समाचार

स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र; निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

काठमाडौँ, ४ चैत । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र हुने तय गरेको छ । पचहत्तरै जिल्लामा फरक फरक सङ्ख्यामा दलले निर्वाचनमा भाग लिने भएपछि सानाठूला गरी विभिन्न छ आकारका मतपत्र बनाउने तयारी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । स्थानीय तहका निर्वाचनका लागि सबैभन्दा बढी काठमाडौँमा ४७ र सबैभन्दा कम […]


सम्पदाको थप क्षति हुन नदिइने

काठमाडौँ, ४ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक सम्पदा र पुराना दरबारको पुनःनिर्माण, पुनःस्थापना नहँुदासम्मका लागि थप क्षति हुन नदिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्ने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलको संयोजकत्वमा यहाँ आज बसेको कार्यकारी समितिको बैठकले उक्त आग्रह गर्ने भएको हो । पुरातात्विक […]


उपप्रधानमन्त्री निधि र भारतीय विदशेमन्त्री स्वराजबीच भेटघाट

काठमाडौँ, ३ चैत । भारत भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आज भेटवार्ता भएको छ । स्वास्थ्य समस्याका कारण केही समय आराम गर्नुभएकी विदेशमन्त्री स्वराजले गृहमन्त्री निधिसँग गरेको यो नै पहिलो उच्चस्तरीय भेटघाट हो । दुई देशका प्रतिनिधिहरुको भेटघाटअघि गृहमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच करिब १५ मिनेट छुट्टै […]


न्यून ब्याजमा महिला उद्यमीलाई ऋण उपलब्ध गराउनुपर्ने

काठमाडौँ, ३ चैत । सांसदहरुले साना व्यवसाय सञ्चालन गर्न ग्रामीण क्षेत्रका महिलालाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गारउनुपर्नेमा जोड दिएका छन् । व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गत गठित महिला उद्यमशीलता विकास उपसमितिद्वारा आज आयोजित ‘महिला उद्यमशीलता विकासमा लघुवित्तको भूमिका, देखिएका समस्या र समाधानका उपाय’ विषयक छलफलमा सांसद तथा उपसमितिका सदस्यले उद्यम सञ्चालन गर्न […]


सिंहदरबारबाट निस्कने दिसापिसाब सिंहदरबारमै व्यवस्थापन हुँदै

काठमाडौँ, ३ चैत । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुनेभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले पहिलो पटक खेर जाने झोलजन्य पदार्थ (दिसापिसाब) र हात धँुदा प्रयोग भएका पानीको पुनः प्रयोग गर्न ओम्नी प्रोसेसर उपकरण जडान गर्ने अति महत्वकाङ्क्षी प्रस्ताव अगाडि सारेको छ । हाल सिंहदरभित्रबाट दैनिक कति खेराजाने झोलजन्य […]


लघुवित्त अनुशासित भएर वित्तीय सशक्तीकरणमा लाग्नुपर्ने

काठमाडौँ, २ चैत । ग्रामीण अर्थतन्त्रलाई व्यावसायिकरण गर्दै विद्यमान गरिबी घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको लघुवित्त क्षेत्रलाई अनुशासित भएर वित्तीय सशक्तीकरणमा लाग्नुपर्नेमा जोड दिइएको छ । लघुवित्त संस्थाको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटनका वक्ताले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने र वित्तीय साक्षरता पु¥याउनुपर्नेमा जोड दिँदै लघुवित्त क्षेत्रले मूल्यमान्यतालाई भूल्न नहुने विचार व्यक्त गरेका हुन् […]


उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान

काठमाडौँ २ चैत । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गर्ने कामलाई तीव्रता दिएको छ । विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य सुरु गरेको हो । विभागले हालसम्म काठमाडौँ उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकेको विभागका […]


स्थानीय तह निर्वाचनका लागि करिब २१ हजार मतदान केन्द्र; महान्यायाधिवक्तासँग आयोगको छलफल

काठमाडौँ, २ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुनगइरहेको स्थानीय तहको निर्वाचन गराउन करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन गराउनका लागि अहिले मतदान केन्द्र छनोट कार्य भइरहेकाले करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी भएको बताउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, […]


जलवायु परिवर्तनका कारण पानी सङ्कटमा

रमेश लम्साल / काठमाडौँ, २ चैत । सरकारले ‘फोहर पानीको पुनःप्रयोग गरौँ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि ‘नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह– २०७३ मनाउने भएको छ । संयुक्त राष्ट्र सङ्घको कार्यक्रमअनुसार यही चैत ४ देखि १० गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको जल तथा ऊर्जा आयोगका सचिव मधुसूदन अधिकारीले जानकारी दिनुभयो । विश्वभर नै […]


वर्षाअघि पाइप बिच्छ्याउने र कालोपत्र गर्ने काम सकिन्छ – आयोजना

काठमाडौँ, १ चैत । व्यवस्थापिका–संसद्को वातावरण समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यबाठ सिर्जित वातावरणीय प्रदूषण तथा धुलोधुवाँ रोक्न तत्काल पानी र अलकत्रा छर्कन निर्देशन दिएको छ । समितिको आजको बैठकले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउन खनिएका सडकका कारण उब्जिएको धुवाँ र धुलोका कारण वातावरण र मानव स्वास्थ्यमा परेको असरलाई ध्यान दिँदै आयोजनाको निर्माण छिटो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter