
काठमाडौँ, ४ मङ्सिर । काठमाडौँ महानगरपालिकाले मकालु र कञ्चनजङ्गा हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीलाई आज नागरिक अभिनन्दन गरेको छ । मकालु र कञ्चनजङ्घा हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा नारायणहिटी सङ्ग्रहालयमा आयोजित विशेष कार्यक्रममा २० भन्दा बढी आरोहीलाई सम्मान गरिएको हो । सन् १९५५ मे १५ मा मकालु र मे २५ मा कञ्चनजङ्गा हिमालको […]

काठमाडौँ, ३ मङ्सिर । काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती मुक्त गरेको नेपाल विद्युत् प्राधिकरणले दिउँसो समेत राजधानीका केही स्थानमा सडक बत्ती बलिरहेको पाइएपछि त्यसलाई निभाएर सहयोग गर्न उपभोक्तामा आग्रह गरेको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गरी दिउँसो सडक बत्ती त्यत्तिकै बालेर राख्नु जायज नभएकाले निभाएर सहयोग गर्न आग्रह गरेको हो । साँझको समयमा […]

काठमाडौँ, ३ मङ्सिर । मुद्रास्फीति क्रमशः घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी त्रैमासिक प्रतिवेदनले मूल्य वृद्धिमा क्रमशः सुधार हुँदै गएको देखाएको हो । गत असारदेखि घट्दो क्रममा रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भदौमा ७.९ प्रतिशतमा रहेकामा असोजमा ६.७ प्रतिशतमा ओर्लेको हो । गत वर्षको तुलनामा […]

काठमाडौँ, ३ मङ्सिर । पारमाणविक तथा रेडियोधर्मी पदार्थ नियमनका लागि प्राधिकरणको गठनको माग गरिएको छ । स्वास्थ्य क्षेत्रमा क्यान्सरको उपचार, एक्सरे, खाद्य सुरक्षा तथा ऊर्जा उत्पादनका क्षेत्रमा यस्ता धातु प्रयोग हुने गरेको छ ।त्यस्तै विस्फोटक पदार्थकोे उत्पादनमा पनि यसको प्रयोग हुनेगरेको छ । विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा यस्ता धातुको कच्चा […]

वीरेन्द्र कर्ण / वीरगन्ज, ३ मङ्सिर । सीमावर्ती भारतको रक्सौल बस्ने व्यास मुखिया एकाबिहानै साइकलमा एक टोकरी स्याउ लिएर वीरगन्जको मीना बजारमा आउने गर्दछन् र दिनभरि व्यापार गरी साँझपख घर फर्किने गर्दछन् । कामको खोजीमा कालापहाड जाने नेपालीको सङ्ख्या धेरै भएपनि सीमापारिका भारतीय नागरिकले भने वीरगन्ज बजारमा सजिलैसँग व्यापार गरी आर्थिक लाभ लिने गरेका छन् […]

गुल्मी, ३ मङ्सिर । गुल्मीको सदरमुकाम तम्घासदेखि मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको खर्बाङसम्मका लागि नियमितरुपमा दैनिक जिप सञ्चालन भएको छ । सदरमुकाम तम्घासबाट बडागाउँ हँुदै मुसिकोटको रातचौर, अमिले, ढाव हँुदै बाग्लुङको खर्बाङसम्मको करिब ३९ किलोमिटर रहेको मोटरबाटोमा पहिलोपटक दैनिक एउटा जिप सञ्चालन भएको छ । गुल्मी यातायात व्यवसायी सङ्घले उक्त स्थानको मोटरबाटोकोे अनुगमन तथा निरीक्षण गरेपश्चात् गुल्मी […]

काठमाडौँ, २ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरेपछि मुलुकभर नै विद्युत् चोरीमा संलग्न र चुहावटमा संलग्नलाई समेत कारबाहीको प्रक्रिया युद्धस्तरमा अगाडि बढाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार मुलुकभर प्राविधिक र अन्य गरी २५ प्रतिशतभन्दा बढी चुहावट हुने गरेको छ । त्यसमा चोरीको मात्रा करिब पाँच प्रतिशतको हाराहारीमा रहेकाले पहिलो चरणमा चोरी नियन्त्रण […]

हेटौँडा, २ मङ्सिर । मकवानपुरमा भूकम्पबाट भत्किएका खानेपानी र सरसफाइको क्षेत्रमा काम सुरु गरिएको छ । भूकम्पका कारण पूर्ण र आंशिक रुपमा क्षति पुगेका १४ जिल्लामा ८०० वटा खानेपानी योजना निर्माणअन्तर्गत मकवानपुरमा पनि काम सुरु भएको हो । सरकारी स्वामित्वमा रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्टबोर्डले भूकम्पबाट प्रभावित जिल्लालाई लक्षित गरेर खानेपानी […]

काठमाडौँ, २ मङ्सिर । नेपालको सबैभन्दा पुरानो वीर अस्पताल र कान्तिबाल अस्पतालमा जँचाउनका लागि लामो लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । कान्ति अस्पतालले एक साताअघि र वीर अस्पतालले बुधबारदेखि ‘क्यु सिस्टम’ अर्थात् कुपन प्रणाली लागू गरेपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ । नयाँ प्रणालीअनुसार अस्पताल पुग्नेबित्तिकै डिजिटल कुपन लिएर टिकट काउन्टरमा आएको […]

काठमाडौँ, १ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनभित्रै दर्ता गर्न लागिएको संविधान संशोधन प्रस्तावले आन्दोलनरत पक्षका अधिकतम माग सम्बोधन गर्ने बताउनुभएको छ । विस्तृत शान्ति सम्झौता एक दशक पुगेका अवसरमा नेपाल ट्रान्जिसन टु पिस इन्स्टिच्युटले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउने क्रममा आन्दोलनरत पक्षबाट उठेका धेरैभन्दा धेरै मागलाई सम्बोधन गर्न […]