समाचार

म्याग्दीबाट एकै वर्षमा ४५ करोडको आलु निकासी

म्याग्दी, ८ कात्तिक । पहाडी जिल्ला म्याग्दीबाट एक वर्षमा रु ४५ करोडको आलु निकासी भएको छ । आव २०७२÷७३ मा जिल्लामा उत्पादन भएको आलुमध्ये ११ हजार ७६१ मेट्रिक टन आलु जिल्ला बाहिर निकासी गरी कृषकले रु ४५ करोड आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न गाविसमा उत्पादन भएको आलु कृषकले पोखरा, […]


यात्रुलाई दैनिक गर्छन्, चालक र सहचालकले दुव्र्यवहार

सञ्चिता घिमिरे / ललितपुर, ७ कात्तिक । शुक्रबार लेलेकी सरु तामाङको सहचालकसँगै विवाद भएको थियो । भिड भएको गाडीमा अलि पछाडि जानका लागि सहचालक भनिरहेका थिए । तामाङले त्यसभन्दा पछाडि जाने ठाउँ नभएको भनेपछि सहचालकले मन लागेको ठाउँमा बस्न निजी गाडी होइन भन्दै उनलाई झपारे । सार्वजनिक यातायातमा यात्रु र सहचालकका बीचमा भाडा, सिटलगायत विषयमा […]


लोकमानविरुद्धको महाभियोग प्रस्ताव टुङ्गिन डेढ महिना लाग्ने

काठमाडौँ, ७ कात्तिक । संसदमा प्रवेश पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव छिनोफानो हुन करिब डेढ महिना समय लाग्ने देखिएको छ । प्रमुख आयुक्त कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा पेस भएको प्रस्तावमाथि यही कात्तिक ९ गतेदेखि छलफल प्रारम्भ हुँदैछ । महाभियोग प्रस्तावमाथिको छलफलमा भाग लिन दलीय आधारमा अतिरिक्त व्यक्ति विशेषबाट बोल्न चाहने सांसदलाई […]


पहिलो महिला सगरमाथा आरोही जुनको तावेईको मृत्यु

काठमाडौं, ६ कात्तिक । लामो समयदेखि क्यान्सर राेगबाट पीडित पहिलो महिला सगरमाथा आरोही जुनको तावेईको निधन भएको छ । उनले सन् १९७५ मे १६ मा २० दिन लगाएर सर्वौच्च शिखर सगरमाथामा पाइलमा टेक्न सफल भएकी थिइन् । साइतामा राज्यको क्यान्सर अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको जापानी सञ्चार माध्यमले जनाएको छ । सोवा उमन्स विश्वविद्यालयबाट […]


पाँचौ अन्तर्राष्ट्रिय बालिका दिवस विभिन्न कार्यक्रम गरेर मनाइदै

काठमाडौँ, ६ कात्तिक । पाँचौ अन्तर्राष्ट्रिय बालिका दिवसअन्तर्गत शनिबार विभिन्न जिल्लाबाट आएका बालिकाले आफूभित्र रहेको प्रतिभा प्रस्तुत गरेका छन् । उनीहरुले चित्रकला, नृत्य, गायन, कवितावाचन, हाजिरीजवाफलगायतका प्रतिभा प्रस्तुत गरिरहेकी छिन् । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको आयोजनामा शुक्रवारदेखि सुरु भएको उक्त कार्यक्रम आइतबारसम्म चल्नेछ । यस वर्ष दिवसको मुख्य विषय बालविवाह अन्त्य रहेको छ । […]


कपिलवस्तुमा दश हजार हेक्टर वन अतिक्रमण

कपिलवस्तु, ५ कात्तिक । कपिलवस्तुमा १० हजार ७ सय ३२ हेक्टर क्षेत्रफल वन अतिक्रमण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । वन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार सामुदायिक वन क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाउने प्रावधान भएपनि कपिलवस्तुमा बर्सेनि वन अतिक्रमणको क्रम बढ्दो छ । जिल्लाको कोपवा, पटना, शिवपुर, हरिहरपुर, शिवराज नगरपालिका, गुगौली, गोरुसिँगेलगायतका […]


स्थानीय तहको संख्या तोकियो

काठमाडौं, ५ कात्तिक । स्थानिय निकाय पूर्नसंरचना आयोगले स्थानिय तहको संख्या तोकेको छ । आयोगले न्युनतम ५०७ देखी अधिकतम ७४४ हुनेगरि संख्या तोकेको हो । यसअघि आयोगले देशभरि ५६५ स्थानीय तह बनाउने गरी काम गरिरहेको थियो। आयोगले काम गरिरहेककै बेला कांग्रेस, एमाले र एमाओवादीले इलाकालाई आधार बनाएर स्थानीय तह पुनसंरचना गर्ने सहमति गरेका थिए। यही […]


राष्ट्रिय उद्योगलाई प्रोत्साहन गर्न सरकार गम्भीर छः उपप्रधानमन्त्री महरा

बुटवल, ४ कात्तिक / उपप्रधानमन्त्री कृष्णबहादुर महराले संविधानले व्यवस्था गरेअनुसार आगामी १४ महिनाभित्र तीन तहको निर्वाचन गर्न सरकार जिम्मेवारीका साथ लागेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बुटवलले आजदेखि बुटवलमा आयोजना गरेको राष्ट्रिय औद्योगिक, कृषि, पर्यटन प्रवद्र्धन प्रदर्शनी एवम् तिहार महोत्सव २०७३ को उद्घाटन गर्दै उनले सरकारका प्राथमिकतामा स्थानीय निकायको संरचना तयार गरेर […]


अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानविरूद्ध महाअभियोग प्रस्ताव

काठमाडौं, ३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बिरुद्ध संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएको छ । संसदका १५७ जना सांसदले बुधवार नै संसदमा कार्की बिरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेका हुन् । महाभियोग प्रस्तावमा एमाले र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर गरेका छन् । आजै संसदमा महाभियोग प्रस्ताव समिति गठनको प्रस्ताव पारित […]


हरितारा चलचित्र पुरस्कार करिश्मालाई

काठमाडौं, ३ कात्तिक ।अभिनेत्री करिश्मा मान्नधर, सञ्चारकर्मी शान्तिप्रिय र डिजाइनर सुन्दर श्रेष्ठ हरितारा चलचित्र पुरस्कारबाट सम्मानित हुने भएका छन् । हरितारा चलचित्र पुरस्कार निर्णायक समितिको सोमबारको बैठकले ०७१ सालको पुरस्कार करिश्मालाई र ०७२ को पुरस्कार शान्तिप्रिय र सुन्दरलाई प्रदान गर्ने निर्णय गरेको पुरस्कार समितिका सदस्यसचिव मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अढाइ दशकदेखि फिल्म […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter