
बेनी (म्याग्दी), १५ कात्तिक । चिमखोलामा २०२४–०२५ सालदेखि सुरू भएको थाली नाच विश्वमा नै म्याग्दीको पहिचान बनाउन सफल भएको छ । हातमा थाल राखेर हत्केलाले घुमाई घुमाई नचाएको र नाचेको दृश्यले सबैलाई आकर्षित गर्ने गरेको छ । विशेषगरी चुलोचौको र घरायसी काममा व्यस्त रहने महिलाले प्रस्तुत गर्ने यस्तो नृत्यले ग्रामीण क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य […]

काठमाडौँ, १५ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई […]

नारायण ढुंगाना / चितवन, १४ कात्तिक । तिहारका लागि मलाई फूल चाहिया’थ्यो । कति चाहिएको नी ? मलाई पाँचवटा माला र केही फूल । ए भैहाल्छ नी, आउनु न । थुङ्गाको कति पर्छ र ? अब थुङ्गा चाहीँ बेचेको छैन । माला एक सय पर्छ । हस्, म भोलि ४ बजे आउँछु है । हुन्छ […]

काठमाडौँ, १४ कात्तिक । रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन् । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने उक्त मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले बालगोपालेश्वरको दर्शन गरी टीका लगाउँदै आएका थिए तर भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्णरूपमा […]

काठमाडौँ, १४ कात्तिक । पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विशेष पूजाको तयारी हुँदैछ । यही कात्तिक १८ गते बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्राप्त भएअनुसार तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो । “राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपति, पूर्वराजाले जस्तै पशुपतिनाथ मन्दिरको गर्भगृहमा दक्षिपट्टि बसी […]

काठमाडौँ, १३ कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र […]

मुस्ताङ, १४ कात्तिक । हिमाली जिल्ला मुस्ताङबाट रु २३ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म रु २३ करोडको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अझै रु आठ करोडको हाराहारीमा स्याउ निर्यात हुने कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिनुभयो । “गत वर्ष […]

धुलिखेल, १३ कात्तिक । वैदिक सनातन हिन्दू धर्म अनुसार हवन गर्दा वातावरणीय अशुद्धतालाई हटाई वर्षा हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि ५२ जापानी नागरिकले आजदेखि दुई दिने अनुष्ठान सुरु गराएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल लज रिसोर्टमा आजदेखि १३ नेपाली वैदिक पण्डित राखेर यज्ञ सुरु गरिएको हो । जापानको कोउची सहरबाट आउनुभएका जापानी धर्मगुरु आराधा आयातोसीसहितका […]

हरि वास्तोला / पोखरा, १३ कात्तिक । भौतिक सम्पन्न भएर पनि आर्थिक रुपमा विपन्न अवस्थामा रहेको पोखराको प्राचीन कालीन एक मन्दिरले दुईसय सात वर्षपछि गुठी जग्गा हकभोग गर्न थालेको छ । पोखरा उपमहानगरपालिका– १७ महतगौडास्थित सीतापाइलामा रहेको ऐतिहासिक सदाशिवजी शिद्धेश्वर हरिहर महादेव मन्दिरको नाउँमा बिरौटा फाँटमा रहेको करोडाँै मूल्य बराबरको २९ रोपनी १२ आना गुठी […]

काठमाडौँ, १३ कात्तिक । कृषि टेलिभिजन नेटवर्क प्रालिले आइतबारदेखि आफ्नो प्रसारण सुरु गर्ने भएको छ । सर्वसाधारणलाई कृषि गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालन हुन लागेको उक्त टेलिभिजन नेपालको पहिलो कृषि टेलिभिजन हो । ललितपुरको कुमारीपाटीबाट प्रसारण हुने सो टेलिभिजनले ‘किसानको सम्मान, स्वाभिमान, राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि कृषिको विकास हाम्रो अभियान’ भन्ने मूल […]