समाचार

अन्यत्र पढाउने.प्राध्यापकमाथि कारबाही सुरु

चितवन, ३ भदौ । सरकारी तथा आङ्गिक क्याम्पसमा पढाउने समयमा अन्य क्याम्पसमा पढाउन जाने प्राध्यापकमाथि कारबाही सुरु गरिएको छ । जिल्ला प्रशासनले एउटा सरकारी र पाँचवटा आङ्गिक क्याम्पसबाट कारबाही थालेको हो । प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पस र त्रिविबाट सम्बन्धन पाएका सप्तगण्डकी, बालकुमारी, मैयादेवी, सहिद स्मृति र सहिद स्मारक […]


सुत्नका लागि छाउगोठ चाहार्न बाध्य भइन् कमला

शुर बहादुर सिंह / जुम्ला, २ भदौ । सुन्दा अचम्म लाग्न सक्छ, तर यहाँ यस्तै भएको छ । महिनावारी भएको बेला आफ्नो घर त कहाँ हो कहाँ गोठ पनि अर्काको चाहार्नु प¥यो कुडारी–४ जुम्लाकी कमला शाहीले । सामाजिक कुसंस्कारका रुपमा विद्यमान छुईप्रथा न्यूनीकरण गर्ने अभियान सोही गाविसमा चलिरहँदा बाहिर सरेकी कमलाले चार÷पाँच रात बिताउन आफ्नो […]


नेविसङ्घको अध्यक्षमा महर निर्वाचित

काठमाडौँ, २ भदौ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को अध्यक्षमा नयनसिंह महर निर्वाचित हुनुभएको छ । केहीबेरअघि सम्पन्न मतपरिणामअनुसार महर एक हजार ३३४ मतका साथ विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले एक हजार २०९ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा निर्वाचित […]


सामान्य औषधिले निको हुने ‘स्क्रब टाइफस’

काठमाडौँ, २ भदौ । पछिल्लो समय देशका विभिन्न ठाउँमा फैलिएको स्क्रब टाइफस बिरामीको सङ्ख्या ७८ पुगेको छ । समयमै उपचार गरे सामान्य औषधिमै निको हुने स्क्रब टाइफसका कारण तीन जनाको मृत्यु भएको पुष्टि समेत भइसकेको छ । रोगका विषयमा सही जानकारीको अभावका कारण बिरामीले स्वास्थ्य संस्था पुग्न ढिलाइ गर्ने गरेकाले दिनदिनै बिरामीको सङ्ख्या बढ्दै गएको […]


काठमाडौँ– दुबई सिधा उडान सुरु हुँदैँ

काठमाडौँ, १ भदौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले बन्द भएको करिब चार वर्षपछि काठमाडौँ–दुबई उडान पुनः बिहीबारदेखि नियमित गर्दैछ । काठमाडौँ– दुबई सीधा उडानका लागि सबै तयारी पूरा भएको निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १५८ सिट क्षमताको ए– ३२० एयरबस गन्तव्यमा उड्ने तयारीमा छ । दुबई […]


डा केसीले सडकबाट सङ्घर्ष थाल्ने

काठमाडौँ, १ भदौ । सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डा गोविन्द केसीले यही भदौ ४ गते सडकबाट दबाब दिने कार्यक्रमको घोषणा गर्नुभएको छ । आज शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी भदौ ४ गते शनिबार डा केसीले प्रधानमन्त्रीलाई सम्झौता कार्यान्वयनमा दबाब दिन बालुवाटार प्रधानमन्त्री निवास अगाडि ‘उभिएर दबाब’ दिने बताउनुभएको छ । डा केसीले […]


सर्वोच्चद्वारा राजदूत फिर्ता लिने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश

काठमाडौँ, १ भदौ । सर्वोच्च अदालतले विभिन्न देशका लागि सिफारिस गरेका १४ राजदूतको नाम फिर्ता लिने निर्णयको कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज नाम फिर्ता लिने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा यही भदौ ८ गते विपक्षीलाई […]


धुर्मुस–सुन्तलीलाई प्रधानमन्त्रीको सहयोग

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितका लागि एकीकृत नमुना बस्ती निर्माण अभियानमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग गर्नुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज धुर्मुस–सुन्तलीसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो पहिलो महिनाको तलब फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो । “भूकम्पपछिको मानवीय विपत्तीलाई राहत दिन तपार्इंहरुले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि […]


यातना दिएको आरोपमा शिक्षक पक्राउ

भोजपुर, १ भदौ । शिक्षकले मानसिक तथा शारीरिक यातना दिएको भन्दै विद्यार्थीले विष सेवन गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेकोे छ । पञ्चकन्या निमावि सिद्धेश्वर–१, दाँवा, भोजपुरका शिक्षक इन्द्रवीर प्रधानलाई बालिकालाई मानसिक र शारीरिक यातना दिएको आरोपमा प्रहरीले मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । कक्षा ६ मा अध्ययन गर्ने १३ वर्षीया बालिकालाई बिहे गर्ने […]


पुनःनिर्माणमा पहिलो किस्ता उपलब्ध गराउन विशेष अभियान

काठमाडौँ, ३१ साउन । भूकम्प गएको १६ महिनापछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पीडितलाई पुःनिर्माण रकम उपलब्ध गराउन एकमहिने विशेष अभियान सुरु गरेको छ । सरकारले डेढ महिनामा भूकम्प प्रभावित जिल्लाका जनतालाई अनुदान रकम उपलब्ध गराउने घोषणा गरेपछि प्राधिकरणले विशेष अभियान सुरु गरेको आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । “सरकारको घोषणा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter