समाचार

प्रदूषण नियन्त्रणका लागि प्रभावकारी संयन्त्र बनाइनुपर्ने

काठमाडौँ, ७ चैत । नियामक निकायको प्रभावकारी अनुगमन नहुँदा काठमाडौँ उपत्यकाभित्र प्रदूषणको प्रकोप बढेको सांसदहरुले औँल्याउनुभएको छ । व्यवस्थापिका–संसद्, वातावरण संरक्षण समितिको आजको बैठकमा उहाँहरुले प्रदूषण नियन्त्रणका लागि प्रभावकारी संयन्त्र बनाइनुपर्ने सुझाव दिनुभयो । उहाँहरुले सरोकार भएका निकायबीच समन्वय अभावले वातावरणीय प्रदूषण नियन्त्रण र अनुगमन हुन नसकेको जनाउँदै उपत्यकामा प्रदूषण नियन्त्रणका लागि नयाँ नीति ल्याइनुपर्नेमा […]


पाँच लाखभन्दा बढी घरधुरीले पहिलो किस्ता पाए

काठमाडौँ, ७ चैत । भूकम्पको दुई वर्ष बित्न लाग्दासमेत अतिप्रभावित १४ जिल्लाका केही पीडितले अनुदान सम्झौता गर्न पाएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यामलाल भुसालले दिनुभएको जानकारीअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा सम्पर्कमा नआएका, बस्ती जोखिममा परेका र जग्गाको स्वामित्व नभएका लाभग्राहीसँग मात्र अनुदान सम्झौता गर्न बाँकी छ । चैत ६ गतेसम्म अतिप्रभावित सिन्धुपाल्चोकका ७४ […]


प्रधानमन्त्री दाहालद्वारा बहुराष्ट्रिय सेनालाई सम्वोधन

काभ्रेपलाञ्चोक, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति स्थापना कार्यमा नेपाली सेनाले बहुराष्ट्रिय सेनासँग समदूरीमा रही काम गरेको स्मरण गर्नुभएको छ । प्रधानमन्त्री दाहालले उक्त कुरा नेपाल, इन्डोनेसिया, किर्गिज्स्तान, मलेसिया, फिलिपिन्स, बङ्गलादेश, अमेरिकालगायत देशबाट विभिन्न प्रकृतिका शान्ति स्थापनासम्बन्धि तालिममा सहभागी २८ मुलकका बहुराष्ट्रिय सेनालाई आज पाँचखालमा सम्बोधन गर्दा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले शान्ति […]


तेह्र बुँदे घोषणापत्र जारी गर्दै दोस्रो नदी शिखर सम्मेलन सम्पन्न

काठमाडौँ, ६ चैत । नेपालका सम्पूर्ण नदीको दिगो व्यवस्थापन तथा उपयोगका लागि राष्ट्रिय नदी नीति बनाई कार्यान्वयन गर्नुपर्ने र अधिकार सम्पन्न राष्ट्रिय नदी आयोग गठन गर्नुपर्ने लगायत १३ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो नदी शिखर सम्मेलन आज सम्पन्न भएको छ । गोरखाको छेवेटारमा सम्पन्न सो सम्मेलनले एकीकृत जलाधार व्यवस्थापन पद्धतिको विकास गर्नुपर्ने, सबैखाले नदीहरुको वैज्ञानिक […]


सङ्घीयता कार्यान्वयनलाई प्राथमिकता दिन प्रमको निर्देशन

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान बमोजिम आवश्यक पर्ने सम्पूर्ण सङ्घीय कानुन निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले स्थानीय तहमा कुनै विभेद विना मापदण्ड बनाएर कर्मचारी खटाउन निर्देशन दिँदै कार्यक्षेत्रमा जान नमान्ने कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिनुपर्ने बताउनुभयो । “सङ्घीयता कार्यान्वयनमा उदार नहुनुस्, अहिलेसम्म भएका कानुन निर्माणसम्बन्धी काम सकारात्मक […]


गैरआवासीय नेपाली नेपालको पुँजी : परराष्ट्रमन्त्री महत

काठमाडौँ, ६ चैत । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो पुँजी हुन् भन्नुभएको छ । मलेसियाको राजधानी क्लालालम्पुरमा आयोजित गैरआवासीय सङ्घ नेपालको एसिया प्रशान्त क्षेत्रको पाँचौँ बैठकलाई आज सम्बोधन गर्दै मन्त्री डा महतले भन्नुभयो, “गैरआवासीय नेपालीले विश्वका विभिन्न देशमा रहेर आर्जन गरेको सीप, प्रविधि र पुँजी नेपालको विकास र […]


जनताको विश्वास जितेर पार्टीका सिद्धान्त स्थापना गरिने अध्यक्षः थापा

काठमाडौँ, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह् गाईलाई नै स्थापित गराएको छ । सो पार्टीभत्र लामो समयदेखि चुनाव चिन्ह् गाई कि हलो भन्ने विवाद घनिभूत रुपमा चल्दै आएको थियो । यहाँ आज आयोजित चुनाव चिन्ह् सार्वजनिकरण समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दू राष्ट्रको सिद्धान्त र गाईसँगको भावनात्मक सम्बन्धका कारण सो […]


आयोगको टोलीद्वारा नमुना मतपत्र छपाइको अवलोकन

काठमाडौँ, ५ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित आयुक्तहरुको टोलीले स्थानीय तहको निर्वाचनका लागि तयार गरिएको नमुना मतपत्रको छपाइसम्बन्धी कार्यको आज जानकारी लियो । आयोगको टोली आज दिउँसो जनक शिक्षा सामग्री लिमिटेड पुगेर नमुना मतपत्र छपाइबारे जानकारी लिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते हुँदैछ । […]


जीवित कुमारीको बृहत् पूजा सम्पन्न

त्रिशूली, ५ चैत । मुलुकभर रहेका जिवित कुमारीको बृहत् पूजा कार्यक्रमअन्तर्गत नुवाकोटको भैरवीदेवी मन्दिरमा रहनुभएका नुवाकोट कुमारी ९दिनिशा डँगोल०को पूजा गरिएको छ । जिवित कुमारीको दोस्रो बृहत् पूजा कार्यक्रमअन्तर्गत उपत्यकाबाहिर रहनुभएका एकमात्र नुवाकोट कुमारीको ह्युमत मिसा पुचः काठमाडौँबाट आएका भक्तजनले कुमारीको पूजा गरेका हुन् । पाँच महिना हुँदा कुमारी हुनुभएका चार वर्षीया नुवाकोट कुमारीको पूजाले […]


कर्मचारीको लगानीमा जलविद्युत् आयोजना अगाडि बढाइने; विद्युत्भार कटौती अन्त्य

काठमाडौँ, ४ चैत । ऊर्जामन्त्री जनार्दन शर्माले राष्ट्रसेवक कर्मचारीलाई समेत जलविद्युत् आयोजनामा लगानीका लागि प्रोत्साहित गरिने बताउनुभएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको आज ललितपुरमा उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले मुलुकको कर्मचारी प्रशासनमा रहेको सीप, ज्ञान, योग्यता तथा क्षमता र पूँजीलाई जलविद्युत् आयोजना निर्माणमा लगाउने योजनामा सरकार रहेको बताउनुभयो । पश्चिम कर्णाली परियोजना अगाडि […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter