समाचार

सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा व्यवसायी जुट्दै

काठमाडौँ, ५ भदौँ । पर्यटनको प्रचुर सम्भावना भए पनि भौगोलिक कठिनाइ तथा पूर्वाधार अभावले ओझेलमा परेको सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गर्न व्यवसायी जुटेका छन् । पृथ्वीको स्वर्ग मानिने रारा, प्राकृतिक सुन्दरता तथा जैविक विविधताले भरिपूर्ण खप्तड क्षेत्र, रामारोशन, ब्याँश आदि पवित्र धार्मिक तीर्थस्थलको पर्यटन प्रवद्र्धन अभियान सुरु गरिएको छ । व्यावसायिक संस्थाले त्यस्ता सम्भावना बोकेका नयाँ […]


चोरी भएका पुराना बुद्धमूर्ति भेटिए

ललितपुर, ५ भदौ । गत साउन १० गते ललितपुर उपमहानगरपालिका–१२ नौदोबहालस्थित बुद्ध मन्दिरबाट चोरी भएका पुराना मूर्ति आज भेटिएको प्रहरी परिसरका प्रमुख पीताम्बर अधिकारीले बताउनुभएको छ । उहाँले चोरी भएका सामान उक्त मन्दिर नजिकै सडकमा कालो झोलामा छाडिएको अवस्थामा भेटिएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो । चोरीमा संलग्नमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । […]


सङ्घीयतामा जलस्रोत : स्थानीय र केन्द्रबीच सन्तुलन जरुरी

काठमाडौँ, ५ भदौ । मुलुक सङ्घीय संरचनामा प्रवेश गरिसकेको अवस्थामा जलविद्युत्लगायत प्राकृतिक स्रोतको बाँडफाँड गर्दा केन्द्र, प्रान्त र स्थानीय तहलाई पूर्णरुपमा सहभागी गराउनुपर्नेमा जोड दिइएको छ । नेपालको संविधानको धारा ५३ को उपधारा ६ ले प्राकृतिक स्रोतको बाँडफाँडमा स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिने र जनसहभागितालाई प्रमुख प्राथमिकतामा राखिएकाले सोही अनुसार अगाडि बढ्नुपर्ने विषय समावेश […]


शेर्पा किदुक दक्षिण कोरिया अधिवेशनसँगै ‘छुसक’

लाक्पा जी. शेर्पा / सोल । दक्षिण कोरियामा रोजगारीको शिलशिलामा पुगेका शेर्पाहरुको साझा संगठन दक्षिण कोरिया शेर्पा किदुगको दोस्रो अधिवेशनको प्रचारप्रसार र तयारी व्यापक गरिएको छ । सेप्टेम्बर १६ का दिन अधिवेशनसँगै छुसक सांस्कृतीक साँझ आयोजना हुने भएको हो । आम शेर्पा र नेपालीहरुलाई विभिन्न समस्या, जटिलतामा साथ दिने र आपसी समन्वय, सद्भाव र भाइचारा […]


डा केसीद्वारा बालुवाटारमा प्रदर्शन

काठमाडौँ, ४ भदौ । चिकित्सा क्षेत्रमा भएको विकृति र बेथितिविरूद्ध आठ पटकसम्म अनशन बसी लड्दै आएका डा गोविन्द केसीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्नुभएको छ । प्रदर्शनमा उपस्थितलाई सम्बोधन गर्दै डा केसीले सरकारले आफूसँग गरेका माग कार्यान्वयन नगरी बेवास्ता गरेमा पुनःनवौँपटक आमरण अनशन बस्ने चेतावनी दिनुभयो । उहाँले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य शिक्षामा सबैको […]


गोरखाका ३३ हजारभन्दा बढीले अनुदान पाए

गोरखा, ४ भदौ । भूकम्पपीडितलाई निजी आवास (घर) बनाउन सरकारले दिएको अनुदान गोरखाका ३३ हजार ८७१ जनाले बुझेका छन् । रु ५० हजारका दरले भूकम्पपीडितलाई अनुदान रकम विभिन्न बैंकमार्फत उपलब्ध गराइएको हो । गतवर्ष वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पले ७० हजारभन्दा बढी घर भत्किएको भएपनि तथ्याङ्क सङ्कलनपछि ५८ हजार ५०३ घरधुरीलाई […]


‘पर्यटक नियमन नीति आवश्यक’

काठमाडौँ, ४ भदौ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा विभिन्न विकृति बढेको सरोकारवालाले औँल्याएका छन् । पर्यटन मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘सामाजिक पर्यटनः चुनौती र असरहरु’ विषयको अन्तरक्रियाका वक्ताले अध्यागमन नीतिको अभाव तथा नियामक निकायको लापरबाहीका कारण कतिपय पर्यटक विभिन्न धन्दामा समेत सक्रिय हुने गरेको बताए । साथै […]


ब्रोइलर कुखुराको मासु र अन्डाबाट करोडौँ आम्दानी

भद्रपुर, ४ भदौ । झापामा ब्रोइलर कुखुराको मासु बिक्रीबाट वार्षिक करिब रु ३३ करोड ९६ लाख आम्दानी भइरहेको छ । राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रीय तथ्याङ्क विभागद्वारा आव २०७१÷७२ मा गरिएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजामा सो कुरा उल्लेख छ । मङ्गलबार यहाँ सार्वजनिक गरिएको सर्वेक्षणबाट अन्डा बिक्रीबाट करिब रु पाँच करोड ८६ लाख र कुखुराबाट […]


नेपाली क्रिकेट टोली भन्छ – ‘विश्वकप यात्रा सकिएको छैन’

काठमाडौँ, ३ भदौ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको छ । नेपालले नेदरल्यान्ड्मा घरेलु टोलीसँग जारी लिगको चौथो चरणअन्तर्गत दुई खेल खेलेको थियो जसमा एक जित र समान हारको नतिजा निस्कियो । गत साउन २९ गते भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई सात विकेटको नतिजा […]


पर्यटनबाट उचित लाभ लिन नसक्नु विडम्बनाः सभापति देउवा

काठमाडौँ, ३ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धिको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकासमा जोड दिनुभएको छ । पर्यटनसम्बन्धी पत्रिका गन्तव्य नेपालको १२औँ वार्षिकोत्सवको यहाँ आज उद्घाटन गर्दै उहाँले प्राकृतिक, भौगोलिक र धार्मिक तथा सांस्कृतिक रुपमा नेपालको पर्यटनको प्रचुर सम्भावना रहे पनि अपेक्षित लाभ लिन नसक्नु विडम्बना […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter