
पाल्पा, १९ कात्तिक । कालीगण्डकीको राधा दामोदर आरोग्य आश्रम, साँखर, केलादीधाममा वृद्धाश्रम निर्माण गरिएको छ । नेपाल सरकारको रु ६३ लाख र अन्य स्थानीय, विभिन्न सङ्घसंस्थाको सहयोग र महायज्ञ सञ्चालन गर्दा सङ्कलित रकमसहित रु २२ लाख गरी जम्मा रु ८५ लाखको लागतमा वृद्धाश्रम निर्माण गरिएको वृद्धाश्रमका सचिव लेखनाथ बस्ताकोटीले बताउनुभयो । दुईतले २० कोठाको सो […]

काठमाडौँ, १८ कात्तिक । वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरुलाई प्रवद्र्धन गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनस्तरमा सुधार ल्याउने र परम्परागत ऊर्जा माथिको निर्भरतालाई कम गर्ने उद्देश्यले स्थापना भएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट दुई दशकको अवधिमा ३६ लाख घरधुरीका वासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । केन्द्रको २० औं वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजना […]

काठमाडौँ, १८ कात्तिक । तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहन्छ भने सम्बन्धित देशबारे जानकारी लिन ०१–४१०५०५८ मा फोन गरेर जानकारी लिन सक्नुहुनेछ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नवौँ स्थापना दिवसका अवसरमा नेपालीहरु सबैभन्दा बढी वैदेशिक रोजगारीमा जान चार मुलुक कतार, मलेसिया, साउदी अरब र संयुक्त अरब इमिरेट्स(युएइ) बारे जानकारी दिने डिजिटल अडियो नोटिस बोर्ड सेवाको आज […]

काठमाडौँ, १८ कात्तिक । जलविद्युत् गृह निर्माणका लागि उपकरण आपूर्ति गर्ने अन्तर्राष्ट्रिय साझेदार कम्पनी आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने उद्देश्यले पहिलो पटक ग्राहक दिवस‘कस्टमर डे’ मनाएको छ । ‘हाइड्रोपावर सोलुसन फर नेपाल’ नाम दिइएकोे उक्त कार्यक्रमको यहाँ आज आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले शुभारम्भ गर्नुभयो । दुई दिनसम्म चल्ने उक्त गोष्ठीले कम्तीमा […]

पाल्पा, १८ कात्तिक । पाल्पाको प्रमुख नगदेबाली अदुवाले मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । दसँै–तिहारका बेला अदुवाको राम्रो बजार मूल्यको खोजीमा रहेका किसानले अदुवाको मूल्य ओरालो लागेपछि झनै समस्यामा परेका हुन् । गत वर्ष प्रतिकिलो एक सय २० भन्दा माथि रहेको अदुवा अहिले ५० रुपैयाँभन्दा कम मूल्य भएपछि अदुवाको कारोबार प्रभावित भएको छ […]

गोरखा, १७ कात्तिक । तीन दिनदेखि सुत्केरी व्यथाले थला परेकी उत्तरी गोरखाको गुम्दा–८ की २४ वर्षीय आइतमाया गुरुङलाई हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । सुत्केरी व्यथा लागेको लामो समयसम्म पनि आइतमायाले बच्चा जन्माउन नसकेपछि सुत्केरी गराउन काठमाडौँको थापाथलीस्थित प्रसूति गृह पु¥याइएको बिरामीका आफन्त सन्त गुरुङले बताउनुभयो । आइतमायालाई माउन्टेन एअरको हेलिकोप्टरबाट आज दिउँसो काठमाडौँ लगिएको हो […]

पोखरा, १७ कात्तिक । कास्कीको सिल्दुजुरे गाविस– ९ बाहुन डाँडामा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिमतिर परीक्षण उत्पादन गर्ने भएको छ । मादी खोलावाट निकालिने २५ मेगावाट क्षमताको सो आयोजना निर्माणको ९९ प्रतिशत काम सकिएकाले परीक्षण उत्पादनको तयारीमा लागेको आयोजनाका संयोजक राजकुमार बरालले जानकारी दिनुभयो । विद्युत् गृहबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा […]

गोरखा, १७ कात्तिक । चीनको तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको छेकम्पार गाविसमा स्वास्थ्य चौकी भवन र विद्यालय भवनको पुनःनिर्माण गरिएको छ । छेकम्पार बर्थिङ सेन्टर र बुद्ध प्राथमिक विद्यालयको भवन भूकम्प प्रतिरोधी निर्माण गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी चेया अस्ट्रियाको आर्थिक सहयोगमा चेया नेपालले भवन निर्माण गरिदिएको जनस्वास्थ्य […]

काठमाडौँ, १६ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका लागि सवारी आवागमनको पुर्व अभ्यास आज गरिएको छ । आजको सवारी पुर्व अभ्यासको क्रममा २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकलको प्रयोग गरिएको थियो । नेपाली सेनाको मुख्यालय भद्रकालीबाट सुरु भएको सवारी पुर्वअभ्यास सोल्टी होटल पुगी […]

बेनी (म्याग्दी), १६ कात्तिक । बेलायतमा रहेका म्याग्देलीले जिल्लालाई ‘फ्रि वाइफाई’ बनाउन देउसीभैलोमार्फत रु २५ लाखभन्दा बढी सङ्कलन गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) युकेको दशौँ वार्षिकोत्सव तथा फ्रि वाइफाई अभियानका लागि रात्रिभोज कार्यक्रममा म्याग्देलीले देउसीभैलोमार्फत उक्त रकम सङ्कलन गरेको मोना युकेका पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक योगकुमार फगामीले बताउनुभयो । सहयोगदाताले म्याग्दीका सबै […]