
काठमाडौँ, १२ कात्तिक । सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गर्ने औषधिलाई आधुनिकतासँगै परिमार्जन गर्न नसक्दा बजारमा लोकप्रिय बनाउन सकिएको छैन । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ८० प्रतिशत जनताले आयुर्वेद औषधिको प्रयोग गरे पनि वैद्यखानाले उत्पादन गर्ने औषधि भने बजारमा प्रतिस्पर्धा गर्न नसकेको स्वयम् वैद्यखानाका कर्मचारी बताउँछन् । वैद्यखाना विकास समितिको ‘बाइसौँ वार्षिकोत्सव एवम् धन्वन्तरि जयन्ती […]

सल्यान, १२ कात्तिक ।जिल्लाका धेरै स्थानमा रहेका पानी घट्ट सङ्कटमा परिरहेका बेला मूलखोला ८ नाथेखोलाका ६३ वर्षीय मोतीराम दमाईँले भने पानी घट्टबाट मनग्य आम्दानी गर्दै आइरहनुभएको छ । रोजगारीका लागि युवाहरु गाउँबाट सहर र सहरबाट विदेशतिर पलायन भए पनि आफ्नै जन्मथलोमा कुटोकोदोलो र घट्ट चलाएर बस्नु निकै राम्रो रहेको दमार्इँले बताउनुभयो । “सुरु सुरुमा दलितको […]

पाल्पा, १२ कात्तिक । बारा निजगढका धिरज अधिकारीले पसलबाट बुबालाई ढाकाटोपी तथा आमा र दिदीलाई चोलीका लागि ढाका कपडा कोसेली किन्नुभयो । उहाँ मात्र होइन पाल्पा भम्रणमा आउने अधिकांश पर्यटकले ढाकाका कपडा लिएर मात्र फर्किने गरेका छन् । तिहारमा दाजुभाइलाई पाल्पाली ढाकाको टोपी लगाइदिने र दिदीबहिनीलाई ढाका कपडाको कोसेली उपहार दिने चलन छ । त्यसैले […]

काठमाडौँ, ११ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोली र जापानको व्यावसायिक फुटबल टोलीबीच मैत्रीपूर्ण च्यारिटी फुटबल खेल आगामी मङ्सिर ४ हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानी सामाजिक संस्था कलरबाथको संयुक्त आयोजनामा हुन लागेको उक्त मैत्रीपूर्ण खेल भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका लागि सञ्चालन गर्न लागिएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एन्फाका […]

धनगढी, ११ कात्तिक, रुख कटानीको आदेशपछि कैलाली जिल्लाको साविक गेटा गाविस (हाल अत्तरिया नगरपालिका) मा मेडिकल कलेज निर्माणसम्बन्धी पूर्वाधारको निर्माणको बाटो खुलेको छ । कलेजको भोगाधिकारमा रहेको जग्गाका रुख वन मन्त्रालयले यही कात्तिकबाट कटान गर्ने आदेश दिएपछि रुख कटानको काम सुरु भएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए । यसअघिसम्म […]

काठमाडौँ, १० कात्तिक । दिपावलीका समयमा मनोरञ्जनका लागि पड्काइने भूँइचम्पा र पटाकाबाट निस्कने धुवाँले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सरको सम्भावना हुने भएकाले सचेत हुन अपिल गरिएको छ । यस्ता सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुनाका साथै पटाका पड्काउँदा निस्कने सेतो ज्वालामा अलिमुनियम रहेको र यसले दिमाग र फोक्सोका लागि हानिकारक भएको भन्दै प्राथमिक स्वास्थ्य विकास […]

ललितपुर, १० कात्तिक । दसौँ गोदावरी प्रतियोगात्मक प्रदर्शनी जावलाखेलमा आजदेखि सुरु भएको छ । फ्लोरिकल्चर एसोसियसन नेपालले आयोजना गरेको उक्त प्रदर्शनी चार दिनसम्म चल्नेछ । प्रदर्शनी करिब ३० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । आयोजकले प्रदर्शनी अवधिभर रु ३५ देखि ४० लाखको फूलको कारोबार हुने अनुमान गरेको छ । प्रर्दशनीको उद्घाटन गर्दै कृषि विकास […]

काठमाडौँ, ९ कात्तिक । स्वास्थ्य मन्त्रालयले चिकित्सा उपकरणको गुणस्तरीयता नियमन गर्न निर्देशिका ल्याउने भएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले निर्देशिकाको मस्यौदा तयार भइसकेकाले केहीदिनमै मन्त्रालयमा छलफलका लागि पठाउन लागिएको जानकारी दिनुभयो । उहाँले उपचारमा प्रयोग भइरहेका उपकरणको गुण्स्तरको नियमन नहुँदा गुणस्तरीय उपचार हुन नसकिरहेको भन्ने गुनासा आउन थालेपछि यससम्बन्धी निर्देशिका बनाइ अगाडि […]

पोखरा, ९ कात्तिक । पछिल्लो पुस्तामा ढाकाटोपी लगाउने क्रम घट्दै गए पनि तिहारका कारण यतिखेर पोखरामा ढाकाटोपीको व्यापार उत्साहजनक रुपमा बढेको छ । पसलमा ढाकाटोपी किन्न आउनेको चाप देखिन्छ । अघिपछि ढाकाटोपी नलगाए पनि तिहारमा लगाएर दिदीबहिनीसँग टीका थाप्ने चलनका कारण ढाकाटोेपीको माग अत्यधिक बढेको हो । तीन दशकयता पोखरामा ढाकाटोपीको व्यापार गर्दै आएका राजेशमान […]

काठमाडौँ, ८ कात्तिक । संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (डिएफआइडी)ले राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई नेपालमा भूकम्पपछिको पुनःनिर्माणका लागि १५ लाख पाउन्ड बराबरको अनुदान सहायता प्रदान गरेको छ । खासगरी भूकम्पबाट भत्केका दुर्गम क्षेत्रमा पदमार्ग र गोरेटोजस्ता महत्वपूर्ण पूर्वाधार पुनःनिर्माण गर्ने नेपाल सरकारको प्रयासलाई सघाउन डब्लुएफपीले उक्त अनुदानको उपयोग गर्ने डब्लुएफपीद्वारा आज यहाँ जारी […]