
काठमाडौँ, २२ कात्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रुपमा रकम निकाल्ने तीन रोमानियाका नागरिकलाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले काठमाडौँका दरबारमार्ग, ठमेललगायतका स्थानबाट हिँड्न क्यामरा प्रयोग गरी रकम निकालेको अभियोगमा शुक्रबार घिता हुजुम, ओसिप मोरारु र एलेक्स क्रिष्टियन बुगाहिरुलानलाई पक्राउ गरी आज सार्वजनिक गरेको […]

कल्पना पौडेल / काठमाडौँ, २१ कात्तिक । हँसिलो अनुहार, रचनात्मक क्रियाकलाप अनि दरिलो आत्मविश्वास भएकी १२ वर्षीया विधि पूरी ‘खुसी’ लाई भेट्ने जो कसैले उहाँलाई केही भएको होला भन्ने कल्पना गर्न पनि सक्दैनन् । आफू रक्त क्यान्सरबाट गुज्रिरहेको भए पनि उनको व्यवहार भने बिरामीको जस्तो नभएर निरोगी मानिसलाई पनि पाठ सिकाउने खालको छ । रक्त […]

काठमाडौँ, २१ कात्तिक । स्वास्थ्य मन्त्रालयले देशभरका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट उपलब्ध गराइने निःशुल्क अत्यावश्कीय औषधिको सूची सूचना बोर्डमा राख्न निर्देशन दिएको छ । मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय र जनस्वास्थ्य कार्यालयलाई पत्र लेखी ती स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुने जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका […]

भरत केसी / बुटवल, २१ कात्तिक । आसपासका पहाडी जिल्लामा फलेको सुन्तलाले बुटवल बजार केन्द्रित भएको छ । बुटवल कृषि उपज तथा थोक बजार केन्द्रले औपचारिक रुपमा सुन्तलाको कारोबार सुरु गरेको हो । कात्तिकदेखि माघको पहिलो हप्तासम्मलाई सुन्तलाको मुख्य मौसम मानिन्छ । कात्तिक महिना सुरु भएदेखि नै बजारमा सुन्तलाको खरिद÷बिक्री सुरु भए पनि सो केन्द्रले […]

लमजुङ, २० कात्तिक । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने ‘याक अट्याक’ साइकल दौड प्रतियोगिताको दसौँ संस्करण आज यहाँ सुरु भएको छ । बेलायतस्थित माउन्टेन बाइकिङ वल्र्ड वाइडको आयोजना र नेपालस्थित यति ग्रुप अफ कम्पनीअन्तर्गत यति ट्रेल्सको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिता उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१६’ साइकल दौड प्रतियोगिता आजबाट […]

बागलुङ, २० कात्तिक । रोजगारीका लागि २० वर्षअघि युरोप छिर्नुभएका सोम सापकोटाको भूमिका अहिले बदलिएको छ । रोजगारी, सामाजिक कामको अतिरिक्त नेपालको पर्यटन प्रवद्र्धनको अभिभारासमेत उहाँमा थपिएको छ । बागलुङमा जन्मनुभएका सापकोटा अहिले युरोपमा विभिन्न मुलुकमा नेपाल चिनाउने अभियानमा हुनुहन्छ । नेपाल सरकारले नेपाल पर्यटन बोर्डको मानार्थ जनप्रतिनिधिमा नियुक्त गरेपछि सापकोटाको व्यस्तता पनि बढेको छ […]

काठमाडौँ, १९ कात्तिक । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि काठमाडौँमा सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा ब्रतालुले आज स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । चतुर्थीको कर्मलाई ‘अरबाइन वा अरबा’ […]

काठमाडौँ, १९ कात्तिक । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय जलरङ महोत्सव अन्तर्गत आज विभिन्न देशका कलाकारले नेपाली संस्कृति तथा प्रकृतिको चित्र सिर्जना गरेका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको कार्यशालामा नेपाली वेशभूषाले सजिएका विदेशी चित्रकारले चित्र कोरेर यहाँको परिवेश र संस्कृतिलाई चित्रमा उतारे । बबरमहलस्थित नेपाल कला परिषद्मा बिहीबारदेखि सुरु भएको सो महोत्सवलाई प्रभावकारी बनाउन आयोजित […]

रुपन्देही, १९ कात्तिक । लुम्बिनी अञ्चल अस्पालतामा नवजात शिशु सघन उपचार कक्ष(एनआइसियु)बाट सेवा सुरु भएको छ । उक्त कक्षमा उमेर नपुगेर जन्मेका नवजात शिशु, जन्मनेबित्तिकै सास फेर्न नसकेका, कमलपित्त भएका र जटिल सङ्क्रमण भएका शिशुको उपचार हुन्छ । एनआइसियु सञ्चालनमा आएपछि नवजात शिशुको मृत्युदर घट्ने, तिनलाई काठमाडौँ र भरतपुर रिफर गनुपर्ने अवस्थाको अन्त्य हुने तथा […]

काठमाडौँ, १९ कात्तिक । पर्यटकीय क्षेत्र चम्पादेवी डाँडामा पर्यटकको चहलपहल बाक्लिएको छ । चम्पादेवी मन्दिरको पुनःनिर्माण भई पार्क निर्माणको काम सुरु भएसँगै त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । हिमाल र महाभारत पर्वतको रमणीय दृश्यावलोकनका लागि उपयुक्त मौसम भएकाले पनि अहिले चम्पादेवीमा पर्यटक बढेका हुन् । डाँडाबाट सर्वोच्च शिखर सगरमाथासहित १२ भन्दा बढी हिमालको […]