसङ्ख्या तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड)को संयुक्त सञ्चालनमा स्थानीय रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना भएको छ । धुलोका कण तथा ग्यास, डिजेल, पेट्रोल, दाउरा, गुइँठा बाल्दा आउने धुवाँको मात्र के कति छ भन्नेबारे सजिलै थाहा पाउन उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्रको उद्घाटन गर्दै […]

काठमाडौँ १ चैत । निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि करिब दुई लाख कर्मचारी आवश्यक पर्ने भएको छ । निर्वाचन गराउनका लागि करिब दुई लाख १८ हजार कर्मचारी आवश्यक पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराउनुभयो । “अहिले हामीले जिल्ला निर्वाचन कार्यालयलाई उपयुक्त मतदान केन्द्र तोक्न भनेका छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले निर्वाचन गराउन आवश्यक […]

काठमाडौँ, १ चैत । सरकारले धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था आजदेखि लागू गरेको छ । मन्त्रिपरिषद्को माघ ६ को बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले पेस गरेकोे प्रस्ताव स्वीकृत गर्दै सो निर्णय गरेको थियो । […]
कञ्चनपुर, २९ फागुन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्र्षीय पिता खेमलाल गौतमले दागबत्ती दिनुभयो । गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए […]

बुटवल, २९ फागुन । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव देश र जनताकाविरुद्धमा रहेकाले एमालेले कुनै हालतमा पनि पारित हुन नदिने बताउनुभएको छ । नेकपा (एमाले) द्वारा गत फागुन २१ गतेदेखि सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानको सभालाई आज भैरहवामा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सर्वोच्च अदालतले पनि असंवैधानिक भनेको अवस्थामा नेपाललाई […]

काठमाडौँ, २९ फागुन । होली पर्वका बेला काठमाडौँ उपत्यकामा सवारी दुर्घटना हुन नदिने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहानैदेखि सञ्चालन गरेको दुर्घटनारहित होली अभियान प्रभावकारी भएको छ । अपराह्न ४ बजेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका कुनै सडकमा गम्भीर दुर्घटना भएको छैन भने नाका–नाकामा गरिएको सुरक्षा जाँचले सबै किसिमका सवारी साधनका चालकलाई सचेत गराएको छ […]

त्रिशूली, २९ फागुन । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रममार्फत नुवाकोटको २० हजार घुरधुरीलाई सोलार बत्ती वितरण गरिएको छ । साविकको जिल्ला विकास समिति र रेडक्रस नुवाकोट शाखासँगको साझेदारीमा जिल्लाको २६ गाविसका भूकम्प प्रभावित लाभग्राही सूचीमा समावेश भएका घरपरिवारलाई २० हजार २४६ घरलाई सोलार बत्ती वितरण गरिएको जिल्ला समन्वय समिति नुवाकोटका […]

काठमाडौँ, २८ फागुन । सरकारले वाग्मती सफाइ महाअभियानको २००औँ हप्ता पारेर राष्ट्रिय सरसफाइ अभियानसम्बन्धी १० बुँदे घोषणापत्र आज जारी गरेको छ । सरकारका मुख्यसचिव डा सोमलाल सुवेदी जारी गर्नुभएको उक्त घोषणपत्र आगामी नयाँ वर्षदेखि प्रारम्भदेखि नै लागू गरी अभियानका रुपमा सञ्चालन गर्नुपर्ने उल्लेख छ । घोषणापत्रमा देशभारिका सबै कार्यालय सङ्घ, संस्था र निकायले प्रत्येक महिनाको […]

चितवन, २८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताउनुभएको छ । पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने पनि उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो–“अब यस्तो हुँदैन भनेर भारतलाई माफी […]

काठमाडौँ, २८ फागुन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा केन्याले नेपाललाई पाँच विकेटले पराजित गरेको छ । वर्षाका कारण पटक पटक अवरुद्ध भएको खेलमा केन्याले अन्तिम समयमा डकवर्थ लुइस मेथडअनुसार २६ ओभरमा ९४ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य केन्याले ११ बल बाँकी छँदै ५ विकेट गुमाउँदै पूरा ग¥यो । वर्षाका कारण ३८ […]