समाचार

भूकम्पपछि हराउँदै बालबालिका

बनेपा, १३ जेठ । काभ्रेपलाञ्चोकमा भूकम्पपछि हराउने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । भूकम्पले घर भत्काएको, बासस्थानको अभाव, अभिभावकत्व गुमाएका, तनाव, बसाइँसराइ र विभिन्न प्रलोभनका कारण बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । हराएकामध्ये बालिकाको सङ्ख्या सबैभन्दा बढी छ भने बालकको सङ्ख्या कम देखिएको छ । हराएका केही भेटिएका पनि छन् भने केही अझै फेला […]


प्रहरीद्वारा सङ्गीतकार गुरुङलाई रु पाँचलाख नगदसहित सम्मान

काठमाडौँ, १२ जेठ । नेपाल प्रहरीद्वारा साङ्गीतिक आकासका उज्ज्वल नक्षत्र सङ्गीतकार अम्बर गुरुङलाई सम्मान गरेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल आज उहाँकै निवास बूढानीलकण्ठ पुगेर नगद रु पाँच लाखसहित सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नेपाली साङ्गीतिक क्षेत्रमा गुरुङले पु¥याएको योगदानको कुनै रकमसँग तुलना गर्न नहुने बताउँदै उहाँको पूर्ण स्वास्थ्यलाभको […]


बजेटमा भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता

काठमाडौँ, १२ जेठ । आर्थिक वर्ष २०७३÷२०७४ को बजेटमा भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता दिइएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगकी सदस्य डा सुमित्रा अमात्यले बजेटको प्राथमिकताका विषयमा रासससँग कुरा गर्दै “बजेटमा भौतिक पूर्वाधार, सडक, रेल र यातायात व्यवस्थालाई पहिलो प्राथमिकतामा राखिएको छ, पूर्वाधार नै विकासको आधार भएकाले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको हो”– भन्नुभयो […]


नवौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइने

काठमाडौँ, ११ जेठ । सरकारले नवौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस आगामी आइतबार (मे २९) मनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालको पर्यटकीय विशेषतालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउनका लागि यो दिवस मनाउन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको पर्यटकीय विकासका लागि यो दिवसले महत्वपूर्ण भूमिका […]


ऊर्जा सङ्कट निवारण कार्यान्वयन गर्ने बजेट ल्याउन इपानको आग्रह

काठमाडौँ, ११ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र र कार्ययोजना, २०७२ को तत्काल व्यावहारिक तथा वस्तुनिष्ठ कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । इपानले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरेर कार्ययोजनामा उल्लेख भएका महत्वपूर्ण ९९ वटा बुँदा तत्काल कार्यान्वयनमा लैजान आग्रह गरेको हो । सो कार्ययोजना […]


जलवायु अनुकूलनसम्बन्धी क्षेत्रीय सम्मेलन काठमाडौँमा

काठमाडौँ, १० जेठ । यही जेठ १३ र १४ गते प्राकृत्तिक विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनसम्बन्धी क्षेत्रीय सम्मेलन हुने भएको छ । युरोपेली सङ्घको दक्षिण एसिया प्रतिनिधिमण्डलले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको जोखिम बढेकाले सोको न्यूनीकरणका लागि सम्मेलन आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो । प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसिएन), […]


पुनःनिर्माणका काममा स्थानीय निकायका प्रमुखलाई निर्देश

काठमाडौँ, १० जेठ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका स्थानीय निकायका प्रमुखलाई परिपत्र मार्फत पुनःनिर्माणको काम चुस्त तुल्याउन निर्देश गरेको छ । मन्त्रालयले आज चौधबुँदे परिपत्र जारी गरी निजी आवास निर्माणका काममा भएका अस्पष्टतालाई प्रस्ट पारेको प्रवक्ता पूर्णचन्द्र भट्टराईले राससलाई जानकारी दिनुभयो । “भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, […]


पुपाल यार्सा महोत्सव सुरु

रन्मामैकोट (रुकुम), ९ जेठ । बहुमूल्य जडीबुटी यार्सा (जीवनबुटी)को संरक्षण गर्दै त्यसको प्रचार–प्रसारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउने उद्देश्यले रुकुमको उत्तरी क्षेत्रमा रहेको विकट गाउँ रुन्मामैकोट गाविसको हान्पामा पटक पुपाल यार्सा महोत्सव सुरु भएको छ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा आजदेखि सुरु भएको महोत्सवको सभामुख ओनसरी घर्तीले उद्घाटन गर्नुभयो । समुद्र सतहदेखि करिब तीन हजार ३०० […]


अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको १० बुँदे घोषणापत्र, लुम्बिनी बुद्ध धर्मको उद्गमस्थल र कर्मथलो भएको स्वीकार

दीपक घिमिरे / (रुपन्देही), ८ जेठ । बुद्ध जयन्तीको अवसर पारेर सरकारले काठमाडौँमा जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीले तय गरेको १० बुँदे काठमाडौँ लुम्बिनी घोषणापत्र आज यहाँ सार्वजनिक गरिएको छ । घोषणापत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले यहाँ २५६०औँ बुद्ध जयन्ती समारोहमा सार्वजनिक गर्नुभयो । ५० हजारभन्दा बढी स्वदेशी […]


पर्यटन प्रवद्र्धनका लागि मिसन कोरला–२०१६

पोखरा, ८ जेठ । नेपाल पर्यटन बोर्डको सहयोग एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरादेखि नेपाल चीनबीचको नाका कोरलासम्मको पाँच दिवशीय अवलोकन भ्रमण गरिने भएको छ । ‘मिसन कोरला–२०१६’ भन्ने नाराका साथ गरिन लागेको अवलोकन भ्रमण आइतबारदेखि सुरु भई विभिन्न स्थानको स्थलगत अवलोकन, पर्यटन सम्बद्ध पक्षबीच अन्तरक्रिया गर्दै जेठ १३ गते […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter