समाचार

नेपालले एसिया कप खेल्ने

काठमाडौँ, २९ असोज । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिया कपका लागि छनोट भएको छ । आइसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत आजको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई सात विकेटले पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम एसिया कप खेल्न छनोट भएको हो । नेपाल कुल छ खेलमध्ये तीनवटामा जित निकाल्दै ६ अङ्कसहित प्रतियोगिताको उप–विजेता बनेपछि एसिया […]


दसैँमा रु एक अर्ब विप्रेषण भित्रियो

म्याग्दी / २८ असोज । म्याग्दीमा पछिल्लो एक महिनाको अवधिमा करिब रु एक अर्ब विप्रेषण भित्रिएको छ । दसैँ, तिहारजस्ता चाडपर्वमा घरखर्चका लागि विदेशमा रहेका म्याग्दीवासीले सो मात्रामा विप्रेषण पठाएका हुन् । जिल्लामा रहेका १४ वटा बैंकका २० वटा शाखा र त्योभन्दा दोब्बर सङ्ख्यामा रहेका रेमिट कम्पनीका प्रतिनिधिले असोजमा अन्य महिनाको तुलनामा दोब्बर बढी विप्रेषण […]


शिक्षण अस्पताल र गुरुकुलका लागि महायज्ञ

पाल्पा / २८ असोज । पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल कालीगण्डकी नदीको उत्तरवाहिनी क्षेत्र महालिङ्गधाम मालुङ्गा, हुँगीमा नेपाल महिमा एवम् श्री कालीगण्डकी ज्ञानविज्ञान गीता महायज्ञ बिहीबारदेखि सुरु भएको छ । प्राकृतिक अस्पताल र आधुनिक गुरुकुल निर्माण गर्ने उद्देश्यका साथ महायज्ञ सुरु गरिएको हो । महायज्ञमा पवित्र कालीगण्डकीको एक हजार आठ शालिग्राम प्रदर्शन गरिएको छ भने […]


ब्रिक्स सम्मेलनलाई अवसरका रुपमा लिनुपर्ने

काठमाडौँ, २७ असोज । भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा भाग लिन जाँदा प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपतिसँगको भेटमा अघिल्लो सरकारले चीनसँग गरेका विभिन्न सन्धिसम्झौता छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने सुझाव दिइएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगन हुनाले नेपाल सरकार असफल भएको विचार […]


दसैँ बिदा मनाउने आन्तरिक पर्यटकले होटल भरिभराउ

मुस्ताङ, २७ असोज । दसैँ बिदा मनाउन आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा आउन थालेपछि यहाँका होटल खचाखच भरिएका छन् । दशमीको भोलिपल्टदेखि नै मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल बढेको हो । माटोको सहरका रुपमा परिचित लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोरकुण्ड र फरक भू–बनोटका कारण दसैँ र तिहारको बिदा मनाउन यो मौसममा हजारौँ आन्तरिक पर्यटक यहाँ […]


कन्यालाई दक्षिणाका रुपमा कापी र कलम

नवलपरासी, २५ असोज । कन्यालाई दक्षिणास्वरुप कापी कलम दिएर नवलपरासीमा नयाँ कामको थालनी गरिएको छ । बडादसैँको अवसरमा स्थानीय धार्मिक तथा ऐतिहासिक शक्तिपीठ पाल्ही भगवती मन्दिरमा पूजाअर्चनापछि कन्यालाई नगदको सट्टा कापी कलम दिइएको हो । मन्दिरका मुख्य पुजारी एवम् पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सोमबार नवमीको अवसरमा स्थानीय गरिब विपन्न समुुदायका बालिका (कन्या)लाई दक्षिणास्वरुप कापी कलम […]


टीकाको उत्तम साइत बिहान ८:४५ बजे

काठमाडौँ, २४ असोज । यस वर्षको बडादसैँको टीकाको उत्तम साइत मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीकाका लागि सो समयमा उत्तम भए पनि आफ्नो अनुकूल समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन कुनै बाधा नहुने बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही […]


तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

भक्तपुर, २४ असोज । ऐतिहासिक तलेजु भवानीको मन्दिर आज सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । हरेक वर्ष महानवमीको दिन मात्रै तलेजु मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ । महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपासा खेल्ने गरेको किंवदन्ती […]


लाङ्टाङमा पर्यटक आगमन सुरु

रसुवा, २३ असोज । नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको लाङ्टाङ क्षेत्रमा पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । पर्यटन व्यवसायी ढिण्डुप तमाङका अनुसार हिमाली पदयात्रामा दैनिक आठ÷दशजना पर्यटकको आगमन हुन थालेकाले लाङ्टाङ तथा क्याङ्जेन क्षेत्रको रौनकता बढ्दै गएको छ । भूकम्पपछि ठाउँठाउँमा पर्यटकीय होटेल, लज र चिज उत्पादन कार्य सञ्चालन भइसकेको, पुनःनिर्माणका कार्य […]


सुरक्षाका लागि प्रहरीको विशेष कार्यदल

काठमाडौँ, २३ असोज । नेपाल प्रहरीले चाडपर्वलाई ध्यानमा राखेर जनताको शान्ति, सुरक्षाका लागि विशेष कार्यदल बनाई खटाएको छ । यसका लागि काठमाडौँ उपत्यकामा मात्रै १२ वटा सहायता कक्ष सञ्चालन गरिरहेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले चाडपर्वलाई लक्षित गरेर विशेष अभियान चलाएको बताउँदै आपराधिक क्रियाकलाप नहोस् भनेर पूर्ण सचेत भएको […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter