समाचार

राष्ट्रपति पुरस्कारबाट तीनजना कृषक पुरस्कृत

नवलपरासी, २५ कात्तिक । उत्कृष्ट कृषक राष्ट्रपति पुरस्कारबाट नवलपरासीका तीनजना पुरस्कृत भएका छन् । कृषि व्यवसाय सञ्चालन गरी उत्कृष्ट हुन सफल भएको भन्दै जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जिल्लाका तीनजना किसानलाई जिल्लास्तरीय राष्ट्रपति पुरस्कारबाट सम्मानित गरेको हो । सम्मानित हुनेमा रामग्राम–१ का सनन्दन चौधरी, कुश्माका राजेन्द्र पटेल र रुचाङका खगराज गौतम रहनुभएको छ । विश्व […]


आफैँले रकम उठाएर एक्सरे किन्दै स्वास्थ्यकर्मी

जाजरकोट, २४ कात्तिक । यहाँको इलाका स्तरको स्वास्थ्य केन्द्रमा सरकारले उपकरण नदिएको भन्दै स्वास्थ्यकर्मीले आफ्नो तलब हालेर उपकरण खरिद गर्ने अभियानमा जुटेका छन् । जिल्लाको खगेनकोट–१ दल्लीमा रहेको स्वास्थ्य केन्द्रका कर्मचारीले सरकारबाट एक्सरे, सौर्य प्रणाली नपाएपछि आफैँ रकम उठाएर खरिद गर्ने अभियानमा जुटेको बताएका हुन् । यहाँको पूर्वी क्षेत्रका नौ गाविसको केन्द्रबिन्दुका रुपमा रहेको दल्लीस्थित […]


पेसागत सुरक्षा सुनिश्चित नहुँदा सञ्चारकर्मीको अवस्था कमजोर

काठमाडौँ, २४ कात्तिक । नेपालमा पत्रकारको पेसागत सुरक्षा सुनिश्चित नहुँदा सञ्चारकर्मीको अवस्था कमजोर बन्दै गएको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को सहयोगमा मिडिया एक्सन नेपालले आज जारी गरेको प्रतिवेदनअनुसार सञ्चारमाध्यममा कार्यरत करिब आधासँग नियुक्ति र करार सम्झौतापत्र नहुनुले पेसागत अवस्था नाजुक भएको पुष्टि गरेको उल्लेख छ । […]


सरकारले रु १५ लाख भन्दा बढी औषधि उपचार सहायता नदिने

काठमाडौँ, २३ कात्तिक । सरकारले विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई उपलब्ध गराउँदै आएको उपचार सहयोग अब बढीमा रु १५ लाखसम्म मात्र उपलब्ध गराउने भएको छ । मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, र सिकलसेल एनिमियाजस्ता कडा रोग लागेर खर्च ब्यहोर्न नसक्ने भएमा नेपाल र विदेशमा गई उपचार गराउँदा सरकारले औषधि उपचार सहयता उपलब्ध […]


बन्दी बालकका लागि लक्जम्बर्गर्सले बनाइदिए गृह

झापा / २३ कात्तिक । शनिअर्जुन–९ सालबारीमा रु २० लाखको लागतमा निर्माण भएको बन्दीबाल गृह सञ्चालनमा आएको छ । लग्जेम्वर्गर्स पावेल र मिसेलले सो बालगृह रु २० लाखको लागतमा बनाएर बन्दी सहायता नेपाललाई आज हस्तान्तरण गरेका हुन् । बालगृह निर्माणका लागि बन्दी सहायता नेपालले दुई कट्ठा जग्गा खरिद गरेको तथा स्थानीय समाजसेवी हस्तबहादुर परिवारले आधा […]


दूधकोसी जलविद्युत आयोजना ‘फास्ट ट्र्याक’मा सुरु गरिने : निर्देशक तामाङ

खोटाङ, २३ कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान तामाङले खोटाङमा उत्पादन गर्न लागिएको दूधकोसी जलविद्युत आयोजनालाई ‘फास्ट ट्र्याक’मा लैजाने काम भइरहेको बताउनुभएको छ । राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणकाक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग मङ्गलबार खोटाङ आउनुभएका निर्देशक तामाङले दूधकोसी जलविद्युत आयोजनालाई तामाकोसीकै मोडलमा सञ्चालन गरिने जानकारी दिनुभयो । सांसद पाँचकर्ण राई (पिके)लगायत जिल्लावासीले […]


तेस्रो राष्ट्रिय मत्स्य महोत्सव, घाम तापौँ माछा खाऔँ

काठमाडौँ, २३ कात्तिक । मङसिर ९ गतेदेखि १३ गतेसम्म तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा ‘स्वदेशी माछा खाऔँ, स्वस्थ्य रहौँ’ अभियानकासाथ उक्त महोत्सवको आयोजना हुन गइरहेको छ । आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले महोत्सवमा टिकट प्राप्त गर्नुहुनेका […]


विद्युत् व्यवस्थापनपछि काठमाडौँ उपत्यका विद्युत्भार कटौती मुक्त हुँदै

रमेश लम्साल / काठमाडौँ, २२ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले सधैँ निकाल्ने विद्युत्भार कटौतीको सूचना यस पटक भने फरक भएको छ । सधैँ विद्युत्भार कटौतीको सूचना मात्रै निकाल्ने प्राधिकरणले पछिल्लो एक सातादेखि अनौपचारिक रुपमा काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौती मुक्त घोषणा गरेको छ । पर्याप्त विद्युत उपलब्ध भएर यस्तो घेषणा गरेको नभइ राजधानीमा उपलब्ध भएको विद्युत्लाई […]


डायलसिस निःशुल्क गर्न निर्देशन

काठमाडौँ, २२ कात्तिक । सरकारले मिर्गौलाका लागि सम्पूर्ण डायलाइसिस(रक्तशुद्धीकरण) निःशुल्क गर्ने निर्णयको कार्यान्वयन गर्न सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ । यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलाइसिसको व्यवस्था गरिएकामा अबदेखि जति पटक डायलाइसिस गर्नुपरे पनि निःशुल्क हुने भएको छ । स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखाले आवश्यकतानुसारको डायलाइसिस निःशुल्क गर्न सम्बन्धित अस्पताललाई परिपत्र गरेको छ । […]


विद्युत् आयोजना पुनः सञ्चालन हुँदै

रसुवा २२ कात्तिक । स्वदेशी पुँजी तथा प्राविधिकको सहयोगमा निर्माण अगाडि बढेको रसुवागढी जलविद्युत् आयोजना आगामी मङ्सिर १५ गते भित्र पुनःनिर्माण अगाडि बढ्ने भएको छ । सन् २०१७ (विसं२०७३ । ७४) भित्र सम्पन्न गर्ने लक्ष्यका साथ २०१४(२०७० । ७१) देखि निर्माण अगाडि बढेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना आगामी सन् २०१९(२०७५।७६) मा सम्पन्न हुने […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter